२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभित्रका पार्टीविरुद्ध भारतमा टिप्पणी गरियो : अध्यक्ष ओली

२०७३, ५ आश्विन बुधबार १०:३५

असोज ५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालबाट देशभित्रका पार्टी र अर्को छिमेकीको विरोधमा भारतमा गएर टिका टिप्पणी गरिएको भन्दै आलोचना गर्नुभएको छ । 

आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकको थालनीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कुटनीतिक मर्यादा र हैसियत कमजोर भएकाले त्यसमा आफूहरुको गम्भीर असहमति रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘देशभित्र कुन पार्टी र नेता भारतको विपक्षमा फलना फलना छन् भनेर नामै तोकेर भारतमा टिप्पणी गरिनु झुठ, अपरिपक्व र अशोभनीय काम हो । अर्को छिमेकी चीनको विरोधमा पनि टिप्पणी भएको पाइएको छ, त्यो सर्वथा देशविरुद्ध छ ।’’ 

नेपालको आन्तरिक मामलामा अनावश्यक बाह्य चासो निम्त्याइएको र सबै अन्तर्राष्ट्रिय सङ्घ संस्था एवम् मञ्चमा भारतसँग निकट समन्वय गर्ने तथा प्रमुख अन्तर्राष्ट्रिय मामलामा भारतसँग समान धारणा राख्ने भन्ने प्रावधान संयुक्त वक्तव्यमा उल्लेख गरेर नेपालको स्वतन्त्र विदेश नीतिलाई परास्रित गराइएको भन्दै एमालेले असहमति प्रकट गरेको हो । 

प्रधानमन्त्री दाहाललाई भारत जानुपूर्व आफूहरुले भेटेर लिखित ध्यानाकर्षण गराई देशको स्वाभिमानमा धक्का लाग्ने काम नहोस् र फर्केपछि स्वागत गर्न पाउँ भनेर शुभकामना दिएपनि उहाँ फर्केपछि विरोध गर्नुपर्ने अवस्था आएको अध्यक्ष ओलीले बताउनुभयो । 

नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असङ्लग्न परराष्ट्र नीतिका आधारमा सम्बन्ध विकसित गर्दै आएकामा भारत भ्रमणबाट त्यसको उलङ्घन भएको जनाउँदै उहाँले चीनसँग आफ्नो सरकारले गरिएका सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिएको, नयाँ सरकार गठनलगत्तै अनावश्यक र नाटकीय रुपमा विशेष दूत पठाएको भनी आलोचना गर्नुभयो । 

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारका पालना ल्याइएको तीन तहको निर्वाचन कार्यतालिका वर्तमान सरकारले प्रभावित पार्न खोजेको, एमालेलाई तराई– मधेस विरोधी भनाउन खोजिएको, पुनःनिर्माणको काम प्रभावकारी नभएको जस्ता विषय समीक्षा गरी पार्टी सङ्गठनलाई प्रदेशस्तरमा परिचालन गर्न देशव्यापी अभियान सञ्चालनबारे बैठकले निर्णय गर्ने बताउनुभयो । 

‘‘एमाले सिमलको भुवाले फुर्र उडाउने शक्ति होइन, सङ्घर्षको इतिहास बोकेको शक्ति हो । हाम्रा विरुद्धका सबै भ्रम चिर्ने अभियान लिएर जनस्तरमा जानुपर्छ ।’’ ओलीको आह्वान थियो, ‘‘संविधान जारी भएको पहिलो दिनलाई कालो दिवस मान्ने घिनलाग्दो प्रवृत्ति पनि देखिएको, संविधानमा भएका जनताका अधिकारबारे जनचेतना फैलाउने जिम्मेवारी पनि हाम्रो हो ।’’ 

तिन दिन चल्ने भनिएको बैठकमा आज अध्यक्ष ओलीको लिखित प्रतिवेदन प्रस्तुत भई अध्ययनका लागि समय दिइनेछ भने सोमाथि समूहगत आधारमा छलफल हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ