2026-09-12 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

साउन २७, भैरहवा | दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो । 

Avatar

एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मूत्र रोग सम्बन्धी, न्युरो शल्यचिकित्सा सम्बन्धी सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवा एमसीएच डाक्टरहरूबाट नै दिने सेवा सेवा विस्तार एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्घाटन गरेका हुन ।

Avatar

जस अन्तर्गत बिरामीहरूले एकै ठाउँबाट सबै सेवा पाउने, अलग अलग भौँतारिनु पर्ने समस्या हट्ने र विशेषज्ञबाट नै परामर्श लिन सक्ने व्यवस्था मेडिकल कलेजले मिलाएको छ । यसमा अधिकतम रिफरल केसहरू आउने हुँदा आवश्यकता नै ठानेर सेवा सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘बिरामी टिकट लिएर उक्त विशिष्ट विशेषज्ञ ओपिडी कक्षमा प्रवेश गरेपछि सबै सेवाहरू एक ठाउँमा उपलब्ध हुनेछ,’ उनले भने ।

मिर्गौला रोग सम्बन्धी सेवाहरूको लागी डा. कृष्ण अग्रवाल, मूत्र रोग सम्बन्धी सेवाहरूका लागी डा. सगुन थापा, न्युरो शल्यचिकित्सा सम्बन्धी सेवाको लागी डा. राजकुमार केसी र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवाहरूका लागी डा. सन्तोष साहले विशेषज्ञ डाक्टरको सेवा दिनेछन्  ।

Avatar

बिरामीका लागि एक स्थानबाट उपचार तथा परामर्शको व्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधी खरिदको व्यवस्था लगायतको सुविधा रहेको उनले बताए । यसैगरि बिरामीको कुरुवाको लागी पनि नि:शुल्क वाईफाई, तथा टेलिभिजनको व्यवस्थापन गरिएको गुरुङले बताए । 

हाललाई यो सेवाको लागी टिकट दर ३ सय रुपैयाँ तोकिएको जानकारी दिँदै उनले यो टिकटबाट एक साता सम्म परामर्श लिन सकिने बताए । कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले यी सेवाहरू पहिला पनि अस्पतालले प्रदान गर्दै आएकोमा अहिले एकद्वार प्रणाली मार्फत व्यवस्थापन गरिएको बताए । यो सेवामा थप विशेषत्र सेवा क्रमशः थप्दै जाने बताए । 

Avatar

बिरामीलाई एकै स्थानबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएर मेडिकल कलेज पनि यस्ता प्रकारका जटिल रोगको उपचार गर्न सक्षम रहेको र काठमाडौं तथा विदेश गएर महँगोमा उपचार गराउनु पर्ने बाध्यताबाट बिरामीले छुटकारा पाउने सकिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल राज ढकालले बताए । मेडिकल कलेजमा ओपिडीमा दैनिक सरदर ८ सय जना र आकस्मिक सेवासहित ओपिडीमा दैनिक ४ सय जनाले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस