2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यती एअरको ‘डेमो फ्लाइट’ कै दिन पाइलट केसीले भनेका थिए : रनवे छोटो छ, डाँडाले पनि ‘डिस्टर्ब’ हुन्छ

माघ २, पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको हर्षमा थियो पोखरा। जनवरी १ देखि सञ्चालनमा आउने विमानस्थलको डेमो फ्लाइट गरेका थिए पाइलट कमल केसीले। पुसको ७ गते पोखरा आन्तरिक विमानस्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट उडाएका थिए कमलले। आइतबार दुर्घटनामा परेको जहाज सोही दिन कमलले उडाएका थिए।

डेमो फ्लाइट सफलतापूर्वक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै कमलले पोखराका डाँडाले बाधा पुर्‍याउने प्रतिक्रिया दिएका थिए।

उनले भनेका थिए –  अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति डाँडाकाँडा हुँदैन। पोखरा वरपर डाँडाकाँडा छ। अरू एअरपोर्ट हेर्दा यहाँ अलिकति गाह्रो छ। रनवेको लम्बाइ यहाँको छोटो छ। यहाँको ८ हजार जति फिट छ। बाहिर १० हजार जति हुन्छ। वरपरको डाँडाले गर्दा डिस्टर्ब छ। अलिकति गाह्रो छ यहाँ।’

पोखराको उडान अरुभन्दा गाह्रो हुने बताएका कमल पोखराको सेती खोंचमा अस्ताएका छन्। आइतबार बिहान दुर्घटना भएको यती एअरलाइन्सको फ्लाइट उनै कमलले उडाएका थिए। दुर्घटनामा पर्नुअघि सोही विमानमा काठमाडौं-पोखराको सफल अवतरण गराएका थिए उनले। तर, अर्कोपटक कमलले सफल अवतरण गराउन सकेनन्। यतीको एटीआर ७२ विमान सेतीको खोंचमा खस्यो। ७२ जना रहेको विमान दुर्घटनाको समाचार पनि एकाएक फैलियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द