१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बहिनीसँग मिलेर श्रीमानको हत्या, मृतकको टाउको भेटिएन

६ भाद्र २०७९, सोमबार ०८:५८

भदौ ६, काठमाडौँ | श्रीमानको हत्या गरेको अभियोगमा  हत्या आरोपमा प्रहरीले मृतकको पत्नी र सालीलाई पक्राउ गरेका छन् । 

बागलुङको निसिखोला गाउँपालिका–४ कालीमाटीको खोला किनारमा बस्ने २२ वर्षीय कुमारी कामीले श्रीमानको हत्या गरेको अभियोगमा भदौ ४ गते कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 


प्रहरीका अनुसार असार २५  गते बेलुका सवा ११ बजे श्रीमान् २५ वर्षीय तुलबहादुर विकको घाँटी काटेर हत्या गरेकी थिइन् । उनको श्रीमानको टाउँको नभएको शव निसि खोलाको किनारमा फालेको प्रहरीले जनाएको छ । प्रहरीले शव भदौ १ गते फेला पारेको थियो । 

तुबहादुरको हातको ट्याटुका आधारमा उनको शव पहिचान गरिएको बाग्लुङका एसपी दयानिधि ज्ञवालीले बताए । तुलबहादुरको टाउको अझै भेटिएको छैन । साउन २५ मा तुलबहादुरकी पत्नी २२ वर्षीया कुमारी बिक र १८ वर्षीया साली मनिषा बिक मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्या आरोपमा प्रहरीले पत्नी र साली दुवैलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

योजनाबद्ध रुपमा पहिले घनले हानेर बेहोस बनाएको र त्यसपछि ४ पटक चिर्पटले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको एसपी ज्ञवालीले जानकारी दिए । ‘हत्यापछि आरोपीहरुले ७ किलोमिटर तल शव लगेर फालेका थिए’ एसपी ज्ञवाली भन्छन्–‘टाउको फेला परेको छैन्, खोजी हुँदै छ ।’

मेलामा गएर उतै हत्या भएको भन्ने पार्नका लागि कुमारीले ‘मेला जानुभएको छ’ भनेर गाउँलेलाई भनेको थाहा भएको छ । 

भदौ १ मा दिउँसो सवा ११ बजेतिर टाउको काटेको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । हत्या अनुसन्धान गर्न बाग्लुङका एसपी ज्ञवाली आफैं निसिखोलामा पुगेका थिए । पत्नीको योजनामा तुलबहादुरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ‘लामो पारिवारिक बेमेलका कारण हत्या भएको देखिन्छ,’ एसपी ज्ञवाली भन्छन्, ‘७ वर्षदेखि पत्नी र पतिकोबीचमा मनमुटाव भएको देखिन्छ ।’

७ वर्षदेखि उनीहरुको बिचमा झगडा परिरहन्थ्यो । तुलबहादुरले पत्नी कुमारीलाई मतलव गर्दैनथे । तुलबहादुर विवाहेत्तर सम्बन्धमा रहेकोबारे पत्नी जानकार थिइन् । नयाँ दिल्लीमा लामो समय बस्दा फोन नगरेको र पोखरामा अरु महिलासँग घुमेको कुराले कुमारी विक्षिप्त भएकी थिइन् ।

हत्यापछि गाउँलेले सोध्दा कुमारीले  भनिन्, ‘मेला जानु भएको छ ।’ मोवाइल घरमै चार्जमा छाडेर गएको श्रीमतीले प्रहरीलाई बताइन् । तर, अनुसन्धान गर्दै जाँदा योजनाबद्ध रुपमा उनको हत्या गरेर खोलामा फालेको थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार