भदौ २९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधानलाई सर्वस्वीकार्य हुनेगरी कार्यान्वयनका लागि संशोधनलाई प्राथमिकताका साथ अगाडि बढाएको बर्ताएका छन् ।

राष्ट्रिय दलित आयोग, नेपाल रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधानलाई सर्वस्वीकार्य हुनेगरी कार्यान्वयनका लागि संशोधनलाई प्राथमिकताका साथ अगाडि बढाएको बर्ताएका छन् ।

राष्ट्रिय दलित आयोग, नेपाल रा"/>

२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुवाछूत अन्त्य गर्नु सरकारको प्राथमिकताः उपप्रधानमन्त्री निधि

२०७३, २९ भाद्र बुधबार १०:४८

भदौ २९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधानलाई सर्वस्वीकार्य हुनेगरी कार्यान्वयनका लागि संशोधनलाई प्राथमिकताका साथ अगाडि बढाएको बर्ताएका छन् ।

राष्ट्रिय दलित आयोग, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ र राष्ट्रिय मतदान अधिकार मञ्चद्वारा यहाँ आज आयोजित ‘दलित अधिकार र प्रतिनिधित्वको सुनिश्चितताका लागि संवैधानिक प्रावधानको प्रभावकारी कार्यान्वयन’ विषयक गोष्ठी उद्घाटन गर्दै उनले सबै राजनीतिक दलको सहभागितामा संविधान संशोधन गर्ने तयारी भइरहेको बताए ।

 सदियौँदेखि जातीय भेदभाव तथा छुवाछूतको विभेदका कारण आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र शैक्षिकलगायतका क्षेत्रमा पछाडि पारिएका दलित समुदायका सबैखाले समस्या समाधान गर्नेतर्फ सरकार प्रतिबद्ध भएको उल्लेख गर्दै उनले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी जनताको पनि भएको हुँदा त्यसतर्फ सहयोग गर्न सबैलाई अपिल गरे । 

 नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २१औँ शताब्दीमा पनि अछुतको व्यवहार गर्नु अपराध भएकाले छुवाछुत अन्त गर्न कडा कानुन बनाउन र कार्यान्वयनका लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।

 सांसदद्वय मानबहादुर विश्वकर्मा र मीन विश्वकर्माले व्यवहारिक रूपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरे । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ‘नेपालको संविधानमा निर्वाचन प्रणाली र दलित सहभागिता’ र ‘नेपालको संविधानले प्रत्याभूत गरेका दलित सुमदायको अधिकार र कार्यान्वयनको सवाल’ लगायत चार कार्यपत्र माथि छलफल गरी काठमाडौँ घोषणापत्र जारी गर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?