२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम घटना :- अन्ततः मेयरलाई जोगाएर १० विरुद्ध मुद्दा

२२ असार २०७९, बुधबार ०५:३९

असार २२, अछाम | अछामका विनोद शाही मुत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको छ।

पञ्चदेवल विनायककी मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि पनि किटानी जाहेरी परेको थियो।

तर उनीहरूलाई मुद्दा चलाउन कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भएको छ।

प्रहरीले बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको उल्लेख छ।  उनीहरू घटनामा संलग्न भएको कुनै प्रमाण नपाएको प्रतिवेदन पाएपछि सरकारी कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ।

तीनै जनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिइन्। मेयर चलाउने नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन्।

पञ्चदेवल विनायक नगरपालिका- ४ का १७ वर्षीय विनोद शाही गत जेठ १७ गते सम्पर्कविहिन भएका थिए। चार दिनपछि घर नजिकै जंगलको भिरमा उनको शव फेला परेको थियो।

शाहीको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

फाइल

प्रहरीले  मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ गरेर उनीहरूमाथि अनुसन्धान गरेको थियो।

अदालतबाट म्याद थप गरेर बाँकी आरोपीमाथि अनुसन्धान भइरहेको छ। किटानी जाहेरी परेका ६ जना भने पक्राउ पर्न बाँकी छन्। उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

शाहीको मृत्युपछि उत्पन्न तनावले जिल्ला अदालत, सरकारी वकिलको कार्यालय लगायतमा असुरक्षा बढेको भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ।

‘कार्यालयमा तोडफोड तथा आगजनी गर्ने, कर्मचारीलाई पटकपटक धम्की दिने, दैनिक कार्यालयको कामकाजमा बाधा अवरोध गर्ने लगायत कुनै पनि क्रियाकलाप नगर्न मंगलसेन दरबार क्षेत्र, जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकिल कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जिप काउन्टर क्षेत्रभित्र कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन,’ प्रशासनले भनेको छ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले शाहीको घटना विषयमा उत्पन्न परिस्थिति साम्य नभएसम्म निषेधित क्षेत्र नहटाइने बताए।

वैशाख ३० मा स्थानीय चुनावका बेला यहाँ कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो। उक्त विषय जेठ १७ मा पनि उठेको र त्यही बेलादेखि विनोद शाही बेपत्ता भएकोले उनको हत्या भएको दाबी उनका परिवारले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य