2026-08-20 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

समावेशी म्युजिक अवार्डबाट गीतकार प्रकाश सुवेदीसहित ४२ जना पुरस्कृत

फागुन ३०, काठमाडौँ | यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । 

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ बोलको गीतका लागि आधुनिक गायिका बेनिशा पौडेल र ‘धर्ती आकाश’ बोलको गीतमा सङ्गीत दिनुभएका अर्जुन पोखरेललाई पुरस्कृत गरिएको छ ।

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न सो समारोहमा  सञ्चारकर्मी बिदुर गिरीलाई यस वर्षको ‘ पिम नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । यस्तै अछामको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ, गायिका केन्जुमा सुब्बा, सङ्गीतकार शङ्कर थापा, पत्रकार राज लुइँटेल, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, सञ्चारकर्मी दिनेश थापा, मूर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दङ्गाल, अभिनेता दिनेश केसीलगायतलाई सम्मानित गरिएको थियो । 

गीतकार तथा पत्रकार शान्तिप्रियको सभापतित्व, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वउपसभामुख चित्रलेखा यादव, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंहसहित गीत–सङ्गीत, कलाकारिता र पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता थियो । समारोहमा वरिष्ठ गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गरिएको थियो ।  

‘नेपाली हुनुमा गर्व गरौँ, कला र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ छ वर्षदेखि सञ्चालित सो कार्यक्रमको उद्देश्य प्रतिस्पर्धाभन्दा पनि नेपालमा विभिन्न भाषाभाषी, कला र संस्कृतिलाई प्रोत्साहन गर्दै एकापसमा भाइचारा तथा एकताको भावना जागृत गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष माधव खरेलले जानकारी दिनुभयो । 

अवार्ड समारोहमा मोडल सनम कठायत, पत्रकार चक्र कुँवर, गायिका कालिका रोका, छायाँकार कृष्णबहादुर थापा, निर्देशक निरेन श्रेष्ठ, गायक ओम सुनार, सङ्गीतकार राजु शर्मा नेपाली, गायिका रोशनी रसाइली, निर्देशक उमेश गुरुङ, सङ्गीतकार योगेन्द्र उपाध्याय, कल्याण अधिकारी, जुगल डङ्गोल, गीतकार भरत बम्जन, सञ्चारकर्मी तथा निर्देशक विजयरत्न तुलाधर, गीतकार तथा सङ्गीतकार कस्तुप पन्त, भिडियो सम्पादक वीरेन्द्र भाटलगायत विभिन्न विधामा ख्यातिप्राप्त व्यक्तित्व निर्णायकको भूमिकामा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध