भदौ २९, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रसँग सहकार्य गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रसँग सहकार्य गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभएको छ"/>
2026-06-24 07:49 PM
काठमाडौँ - KTM

निजी क्षेत्रको सहकार्यमा उद्योग क्षेत्रको विकास: मन्त्री जोशी

भदौ २९, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रसँग सहकार्य गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिले आज यहाँ आयोजना गरेको ‘उपलब्धि समीक्षा तथा कार्यक्रम कार्यान्वयन रणनीति तर्जुमा बिषयक गोष्ठीमा’ उहाँले गाउँ गाउँमा पुगेर साना उद्योगीलाई उत्साहित गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभयो । 

मन्त्री जोशीले उद्योग मन्त्रालयलाई उद्योगमुखी बनाउनु प्रमुख चुनौती रहेको उल्लेखगर्दै कुनै पनि उद्यमीलाई समस्या परेमा समस्याको समाधानका लागि मन्त्रालय तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “मन्त्रालयभित्रका काममा मन्त्रीदेखि कर्मचारीको एउटै जिम्मेवारी हो, त्यसैले सबै मिलेर गम्भीर भएर काम गरौँ र उद्योग क्षेत्रको विकासमा लागौं ।” 

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री जोशीले जनताको सेवाका लागि आफू राजनीतिमा लागेकाले जनतालाई दुःख दिने काम नगर्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो । 

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले साना उद्योगको संरक्षण गरी विदेशी लागनीलाई आकर्षण गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभयो । 

उहाँले समिति गरिब जनताको जीवनस्तर उकास्ने माध्यम भएकाले यसलाई सबै जिल्लाका ग्रामीण बस्तीमा पु¥याउनुपर्ने बताउँदै समितिले घरेलु उद्योगका माध्यमबाट स्थानीयस्तरमा उत्पादन भएका वस्तुको प्रयोग गरी आयआर्जमा लागेको स्पष्ट पार्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले कृषिमा औद्योगिकीकरण गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउँदै सरकारले उद्योग नीति कार्यक्रम बनाउँदा निजी क्षेत्रको राय सुझाव लिन मन्त्रालयलाई आग्रह गर्नुभयो । 

समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले समितिले दुर्गम हिमाली र पहाडी ४८ जिल्लामा काम गरिरहेको जानकारीदिदैं समितिले साना उद्योगको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक