पढ्न करिब 1 मिनेट लाग्छ

असार ११, पोखरा | अविरल वर्षासँगै कास्कीकाे विभिन्नठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ ।

शुक्रबार बेलुकादेखि परेको अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा सुइँखेत डुबानमा परेको हो । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । डुबानमा परेका करिब १५० परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ ।