२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनियर एनटीआरले ‘आरआरआर’बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्ने प्रक्षेपण

१ भाद्र २०७९, बुधबार ०७:३०

भदौ १, काठमाडौँ | एसएस राजामौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ नेपाल मात्र होइन, विश्वभर चर्चित रह्यो । मार्चमा फिल्म प्रदर्शनमा आएसँगै दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे । नेटफ्लिक्समा फिल्म रिलिज भएपछि पश्चिमा फिल्म निर्माताले पनि राजामौलीलाई बधाई सन्देश पठाए ।

Oscar Predictions : Will Junior NTR Win Best Actor Award? RRR dominates  magazine estimates

‘आरआरआर’को चर्चा अब विश्व प्रतिष्ठित ओस्कार अवार्डसम्म पुगेको छ । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले ‘आरआरआर’मार्फत जुनियर एनटीआरले अभिनेतातर्फको ओस्कार अवार्ड जित्न सक्ने प्रक्षेपण गरेको छ ।

भेराइटीको यो प्रक्षेपित सूचीमा जुनियर एनटीआरसहित हलिउड अभिनेताहरु क्रिस इभान्स, एडम स्यान्डलर र केसी एफलेक पनि अटाएका छन् ।

‘आरआरआर’मा एनटीआरले कोमाराम भीम नामक आदिवासी युवकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनले बेलायतीको कब्जामा पुगेकी बालिकालाई फिर्ता ल्याउन संघर्ष गर्ने युवकको चरित्रमा अभिनय गरेका छन् ।

‘आरआरआर’मा रामचरण, सामुथीराकानी, अजय देवगण, आलिया भट्ट र श्रीया शरणले समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने