2026-09-12 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बहिनीसँग मिलेर श्रीमानको हत्या, मृतकको टाउको भेटिएन

भदौ ६, काठमाडौँ | श्रीमानको हत्या गरेको अभियोगमा  हत्या आरोपमा प्रहरीले मृतकको पत्नी र सालीलाई पक्राउ गरेका छन् । 

बागलुङको निसिखोला गाउँपालिका–४ कालीमाटीको खोला किनारमा बस्ने २२ वर्षीय कुमारी कामीले श्रीमानको हत्या गरेको अभियोगमा भदौ ४ गते कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

प्रहरीका अनुसार असार २५  गते बेलुका सवा ११ बजे श्रीमान् २५ वर्षीय तुलबहादुर विकको घाँटी काटेर हत्या गरेकी थिइन् । उनको श्रीमानको टाउँको नभएको शव निसि खोलाको किनारमा फालेको प्रहरीले जनाएको छ । प्रहरीले शव भदौ १ गते फेला पारेको थियो । 

तुबहादुरको हातको ट्याटुका आधारमा उनको शव पहिचान गरिएको बाग्लुङका एसपी दयानिधि ज्ञवालीले बताए । तुलबहादुरको टाउको अझै भेटिएको छैन । साउन २५ मा तुलबहादुरकी पत्नी २२ वर्षीया कुमारी बिक र १८ वर्षीया साली मनिषा बिक मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्या आरोपमा प्रहरीले पत्नी र साली दुवैलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

योजनाबद्ध रुपमा पहिले घनले हानेर बेहोस बनाएको र त्यसपछि ४ पटक चिर्पटले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको एसपी ज्ञवालीले जानकारी दिए । ‘हत्यापछि आरोपीहरुले ७ किलोमिटर तल शव लगेर फालेका थिए’ एसपी ज्ञवाली भन्छन्–‘टाउको फेला परेको छैन्, खोजी हुँदै छ ।’

मेलामा गएर उतै हत्या भएको भन्ने पार्नका लागि कुमारीले ‘मेला जानुभएको छ’ भनेर गाउँलेलाई भनेको थाहा भएको छ । 

भदौ १ मा दिउँसो सवा ११ बजेतिर टाउको काटेको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । हत्या अनुसन्धान गर्न बाग्लुङका एसपी ज्ञवाली आफैं निसिखोलामा पुगेका थिए । पत्नीको योजनामा तुलबहादुरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ‘लामो पारिवारिक बेमेलका कारण हत्या भएको देखिन्छ,’ एसपी ज्ञवाली भन्छन्, ‘७ वर्षदेखि पत्नी र पतिकोबीचमा मनमुटाव भएको देखिन्छ ।’

७ वर्षदेखि उनीहरुको बिचमा झगडा परिरहन्थ्यो । तुलबहादुरले पत्नी कुमारीलाई मतलव गर्दैनथे । तुलबहादुर विवाहेत्तर सम्बन्धमा रहेकोबारे पत्नी जानकार थिइन् । नयाँ दिल्लीमा लामो समय बस्दा फोन नगरेको र पोखरामा अरु महिलासँग घुमेको कुराले कुमारी विक्षिप्त भएकी थिइन् ।

हत्यापछि गाउँलेले सोध्दा कुमारीले  भनिन्, ‘मेला जानु भएको छ ।’ मोवाइल घरमै चार्जमा छाडेर गएको श्रीमतीले प्रहरीलाई बताइन् । तर, अनुसन्धान गर्दै जाँदा योजनाबद्ध रुपमा उनको हत्या गरेर खोलामा फालेको थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस