१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको दर्मिजामा रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण

११ मंसिर २०७९, आईतवार ०७:२०

मङ्सिर ११, म्याग्दी | उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको छ ।

परम्परा, रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँका रुपमा परिचित दर्मिजाका गाउँलेको भेलाले गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी मजदुरको ज्याला निर्धारण गरेको हो । गाउँ भेलाले पास गरेको उक्त निर्णयविपरित गरेमा मनपरी गर्ने व्यक्तिलाई सामाजिक वहिष्कारसम्मको कारबाही हुने गरेको रघुगङ्गा–४ का अगुवा तबहादुर शेरपुञ्जाले बताउनुभयो ।

“बिहीबार सम्पन्न गाउँलेहरुको भेलाले दरभाउ र ज्याला मजदुरी गर्नेको पारिश्रमिक निर्धारण गरेको छ”, स्थानीय अगुवा धनबहादुर गर्बुजाले भन्नुभयो । गर्बुजाका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी रु एक सय ५०, कोदो र धान प्रतिपाथी रु दुई सय, जौ प्रतिपाथी रु एक सय ५०, गहुँ र उवा प्रतिपाथी रु दुई सय मूल्य निर्धारण गरिएको छ ।

यसैगरी भटमास प्रतिपाथी रु चार सय, फापर प्रतिपाथी रु एक सय ५०, सिमी प्रतिपाथी रु छ सय, आलु र पिँडालु प्रतिपाथी रु एक सय ५०, बेसार प्रतिमाना रु एक सय ५० र रक्सी जम्बो बोतललाई रु एक सय ३० निर्धारण गरिएको छ ।

त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति रु सात सय, हलगोरु ज्याला प्रतिदिनको रु एक हजार, साधारण खेताला ज्याला प्रतिदिनको रु पाँच सय, इलेक्ट्रिसियन ज्याला प्रतिदिनको रु आठ सय, सिकर्मी ज्याला प्रतिव्यक्ति रु आठ सय, सिमेन्ट प्लाष्टर प्रतिव्यक्ति रु आठ सय निर्धारण गरिएको छ । त्यस्तै राँगो शुल्क रु आठ सय, गोरु र बोका समारेको रु एक सय, लोकल मह र घिउ प्रतिमाना रु छ सय र दाउरा काट्ने खेतालाको ज्याला प्रतिदिनको रु पाँच सय निर्धारण गरिएको गर्बुजाले बताउनुभयो ।

गाउँमा उत्पादन हुने र बाहिरबाट आयात गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी हुने गरेको पूर्ववडाध्यक्ष रुकबहादुर गर्बुजाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो