पढ्न करिब 1 मिनेट लाग्छ

साउन १८, कास्की | कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् ।

गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी बृद्धालाई आज बिहान साढे ७ बजे ठक्कर दिएको थियो ।

बस सहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।