प्रेम सुनार/कात्तिक २८, गुल्मी । गुल्मीको दर्लिङ्गमा कार्तिक २५ गते देखि विविध कार्यक्रमका साथ सञ्चालन भएको एकादशी मेलाको समापन गरिएको छ ।  ‘भाषा–कला स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक २८, गुल्मी । गुल्मीको दर्लिङ्गमा कार्तिक २५ गते देखि विविध कार्यक्रमका साथ सञ्चालन भएको एकादशी मेलाको समापन गरिएको छ ।  ‘भाषा–कला स"/>

2026-10-28 03:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दर्लिङ्गको एकादशी मेला समापन (फोटोफिचर)


प्रेम सुनार/कात्तिक २८, गुल्मी । गुल्मीको दर्लिङ्गमा कार्तिक २५ गते देखि विविध कार्यक्रमका साथ सञ्चालन भएको एकादशी मेलाको समापन गरिएको छ ।  ‘भाषा–कला सांस्कृतीको संरक्षण र सम्मान, समस्त दर्लिङ्गवासीको पहिचान’  भन्ने मुल नाराका साथ त्यहाँस्थित तुल्सी स्मृति युवा क्लवले आयोजना गरेको ऐतिहाँसक सांस्कृतिक एकादशी मेला २०७३ अन्तिम दिन भव्य सांस्कृतिक कार्यक्रम र महिला भलिवल खेला प्रतियोगिता गरी समापन गरिएको थियो । 

पुरुष भलिवल खेलका अलवा परम्परागत भैलो नाच गरी हजारौं दर्शकहरुका विच मनाईएको मेलाको समापन कार्यक्रममा दर्लिङ्गका गाविस सचिव गोपालबहादुर सेनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति भरत केसी, नेकपा एमालेका प्रतिनिधी पोमबहादुर बुढा, नेकपा माओवादी केन्द्रका अध्यक्ष भुपाल सिंह खत्री , नेकपा माओवादी विप्लव समुहका तनबहादुर विक र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनारको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै नेटा दर्लिङ्ग उच्च माविका प्राचार्य तेजबहादुर सोनार, दर्लिङ्ग स्वास्थ्य चौकी ईञ्चार्ज ओमबहादुर भण्डारी, रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमान पाण्डे, स्थानिय समाज सेवी नेत्रबहादुर श्रीस, क्लवका सल्लाहकारहरु चित्रबहादु  श्रीस्, यमलाल अर्याल, धनिश्वर अर्याल, दलबहादुर परियार, नरमती श्रीस्, शशी पुरी दर्लिङ्गका अन्तिम मुखिय एव समाज सेवी प्रेम पुन लगायको आतिथ्यता रहेको थियो । 

१६ वटा खुल्ला भलिवल प्रतियोगिता रहेकोमा आयोजक टिम तुल्सी युवा क्लव प्रथम भएको छ । त्यस्तै पञ्चासु् युवा क्लव राजकुत वाग्लुङ्ग दृतिय भएको छ । विजेतालाई क्रमशः ३० हजार २० नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

त्यस्तै खुल्ला दउँसी भैलो प्रतियोगितामा सहभागि नेटा, दर्लिङ्ग, छापाहिले र अर्खवाङ्गबाट आएका टिमहरुलाई वरावर ६ हजार नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो ।  ति गाविस भित्रको भैलो र सोरेठीको वेग्लै रौनक वाहिरबाट जानेहरुले देख्न पाएका थिए ।

त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगिताको प्रथम पुरस्कार भने छिमेकी जिल्ला वाग्लुङ्गका युवतीहरुले हाता पारेका छन् । जलजला खेलकुद विकास समिति वाग्लुङ्गका युवतीहरुले १० हजार नगद पुरस्कार हाता पारेका हुन् । दोश्रो पुरस्कार ६ हजार घरेलु टिम तुल्सी स्मृति युवा क्लव दर्लिङ्गले  पाएको छ । 

तिन दिने मेलाका क्रममा पञ्जेमा नाच गान समेत गरिएको थियो । त्यस्तै शिवशंकर आमा सामुहले भजन तथा स्थानिय कलाकारहरुबाट  स्थानिय लोकभाका गाउने र नाच्न् समेत गरिएको थियो । दशौं हजारको सहभागिता रहेको कार्यक्रम स्थाल नेटा दर्लिङ्ग उच्च मावि वरीपरी भरीभराउ रहेको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारणका लागि रेसुङ्गा टेलिभिजनको टोली पुगेको थियो । 

तुल्सी युवा क्लव दर्लिङ्गका अध्यक्ष दिपेन्द्र घर्तिको अध्यक्षता रहेको कार्यक्रमका सञ्चालन  सचिव तेजेन्द्र घर्ति   र शिक्षक यमलाल अर्यालले सञ्चालन गरेका गिए । तस्वीरमा त्यस मेलाको रौनक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला