२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दा

२९ असार २०७९, बुधबार १३:१८

असार २९, बारा | अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको निजगढ नगरपालिका-७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो ।

अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा सञ्चालित रहेको अनाथालयका सञ्चालक बताउने मनहरी गाउँपालिका–७ घर भएका २८ वर्षीय पासाङ रुम्बा पक्राउ परेका हुन् । पक्राउ रुम्बाबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको सहयोग रसिद समेत फेला परेको छ ।

समाजले रोजगरी दिने भन्दै विभिन्न सहरका किशोरीहरूलाई प्रयोग गरेर नेपालका विभिन्न सहर बजारबाट रकम संकलन गर्न लगाउने कार्यमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय निजगढले रुम्बालाई पक्राउ गरेको हो । 

कर्मचारीको रूपमा भर्ना गरिएका बारा निजगढ नगरपालिकाका २ सहित ८ जना किशोरीहरूलाई विभिन्न जिल्लामा पठाएर रुम्बाले अनाथ बालबालिकाको सहयोगको लागि भन्दै रकम संकलन गर्न लगाउने र सो रकम आफन्तको नाममा पठाउने गरेको प्रहरीले बताएको छ । 

संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजमा कर्मचारी आवश्यकता रहेको जानकारी पाएपछि करिब २ महिना अगि सुनसरी, रामधुनी नगरपालिका-२ की मनीषा कार्की मासिक १५ हजार तलब दिने सर्तमा यस संस्थामा आबद्ध भइन् । 

‘बस्न खान दिएर मासिक १५ हजार दिने भनी एनजियोमा कर्मचारी माग भएको सूचना अनुसार म यस संस्थामा आबद्ध भएको थिए तर हामीलाई प्रयोग गरेर अनाथ तथा असहाय बालबालिकाको नाममा संकलन भएको रकमको दुरुपयोग भएको रहेछ,’ उनले भनिन्, ‘हामीलाई दैनिक २१ सय रुपैयाँ संकलन गर्न लक्ष्य दिएको थियो र यो संकलन भएको रकमले अनाथ तथा असहाय बालबालिकालाई पठाउने, अनाथालय बनाएर राख्नेभन्दै रकम संकलन गर्न लगाउँदै आएका थिए । तर, हामीलाई झुक्काएर ठगी गरेको प्रहरीले सञ्चालकलाई पक्राउ गरेपछि बल्ल मैले थाहा पाए ।’

किशोरीहरूलाई मासिक १५ हजार रुपैयाँ तलब दिने सर्तमा एक महिनाअघि संस्थामा भर्ना गरिएको थियो । उनीहरूलाई संस्थाको नाम र लोगो अंकित पोसाक र परिचय पत्रसमेत प्रदान गरिएको छ । संस्थाको गतिविधि बारे शंकालागेपछि किशोरीका अभिभावकहरूले दिएको सूचनाको आधारमा प्रहरीले कार्यालयमा छापामारेर कागजातसहित रुम्बालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान