१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका २१ नागरिक बेखबर

२६ मंसिर २०७९, सोमबार १५:१९

मङ्सिर २६, तनहुँ । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ । बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

यस वर्ष जिल्लाका ३२ स्थानमा उम्रिएका गाँजा फडानी गरिएको छ । करिब एक सय ४० रोपनीमा उम्रिएका २६ हजार सात सय ८५ गाँजाको बोट नष्ट गरिएको उहाँले बताउनुभयो । त्यसैगरी विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म एक सय ६७ सवारीसाधानलाई कारबाही गर्दा रु १८ लाख २० हजार एक सय ४८ राजस्व सङ्कलन भएको छ । 

गतवर्षको मङ्सिरदेखि कात्तिक मसान्तसम्म एक सय नौ फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट ३७ वर्ष चार महिना २३ दिन कैद र रु ३१ लाख ५८ हजार नौ सय २५ जरिवाना असुली भएको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट