2026-09-01 08:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउनुहुने लक्ष्मीकान्त

माघ ११, काठमाडौँ । सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा ।

त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ । जुम्लाको सिञ्जा गाउँपालिका–२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुग्नुभयो । उहाँले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाउनुभएको छैन । 

विगत ४३ वर्षदेखि भारी बोक्दै आउनुुभएका उहाँ १० वर्षदेखि गुल्मीमा  बसेर काम गरिरहनुभएको छ । त्योभन्दा अगाडि आचार्य नेपालका १५ जिल्लामा कामको खोजीमा पुगिसक्नुभयो । उहाँले बोक्नुभएको राडीपाखीमा बाध्यतासँगै छोराछोरीको रहर पनि समेटिएकोे छ । त्यही रहर पूरा गर्न  आचार्यले कहिल्यै फूर्सद पनि पाउनु भएन ।

आफ्ना छोराछोरीको रहरलाई  लक्ष्यसम्म पु¥याउन पसिनै  बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन् । आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गर्नुभएको छ । अध्ययन सकेपछि उहाँले काठमाडौँमा काम गर्न पनि थाल्नुभएको छ । राडीपाखी बिक्री गरेकै भरमा छोरालाई इन्जिनियर बनाउनुभएका आचार्य अहिले खुसीले गद्गद हुनुहुन्छ । “छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ”, उहाँ भन्नुुहुन्छ, “राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाएँ, मेरा पनि सबै सपना पूरा भए ।” आचार्य  मिहेनत र परिश्रम गरे कुनै सपना अधुरो नहुने बताउनहुन्छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा बस्दै आउनुभएका उहाँ राडीपाखी बेच्न गुल्मीका गाउँगाउँ पुग्नुहुन्छ । प्राय मङ्सिर, पुस, माघ र फागुनमा तम्घासमा बसेपनि अघिपछि भेडाको ऊनबाट बनेका राडीपाखीसँगै आफैँले जुम्लामा खेती गरेर उब्जाएको धान, गेडागुडी, फलफूल उत्पादनका लागि जुम्लामै बसेर खेती किसानी गर्दै आउनुभएको छ । आफैँले बनाएका सामग्रीहरु बेच्दा वार्षिक रु पाँच लाखसम्मको कारोबार हुने र चार लाखसम्म बचाउने गरेको आचार्य जानकारी दिनुहुन्छ  ।

गुल्मीमा ग्रामीण भेगमा समानहरु बिक्री गर्न  पुग्दा जुम्लाका प्राङ्गारिक समान भनेर मन पराउने गरेको उहाँ बताउनुहुन्छ। जुम्लाबाट विसं २०५० मा नेपालगञ्जसम्म आउँदा पैदल आठ दिनसम्म हिँड्नुपरेको सुनाउनुहुने आचार्य अहिले गाडीमा तीन दिनमा गुल्मी आउन सकिने जानकारी दिनुहुन्छ । “आत्मनिर्भर बन्नका लागि मिहेनत र परिश्रम निरन्तर गरेँ”, उहाँ भन्नुहुन्छ, “अहिले छोरा पनि आफैँमा आत्मनिर्भर बन्दा खुसी लागेको छ ।” उहाँका कान्छा छोरा धिरन्दाले पनि बुटवलमा राडीपाखीका सामान बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला