भदौ २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रधानमन्त्री दाहालको निजी निवास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रधानमन्त्री दाहालको निजी निवास "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश र जनताको हित हुने गरि भारतसँग सहमति गर्न प्रधानमन्त्रीलाई माओवादी केन्द्रका नेताहरुको आग्रह

२९ भाद्र २०७३, बुधबार ०६:०२

भदौ २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलयको बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका दाहालले आफ्नो भारत भ्रमणको कार्यतालिका र कार्यसूचिका विषयमा जानकारी गराउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

बैठकमा पार्टीका नेताले प्रधानमन्त्रीलाई भारत भ्रमणको सफलताको लागि शुभकामना दिँदै दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपालको राष्ट्रिय हित हुने गरी कार्यसूची तय गर्न सुझाव दिएको प्रवक्ता भुसालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले यो भ्रमण मुख्य त सद्भाव भ्रमण भएको जानकारी दिँदै विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्नेमा आफू केन्द्रित हुने जानकारी गराउनुभयो । 

भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणका लागि भारतीय सहयोग, हुलाकी राजमार्ग निर्माण, विद्युत् व्यापार सम्झौताको कार्यान्वयनलगायत विषयलाई आफूले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराउनुभएको प्रवक्ता भुसालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ