असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

४ कार्तिक २०८१, आईतवार
काठमाडौँ - KTM

संयुक्त राष्ट्र सङ्घको महासभामा सार्कलाई प्रभावकारी बनाउने विषयमा छलफल

६ आश्विन २०७३, बिहीबार ०३:१६

असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका सार्क क्षेत्रका परराष्ट्रमन्त्रीहरुको अनौपचारिक बैठकलाई बुधबार यहाँ सम्बोधन गर्दै उहाँले पोखरामा केही समय पहिले सम्पन्न सार्कको परराष्ट्र मन्त्रिस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन गर्दै यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

सार्क क्षेत्रमा रहेको गरिबी, असमानता, बेरोजगारी, जलवायु परिवर्तन तथा आपसी हित र चासोका सम्बन्धमा समान धारणा बनाएर जानुपर्नेमा उहाँको जोड थियो । 

यस्तै, अनौपचारिक बैठकमा सार्कको आगामी १९औँ शिखर सम्मेलनको बारेमा समेत छलफल भएको थियो । 

प्रतिनिधि परराष्ट्रमन्त्रीहरुको अनौपचारिक छलफलको अध्यक्षता नेपालका परराष्ट्रमन्त्रीले गर्नुभयो । पाकिस्तानमा हुने सार्क सम्मेलनको तयारीका बारेमा समेत अनौपचारिक छलफल भएको थियो । 

बैठकबारे जानकारी दिँदै मन्त्री डा महतले सार्कमा रहेका समस्या के हुन्, के के गर्न बाँकी छ भन्ने बारेमा गहन छलफल भएको जानकारी दिनुभयो । 

यस्तै, बैठकमा सार्क क्षेत्रमा हालसम्म भएका प्रगति तथा अन्य विषयमा समेत बहुपक्षीय विचार–विमर्श तथा समस्या समाधानको विषयमा विचार आदानप्रदान भएको उहाँले बताउनुभयो । 

साथै, आगामी सार्क सम्मेलनको तयारीका बारेमा सार्कका महासचिव अर्जुनबहादुर थापाले हालसम्मका प्रगति र सार्क सम्मेलनमा उठाउने विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो । 

सार्कमार्फत यो क्षेत्रभित्रका जनताको उन्नति र प्रगतिलाई कसरी अगाडि बढाउन सकिन्छ र व्यापार, सेवा, सडक, रेल, विद्युत्प्रसारण सञ्जाल तथा सम्पर्क सञ्जाल विस्तार गर्ने विषयलाई प्रमुख प्रथमिकतामा राखिएको उहाँको कथन थियो । 

बैठकपछि रासससँग कुरा गर्दै सार्कका महासचिव थापाले सार्कको मञ्चमार्फत आपसी हित र चासोलाई सम्बोधन गर्दै जाने विषयमा महत्वपूर्ण छलफल भएको बताउनुभयो । 

बैठकमा पाकिस्तानका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले सार्कको आगामी शिखर सम्मेलनको बारेमा भएको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य