पढ्न करिब 1 मिनेट लाग्छ

माघ १, पोखरा | प्रहरीले दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएको हो । यस्तै चालकदलका ४ सदस्य पनि विमानमा थिए । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस सवार थिए ।

आज बिहान काठमाडौबाट पोखराका लागि उडेको ९ एन एएनसी एटिआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना भएको हो। क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलका अनुसार दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउने प्रयास जारी छ। विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।