भदौ २९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधानलाई सर्वस्वीकार्य हुनेगरी कार्यान्वयनका लागि संशोधनलाई प्राथमिकताका साथ अगाडि बढाएको बर्ताएका छन् ।

राष्ट्रिय दलित आयोग, नेपाल रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधानलाई सर्वस्वीकार्य हुनेगरी कार्यान्वयनका लागि संशोधनलाई प्राथमिकताका साथ अगाडि बढाएको बर्ताएका छन् ।

राष्ट्रिय दलित आयोग, नेपाल रा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुवाछूत अन्त्य गर्नु सरकारको प्राथमिकताः उपप्रधानमन्त्री निधि

२९ भाद्र २०७३, बुधबार १०:४८

भदौ २९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधानलाई सर्वस्वीकार्य हुनेगरी कार्यान्वयनका लागि संशोधनलाई प्राथमिकताका साथ अगाडि बढाएको बर्ताएका छन् ।

राष्ट्रिय दलित आयोग, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ र राष्ट्रिय मतदान अधिकार मञ्चद्वारा यहाँ आज आयोजित ‘दलित अधिकार र प्रतिनिधित्वको सुनिश्चितताका लागि संवैधानिक प्रावधानको प्रभावकारी कार्यान्वयन’ विषयक गोष्ठी उद्घाटन गर्दै उनले सबै राजनीतिक दलको सहभागितामा संविधान संशोधन गर्ने तयारी भइरहेको बताए ।

 सदियौँदेखि जातीय भेदभाव तथा छुवाछूतको विभेदका कारण आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र शैक्षिकलगायतका क्षेत्रमा पछाडि पारिएका दलित समुदायका सबैखाले समस्या समाधान गर्नेतर्फ सरकार प्रतिबद्ध भएको उल्लेख गर्दै उनले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी जनताको पनि भएको हुँदा त्यसतर्फ सहयोग गर्न सबैलाई अपिल गरे । 

 नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २१औँ शताब्दीमा पनि अछुतको व्यवहार गर्नु अपराध भएकाले छुवाछुत अन्त गर्न कडा कानुन बनाउन र कार्यान्वयनका लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।

 सांसदद्वय मानबहादुर विश्वकर्मा र मीन विश्वकर्माले व्यवहारिक रूपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरे । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ‘नेपालको संविधानमा निर्वाचन प्रणाली र दलित सहभागिता’ र ‘नेपालको संविधानले प्रत्याभूत गरेका दलित सुमदायको अधिकार र कार्यान्वयनको सवाल’ लगायत चार कार्यपत्र माथि छलफल गरी काठमाडौँ घोषणापत्र जारी गर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह