प्रेम सुनार/भदौ २९, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले वर्तमान सरकारको पाँच वटा काम गर्ने प्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ २९, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले वर्तमान सरकारको पाँच वटा काम गर्ने प्रम"/>
२०८३, ७ बैशाख सोमबार
काठमाडौँ - KTM

बर्तमान सरकारका पाँच मुख्य कार्यभार: पुन

२०७३, २९ भाद्र बुधबार १०:१७

प्रेम सुनार/भदौ २९, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले वर्तमान सरकारको पाँच वटा काम गर्ने प्रमूख कार्यभार रहेको बताएका छन् । 

शान्ति प्रक्रियाका काम पूरा गर्ने, भूकम्प पीडितलाई राहत र पुनर्निर्माण, संविधानको दायरा बढाएर सर्वस्वीकार्य बनाउन सरकार अघि बढेको उनले उल्लेख गरे । यस्तै स्थानीय तहको निर्वाचन गर्ने र सुशासन कायम गर्न सरकारको प्रमूख काम भएको जनाउँ दिए ।  

प्रेस सेन्टर नेपाल प्रदेश नं. ५ प्रथम सम्मेलन गर्दै उनले शान्ति सम्झौता अनुसार शान्ति प्रक्रियाका काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले अघिल्लो सरकारको पालासम्म जम्मा ४० हजार भूकम्प पीडितले मात्र राहत रकम पाएको बताउँदै प्रचण्ड नेतृत्वको सरकारले ४ लाख भूकम्प पीडितलाई राहत वितरण गरेर गति लिएको बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका पुनले संविधानमा सबैको सर्वस्वीकार्यता बताएर निर्वाचनमा जानका लागि सरकारले तयारी गरको बताए । मधेशी, थारु र अन्य समुदायको माग सम्बोधन गर्न संविधान संशोधन गरेर सरकार अघि बढ्ने उनले बताए ।

दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न सरकार सचेत रहेको दावी गर्दै पुनले वर्तमान सरकार राष्ट्र, राष्ट्रिय स्वाधीनताका काम गर्न र आवश्यक पर्दा संघर्ष र सन्तुलित सम्बन्ध कायम गर्न प्रचण्ड नेतृत्वको सरकार सफल हुने जिकिर गरे ।

पुनर्संरचनामा संख्या भन्दा पनि पुनर्संरचनाको ५६५ अन्तिम संख्या होइन, ८ सय हाराहारीमा संख्या हुनसक्ने सम्भावना बढेको र त्यसैका आधारमा निर्वाचन हुने बताए । उनले वैदेशिक रोजगारीमा पीडित भएकालाई राहत र उद्दार गर्न र जनतलाई प्रत्यक्ष सेवा प्रदान गर्न यो सरकारको प्राथमिकता रहको बताए ।

पुनले देश अब निर्माणका चरणमा पुगेको उल्लेख गरेका छन् । उनले देश नयाँ चरणमा प्रवेश गरेको बताउँदै देशलाई अब सामाजिक न्यायसहितको समृद्धिका लागि अब मिडियाको भूमिका हुनुपर्नेमा जोड दिए ।

पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव आम शर्माले ठूलाठालूका पत्रकारिता गाउँ र दूरदराजका जनताको पत्रकारितामा प्रेस सेन्टर (क्रान्तिकारी पत्रकार) आफूहरुले ढाल्न संघर्ष गरेको बताए । यो संगठनका हिसाबले थोरै र सानो भए पनि विचार र कार्यका हिसाबले सबैभन्दा ठूला र महत्वपूर्ण भएका विचार महासचिव शर्माले राखे ।

शर्माले एउटा व्यक्ति र विचारका पकडमा भएका पे्रसलाई जनता र आम नागरिकको बनाउन कृष्ण सेनजस्ताले त्याग र बलिदानी गरेको उल्लेख गरे । क्रान्तिकारीहरुले नै निर्धन वर्ग महिला, जनजाति, गरिब, मुस्लिम, थारु, बच्चा, मधेशी र उत्पीडित समुदायको आवाज र अक्षर बन्न सक्ने प्रेरणा प्रेस सेन्टरले गरेको चर्चा गरे ।

माओवादी केन्द्रका सचिवालय सदस्य महेश्वर गहतराज, पे्रस युनियन नेपालका केन्द्रीय उपमहासचिव प्रेम केसी, अखिल क्रान्तिकारीका उपाध्यक्ष पार्वती पुन, नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला,  सूर्य घर्तीमगरले अधिवेशन सफलतको शुभकामना दिए । दुई सय जना प्रतिनिधि पर्यवेक्षक रहेको अधिवेशनल नेतृत्व समेत चयन गर्ने पाँच न. प्रदेश अधिवेशन आयोजक समितिका सहसंयोजक तुफान अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ