<p><b>मङ्सिर ५, मुस्ताङ | </b>मुस्ताङको प्रदेशसभा –१ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।<br></p><p>गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो ।</p><p>खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ । </p>
Related News


