Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

फेवातालबाट २ सय ट्रकभन्दा धेरै जलकुम्भी झार निकालियाे

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २५, पोखरा । पोखरा महानगरपालिकाले आज मङ्गलवारदेखि फेवाताल सरसफाइ महाअभियानमा सुरु गरेको छ । विभिन्न ३३ ठाउँबाट सुरु गरिएकाे यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधिसहित पाँच हजार जनाभन्दा बढीले सक्रिय सहभागिता जनाएका छन् ।

फेवाताल सरसफाइका क्रममा भएको याे नागरिक सहभागितामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । सबै ठाउँमा हेर्दा पाँच हजार बढीको सहभागिता रहेको देखिन्छ, पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भन्नुभयो, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो तर अन्तिमसम्म आइपुग्दा दुई सय बढी ट्रक फोहर सङ्कलन भएको छ ।’ महाअभियानको पहिलो दिन दुई सय बढी ट्रक जलकुम्भी झारलगायतको फोहर फेवातालबाट बाहिर निकालिएको उहाँले बताउनुभयाे ।

तालको झन्डै ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार आज अभियानका क्रममा निकालिएको छ । अभियानलाई निरन्तर गर्ने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडि बढ्ने मेयर आचार्यकाे भनाइ छ ।

फेवाताल सरसफाइ महाअभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्था, सहकारी, बैङ्क तथा वित्तीय संस्था, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन संबद्ध सङ्घ–संस्थाको सहभागिता रहेको थियो ।