2026-09-11 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुरक्षाभत्ता बैंङकिङ प्रणालीबाट वितरण गर्ने

भदौ ३१, पाँचथर । फिदिम नगरपालिकाले सामाजिक सुरक्षाभत्ता बैंङकिङ प्रणालीबाट वितरण गर्नेभएको छ । 

सदरमुकाम फिदिममा रहेका सरकारी तथा व्यावसायिक दशवटा बैंकमा धमाधम खाता खोल्ने कार्य भइरहेको छ । फिदिम नगरपालिका–१ का सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिले फेवा विकास बैंक, वडा नं– २ का लागि राष्ट्रिय वाणिज्य बैंक, वडा नं – ३ का लागि एनएनबि वैंक, वडा नं– ४ का लागि माछापुच्छ्ररे बैंक र वडा नं– ५ का लागि नेपाल बैंक लिमिटेडमा खाता खोल्ने व्यवस्था गरिएको छ । 

यसैगरी फिदिम नगरपालिका– ६ का लागि कृषि विकास बैंक, वडा नं– ७ का लागि सप्तकोसी बैंकमा, वडा नं– ८ का लागि एसविआई बैंक, वडा नं– ९ का लागि ग्लोबल आइएमई बैंक र वडा नं– १० र ११ का लागि सिभिल बैंकमा खाता खोल्ने व्यवस्था गरिएको कार्यालय प्रमुख काजीमान राईले बताउनुभयो । 

बैंकमा आएर खाता खोल्न नसक्ने अतिअशक्त वृद्धवृद्धालाई भने नगरपालिका, वडा नागरिक मञ्च, सामाजिक परिचालिकासित आवश्यक छलफल गरेर पायक पर्ने स्थानमा बैंकका प्रतिनिधि गएर खाता खोल्ने व्यवस्था गरिने छ । आगामी असोज १५ गतेसम्ममा बैंकमा खाता खोली सक्नुपर्ने छ । अहिले फिदिम नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिने एक हजार १५१ जना रहेका बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट