2026-08-20 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश

फागुन २९, काठमाडौँ | ‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो। 

यस वर्ष दुई नेपाली फिल्म ‘कबड्डी ४’ र ‘महापुरुष’सहित ‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ले १० करोडभन्दा बढी कमाइसकेका छन् । प्रदर्शनको १० दिनसम्म हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’ले आक्रामक कमाइ गरेको हो । आइतबारसँगै अकुपेन्सीमा ड्रप भएपनि तेस्रो सप्ताहन्तमा फिल्मको कमाइमा अझै वृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ ।

दोस्रो शनिबार मात्रै फिल्मले डेढ करोडभन्दा बढी कमाइ गरेको थियो । वितरक मनोज राठीले फिल्मको कमाइ उत्साहजनक भएको बताउँदै आगामी सातापनि व्यापारमा वृद्धि हुने आँकलन गरे । अमेरिका र अष्ट्रेलियामा पनि आक्रामक ढंगले फिल्म चलिरहेको देखिन्छ । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाहको शीर्ष भूमिका रहेको फिल्म राजनीतिक कथावस्तुमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध