भदौ २८, भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको भारत भ्रमणलाई आशङ्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको भारत भ्रमणलाई आशङ्का"/>
२ पुष २०८२, बुधबार
काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमणलाई आशङ्का गर्नुहुँदैन: कर्ण

२८ भाद्र २०७३, मंगलवार १३:१४

भदौ २८, भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको भारत भ्रमणलाई आशङ्का गर्न नहुने बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने गरे । उनले संविधानलाई सबैको मान्य बनाउन संविधान संशोधन गर्नै पर्ने बताउँदै देशका सबै पार्टी, वर्ग, जातजाति, लिङ्ग, समुदायले मान्न नसक्ने संविधान नटिक्ने बताए । 

सहअध्यक्ष कर्णले भने– “२०४७ सालको संविधान दश वर्ष पनि टिकेन, सबैलाई मान्य हुने गरी संशोधन हुन नसके यो संविधान पनि टिक्दैन ।” अङ्गीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको तर वैवाहिक अङ्गीकृत नागरिकताको पाउने महिलाले आफ्नो क्षमताअनुसार राज्यको सबै निकायमा प्रवेश पाउनु पर्ने माग भने रहेको जिकिर गरे । 

नेता कर्णले मधेसको माग पूरा नगरी तोकिएको समयमा निर्वाचन गर्छौं भन्नु गलत भएको टिप्पणी गर्दै सस्तो लोकप्रियताका लागि ठूला दलहरु लागेको आरोप लगाए । सीमाङ्कन विवाद समाधान नमिलाई निर्वाचन असम्भव भएको उनको भनाइ थियो । 

भारतको विरोध गर्दैमा राष्ट्रवाद भइन्छ भन्ने भ्रम धेरै नेतामा परेको टिप्पणी गर्दै उनले भारतको विषयमा बोले राष्ट्रघाती र चीनको समर्थन गरे राष्ट्रवादी होइन्छ भन्ने कसैले भ्रम राख्न नहुने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता