२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम घटना :- अन्ततः मेयरलाई जोगाएर १० विरुद्ध मुद्दा

२०७९, २२ असार बुधबार ०५:३९

असार २२, अछाम | अछामका विनोद शाही मुत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको छ।

पञ्चदेवल विनायककी मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि पनि किटानी जाहेरी परेको थियो।

तर उनीहरूलाई मुद्दा चलाउन कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भएको छ।

प्रहरीले बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको उल्लेख छ।  उनीहरू घटनामा संलग्न भएको कुनै प्रमाण नपाएको प्रतिवेदन पाएपछि सरकारी कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ।

तीनै जनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिइन्। मेयर चलाउने नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन्।

पञ्चदेवल विनायक नगरपालिका- ४ का १७ वर्षीय विनोद शाही गत जेठ १७ गते सम्पर्कविहिन भएका थिए। चार दिनपछि घर नजिकै जंगलको भिरमा उनको शव फेला परेको थियो।

शाहीको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

फाइल

प्रहरीले  मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ गरेर उनीहरूमाथि अनुसन्धान गरेको थियो।

अदालतबाट म्याद थप गरेर बाँकी आरोपीमाथि अनुसन्धान भइरहेको छ। किटानी जाहेरी परेका ६ जना भने पक्राउ पर्न बाँकी छन्। उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

शाहीको मृत्युपछि उत्पन्न तनावले जिल्ला अदालत, सरकारी वकिलको कार्यालय लगायतमा असुरक्षा बढेको भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ।

‘कार्यालयमा तोडफोड तथा आगजनी गर्ने, कर्मचारीलाई पटकपटक धम्की दिने, दैनिक कार्यालयको कामकाजमा बाधा अवरोध गर्ने लगायत कुनै पनि क्रियाकलाप नगर्न मंगलसेन दरबार क्षेत्र, जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकिल कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जिप काउन्टर क्षेत्रभित्र कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन,’ प्रशासनले भनेको छ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले शाहीको घटना विषयमा उत्पन्न परिस्थिति साम्य नभएसम्म निषेधित क्षेत्र नहटाइने बताए।

वैशाख ३० मा स्थानीय चुनावका बेला यहाँ कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो। उक्त विषय जेठ १७ मा पनि उठेको र त्यही बेलादेखि विनोद शाही बेपत्ता भएकोले उनको हत्या भएको दाबी उनका परिवारले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी