Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दलित-गैह्रदलित विच विधिवत विवाह सम्पन्न (फोटो फिचर)

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/कात्तिक ८, गुल्मी ।  समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती, जातिय विभेद निको पार्ने ओखती ।

उसले प्राय जातिय विभेदको अनुभुत गर्न परेन जो छ समाजमा करोडपति । अनि जसले चम्काएको छ समाजमा सभ्यता र शिक्षाको ज्योति । यहि बुझ्न सकिन्थ्यो कि केहि दिन अघि गुल्मीका दलित युवा र पाल्पाकी श्रेष्ठ परिवारकी चेली विच भएको विवाह मण्डवको दृश्य देख्दा ।

सदरमुकाम तम्घासबाट चिल्लो कारमा चढेका दलित परिवारका वेहुला र  वसभरी चढेका उनका सुकिला मुकिला जन्तीलाई स्वागत गर्न आतुर थिए पाल्पाको अर्गेलीका श्रेष्ठ परिवारहरु । अर्गेली अर्थात पारी रिडी घर भएका श्रेष्ठ परिवारकी छोरी सिर्जनाले रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका धु्रव सुनार संग भागि विवाह गरेकी थिईन् ।

तर सुरुमा उनिहरु भागे पनि कतिपय अन्य परिवारको जस्तै सधैका लागि भाग्न र वहिस्कृत हुन परेन् । उनिहरुलाई श्रेष्ठ परिवारले सहर्ष स्वीकार ग¥यो र विधिवत विवाहको प्रस्ताव राख्यो । नभन्दै उनिहरुले यस जिल्लामै नमुना अन्तरजातिय विवाह गरेर देखाइदिए । श्रेष्ठ परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन ।आफन्तजनबाट पानी बाराबारको तृच्छ बचन सुन्न परेन ।सबै एक मत थिए ।

यताबाट गएका पुरै दलित समुदायका जन्तीहरुलाई  पर्छिनका लागि श्रेष्ठ परिवार स्वागत गर्न रिडीको पुल सम्म आई  पुगेका थिए । श्रेष्ठ परिवारको घरै अगाडी आई पुग्दा सिर्जनाका दाजु र भाउजु, दिदी वहिनीहरु जन्ती पर्छिन आई पुगे ।

जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डमा लगेर उभ्याउँदै उनिहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरियो । श्रेष्ठ परिवारका सवै सदस्य र उनिहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर उच्च स्वागत सत्कारका साथ जन्ती  बटाए ।

सम्देलो गर्न सिर्जनाकी आमा सुरुमा आईन् । सम्दीना अम्वीका सुनारलाई बाँजोडेर चिनो साटा साट गरिन् । उनका श्रीमानको मृत्यु भइसकेकाले सम्दी टोपबहादुर सुनारलाई पनि उनि र उनका जेठा छोराले औठी लगाई दिएर सम्देलो गरे । त्यो दृश्य नियाल्न पारी पट्टी निकै मानिसहरुको घुईचो थियो ।

अव उच निच जातपात हरायो भनेर भन्नेहरुको पनि गाईगँई थियो । अहिले कतिपय दलित परिवारका विवाह भोज भतेरहरु दुई वटा बनाएर आफैले विभेदलाई संस्थागत गर्न खोजिरहेका वेला त्यस श्रेष्ठ परिवारले भने सामुहिक भतेरको व्यवस्था मिलाएका थियो ।

जिल्लामा सम्भवत यस्तो विवाह पहिलो पटक भएको होला भनेर जन्ती र यस जिल्लाका दलित अधिकारकर्मीहरुले बताए । वेहुलाका भेनाको हैसियतबाट जन्ती गएका नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिकले त्यस विवाहलाई अहिले सम्मकै उदाहरणीय विवाहको सज्ञा दिए । रिडी नै घर भएका त्यस विवाहमा शरिक नेकपा एमालेका  अगुवा कार्यकर्ता रामलाल बिकले यस्ता विवाहरु हुँदै जान थाले जातिय विभेद स्वतः हट्ने प्रतिकृया दिए ।

सुनार परिावार तम्घासका पुर्खेयौली देखि खानदानी परिवार मानिन्छन् । उनिहरु सदरमुकाम तम्घासका पुराना सुन चाँदी व्यवसी पनि हुन् । सिर्जनाका माईतजन पनि प्रतिष्ठीत परिवारका हुन् । यि दुई सम्पन्न परिवार विच भएको विधिवत अन्तरजातिय विवाहलाई अव सवैले सहजरुपमा लिएर बढवा दिन जरुरी देखिन्छ ।