२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै

६ पुष २०७९, बुधबार ०३:०१

पुस ६, पर्वत | पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरु डाँडाखर्क । जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ । वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके ।

गाउँबाट बसाइँसराइको दर उल्लेख्य बढेपछि अहिले खेतबारी पूरै झाडी र बुटा्यनले भरिएको छ । ढुङ्गाको छानो भएका, चिटिक्क परेका घर भग्नावशेषमा परिणत हुन थालेका छन् । गाउँमा बसेकालाई पनि खेतीबाली लगाउने रुचि छैन । किनकि बालीनाली लगाए बाँदरले छिनभरमै सखाप पारिदिन्छ ।

बर्सेनि बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडाभित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको वडाध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको घना जङ्गलमुनि रहेको उक्त गाउँमा परीक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किँदै गएपछि चियाखेती राम्रो हुने आकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको अध्यक्ष रिमालले बताउनुभयो ।

यहाँ बाँझो जमिन प्रशस्त छ । चियाखेतीका लागि उपयुक्त हावा, पानी र माटोसमेत सुहाउँदो भएको देखिन्छ । अध्यक्ष रिमालले भन्नुभयो, “सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीले तयारी थालेको छ ।” वडा कार्यालयको अनुरोधमा कार्यालयको टोलीले आर्थरडँडाखर्कका सबै क्षेत्रमा चियाखेतीको सम्भावनाको अध्ययन थालेको हो ।

गाउँमा बसाइँसराइका कारण खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्यतामा समेत ह्रास आउन थालेका कारण बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताउनुभयो । “गाउँमै रोजगारी हुनेमात्रै नभई नगरलाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा गरिएको छ”, अध्यक्ष रिमालले भन्नुभयो । “त्यसका लागि युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नका साथसाथै उपयोगविहीन भएको जग्गा प्रयोगमा ल्याउनु पर्दछ ।”

आर्थरमा चियाखेतीको विस्तार हुनसकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नमा सहयोग पुग्ने स्थानीय इन्द्र गुरुङले बताउनुभयो । बाँझो जमिन उपयोग गरेर यहाँका युवाहरूलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्न सकेमा बसाइँसराइ दर कम हुने गुरुङले बताउनुभयो । 

आर्थरु डाँडाखर्कका झण्डै आठ सय परिवार बसाइँ सरेर पोखरा र काठमाडौँलगायतका सहरमा बस्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि वडा सचिव नै ती ठाउँ खोज्दै जानुपर्ने बाध्यता रहेको छ । अहिले गाउँमा गुणस्तरीय सडक, निजी विद्यालय तथा गुणस्तरीय सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रमा समेत सुधार आए पनि गाउँ भने रित्तिँदै गएको स्थानीय दुर्गा शर्माले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान