प्रेम सुनार/कात्तिक २८, गुल्मी । गुल्मीको दर्लिङ्गमा कार्तिक २५ गते देखि विविध कार्यक्रमका साथ सञ्चालन भएको एकादशी मेलाको समापन गरिएको छ ।  ‘भाषा–कला स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक २८, गुल्मी । गुल्मीको दर्लिङ्गमा कार्तिक २५ गते देखि विविध कार्यक्रमका साथ सञ्चालन भएको एकादशी मेलाको समापन गरिएको छ ।  ‘भाषा–कला स"/>

2026-09-01 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दर्लिङ्गको एकादशी मेला समापन (फोटोफिचर)


प्रेम सुनार/कात्तिक २८, गुल्मी । गुल्मीको दर्लिङ्गमा कार्तिक २५ गते देखि विविध कार्यक्रमका साथ सञ्चालन भएको एकादशी मेलाको समापन गरिएको छ ।  ‘भाषा–कला सांस्कृतीको संरक्षण र सम्मान, समस्त दर्लिङ्गवासीको पहिचान’  भन्ने मुल नाराका साथ त्यहाँस्थित तुल्सी स्मृति युवा क्लवले आयोजना गरेको ऐतिहाँसक सांस्कृतिक एकादशी मेला २०७३ अन्तिम दिन भव्य सांस्कृतिक कार्यक्रम र महिला भलिवल खेला प्रतियोगिता गरी समापन गरिएको थियो । 

पुरुष भलिवल खेलका अलवा परम्परागत भैलो नाच गरी हजारौं दर्शकहरुका विच मनाईएको मेलाको समापन कार्यक्रममा दर्लिङ्गका गाविस सचिव गोपालबहादुर सेनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति भरत केसी, नेकपा एमालेका प्रतिनिधी पोमबहादुर बुढा, नेकपा माओवादी केन्द्रका अध्यक्ष भुपाल सिंह खत्री , नेकपा माओवादी विप्लव समुहका तनबहादुर विक र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनारको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै नेटा दर्लिङ्ग उच्च माविका प्राचार्य तेजबहादुर सोनार, दर्लिङ्ग स्वास्थ्य चौकी ईञ्चार्ज ओमबहादुर भण्डारी, रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमान पाण्डे, स्थानिय समाज सेवी नेत्रबहादुर श्रीस, क्लवका सल्लाहकारहरु चित्रबहादु  श्रीस्, यमलाल अर्याल, धनिश्वर अर्याल, दलबहादुर परियार, नरमती श्रीस्, शशी पुरी दर्लिङ्गका अन्तिम मुखिय एव समाज सेवी प्रेम पुन लगायको आतिथ्यता रहेको थियो । 

१६ वटा खुल्ला भलिवल प्रतियोगिता रहेकोमा आयोजक टिम तुल्सी युवा क्लव प्रथम भएको छ । त्यस्तै पञ्चासु् युवा क्लव राजकुत वाग्लुङ्ग दृतिय भएको छ । विजेतालाई क्रमशः ३० हजार २० नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

त्यस्तै खुल्ला दउँसी भैलो प्रतियोगितामा सहभागि नेटा, दर्लिङ्ग, छापाहिले र अर्खवाङ्गबाट आएका टिमहरुलाई वरावर ६ हजार नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो ।  ति गाविस भित्रको भैलो र सोरेठीको वेग्लै रौनक वाहिरबाट जानेहरुले देख्न पाएका थिए ।

त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगिताको प्रथम पुरस्कार भने छिमेकी जिल्ला वाग्लुङ्गका युवतीहरुले हाता पारेका छन् । जलजला खेलकुद विकास समिति वाग्लुङ्गका युवतीहरुले १० हजार नगद पुरस्कार हाता पारेका हुन् । दोश्रो पुरस्कार ६ हजार घरेलु टिम तुल्सी स्मृति युवा क्लव दर्लिङ्गले  पाएको छ । 

तिन दिने मेलाका क्रममा पञ्जेमा नाच गान समेत गरिएको थियो । त्यस्तै शिवशंकर आमा सामुहले भजन तथा स्थानिय कलाकारहरुबाट  स्थानिय लोकभाका गाउने र नाच्न् समेत गरिएको थियो । दशौं हजारको सहभागिता रहेको कार्यक्रम स्थाल नेटा दर्लिङ्ग उच्च मावि वरीपरी भरीभराउ रहेको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारणका लागि रेसुङ्गा टेलिभिजनको टोली पुगेको थियो । 

तुल्सी युवा क्लव दर्लिङ्गका अध्यक्ष दिपेन्द्र घर्तिको अध्यक्षता रहेको कार्यक्रमका सञ्चालन  सचिव तेजेन्द्र घर्ति   र शिक्षक यमलाल अर्यालले सञ्चालन गरेका गिए । तस्वीरमा त्यस मेलाको रौनक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली