असोज ५, काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने  बताएकी छिन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५, काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने  बताएकी छिन । 
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक: नेत्री कोइराला

५ आश्विन २०७३, बुधबार ०६:३४

असोज ५, काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने  बताएकी छिन । 

नेपाली काँग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा सम्मान’ कार्यक्रममा नेत्री कोइरालाले छोटो समयमा धेरै निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको बताएकी हुन् । 

पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले स्थानीय तहमा संविधानले प्रत्याभूत गरेअनुसारको महिला प्रतिनिधित्व सुनिश्चित हुनेपर्नेमा जोड दिँदै स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरिन् । 

उनले भनिन्-, “पार्टीभित्रका निर्वाचनमा केही मतभिन्नता भए पनि अरु चुनाव लड्दा एक भएर लागेमात्र विजयी सुनिश्चित हुन्छ ।” उनले संविधान कार्यान्वयनमा सबै दलहरु एक हुनु आवश्यक रहेको बताउँदै मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताइन । 

काँग्रेस पाल्पाका सांसद हरि नेपालले संविधान निर्माणसँगै राजनीतिक क्रान्ति समाप्त भएकाले अब आर्थिक क्रान्ति मुलुकलाई आवश्यक रहेको बताए । सम्पर्क समितिका अध्यक्ष गोपाल जोशी, काँग्रेस पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, इन्जिनियर एसोसिएसनका केन्द्रीय सदस्य सुरेन्द्रप्रताप श्रेष्ठ, महिला सङ्घ केन्द्रीय सदस्य रुपा विश्वकर्मा, रमा पन्त, सीता नेपाललगायतले तराई मधेसमा देखिएको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा नेत्री कोइरालाले इन्जिनियर एसोसिएसनमा केही दिनअघि भएको निर्वाचनमा केन्द्रीय सदस्य पदमा विजयी श्रेष्ठ, महिला सङ्घको केन्द्रीय सदस्य विजयी विश्वकर्मा, पन्त र नेपाललाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ