2026-09-11 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको दर्मिजामा रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण

मङ्सिर ११, म्याग्दी | उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको छ ।

परम्परा, रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँका रुपमा परिचित दर्मिजाका गाउँलेको भेलाले गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी मजदुरको ज्याला निर्धारण गरेको हो । गाउँ भेलाले पास गरेको उक्त निर्णयविपरित गरेमा मनपरी गर्ने व्यक्तिलाई सामाजिक वहिष्कारसम्मको कारबाही हुने गरेको रघुगङ्गा–४ का अगुवा तबहादुर शेरपुञ्जाले बताउनुभयो ।

“बिहीबार सम्पन्न गाउँलेहरुको भेलाले दरभाउ र ज्याला मजदुरी गर्नेको पारिश्रमिक निर्धारण गरेको छ”, स्थानीय अगुवा धनबहादुर गर्बुजाले भन्नुभयो । गर्बुजाका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी रु एक सय ५०, कोदो र धान प्रतिपाथी रु दुई सय, जौ प्रतिपाथी रु एक सय ५०, गहुँ र उवा प्रतिपाथी रु दुई सय मूल्य निर्धारण गरिएको छ ।

यसैगरी भटमास प्रतिपाथी रु चार सय, फापर प्रतिपाथी रु एक सय ५०, सिमी प्रतिपाथी रु छ सय, आलु र पिँडालु प्रतिपाथी रु एक सय ५०, बेसार प्रतिमाना रु एक सय ५० र रक्सी जम्बो बोतललाई रु एक सय ३० निर्धारण गरिएको छ ।

त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति रु सात सय, हलगोरु ज्याला प्रतिदिनको रु एक हजार, साधारण खेताला ज्याला प्रतिदिनको रु पाँच सय, इलेक्ट्रिसियन ज्याला प्रतिदिनको रु आठ सय, सिकर्मी ज्याला प्रतिव्यक्ति रु आठ सय, सिमेन्ट प्लाष्टर प्रतिव्यक्ति रु आठ सय निर्धारण गरिएको छ । त्यस्तै राँगो शुल्क रु आठ सय, गोरु र बोका समारेको रु एक सय, लोकल मह र घिउ प्रतिमाना रु छ सय र दाउरा काट्ने खेतालाको ज्याला प्रतिदिनको रु पाँच सय निर्धारण गरिएको गर्बुजाले बताउनुभयो ।

गाउँमा उत्पादन हुने र बाहिरबाट आयात गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी हुने गरेको पूर्ववडाध्यक्ष रुकबहादुर गर्बुजाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस