भदौ २९, पाँचथर । पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, पाँचथर । पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएक"/>
४ बैशाख २०८२, बिहीबार
कृषि गतिबिधी

पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने

२९ भाद्र २०७३, बुधबार ०५:४९

भदौ २९, पाँचथर । पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले अर्गानिक चिया उत्पादन गरिने भएको हो । 

जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् । कञ्जनजङ्घा टी स्टेट, लाली चिया सहकारी संस्था, लेकाली अर्गानिक चिया उद्योग र पाथीभरा टी स्टेटले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् भने अन्य चिया प्रशोधन गर्ने कारखानाले पनि अर्गानिक चिया प्रशोधन गर्ने तयारीमा जुटेका छन् । एक÷दुई वर्षमै जिल्लाका कारखानाले प्रशोधन गर्ने चिया अर्गानिक मात्रै हुने अर्गानिक चिया प्रशोधन गर्दै आउनुभएका लालीचिया सहकारी संस्थाका प्रमुख टङ्कप्रसाद राईले बताउनुभयो । 

उहाँका अनुसार अर्गानिक चियाको उत्पादन कम हुने भएपनि मूल्य राम्रो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना प्रमुख रामजीवन ठाकुरले चियाको बेर्ना तयारी पनि विषादीरहित हुने, गाईवस्तुको मल र गड्यौले मललगायत मात्रै प्रयोग गरिने र बगानमा रोगकिरा नियन्त्रणका लागि विषादी पनि प्रयोग नगरिएको चियाको पत्तीलाई प्रशोधन गरी अर्गानिक चिया तयार गरिन्छ । 

उहाँले किसान उत्पादन कम नै भएपनि मूल्य राम्रो भएकाले अर्गानिक चिया उत्पादनतिर लागेको पनि बताउनुभयो । केन्द्रीय चिया सहकारी सङ्घले तीन वर्षअघि पाँचथरमा अर्गानिक चिया उत्पादन गर्न किसान र प्रशोधन गर्ने कारखानालाई सुझाव दिएको थियो । रास

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ