2026-09-12 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यती एअरको ‘डेमो फ्लाइट’ कै दिन पाइलट केसीले भनेका थिए : रनवे छोटो छ, डाँडाले पनि ‘डिस्टर्ब’ हुन्छ

माघ २, पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको हर्षमा थियो पोखरा। जनवरी १ देखि सञ्चालनमा आउने विमानस्थलको डेमो फ्लाइट गरेका थिए पाइलट कमल केसीले। पुसको ७ गते पोखरा आन्तरिक विमानस्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट उडाएका थिए कमलले। आइतबार दुर्घटनामा परेको जहाज सोही दिन कमलले उडाएका थिए।

डेमो फ्लाइट सफलतापूर्वक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै कमलले पोखराका डाँडाले बाधा पुर्‍याउने प्रतिक्रिया दिएका थिए।

उनले भनेका थिए –  अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति डाँडाकाँडा हुँदैन। पोखरा वरपर डाँडाकाँडा छ। अरू एअरपोर्ट हेर्दा यहाँ अलिकति गाह्रो छ। रनवेको लम्बाइ यहाँको छोटो छ। यहाँको ८ हजार जति फिट छ। बाहिर १० हजार जति हुन्छ। वरपरको डाँडाले गर्दा डिस्टर्ब छ। अलिकति गाह्रो छ यहाँ।’

पोखराको उडान अरुभन्दा गाह्रो हुने बताएका कमल पोखराको सेती खोंचमा अस्ताएका छन्। आइतबार बिहान दुर्घटना भएको यती एअरलाइन्सको फ्लाइट उनै कमलले उडाएका थिए। दुर्घटनामा पर्नुअघि सोही विमानमा काठमाडौं-पोखराको सफल अवतरण गराएका थिए उनले। तर, अर्कोपटक कमलले सफल अवतरण गराउन सकेनन्। यतीको एटीआर ७२ विमान सेतीको खोंचमा खस्यो। ७२ जना रहेको विमान दुर्घटनाको समाचार पनि एकाएक फैलियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस