माग बढेसंगै मुल्य पनि बढ्यो

नरी बडु, मंसिर १३ बैतडी । 

मह उत्पादनमा ख्याति प्राप्त बैतडी जिल्लामा यसपाली उत्पादन घटेपछि ब्राण्डेड महको मूल्य गाउमै किलोको ८ सय रुपैंया पुगेको छ ।

विगतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माग बढेसंगै मुल्य पनि बढ्यो

नरी बडु, मंसिर १३ बैतडी । 

मह उत्पादनमा ख्याति प्राप्त बैतडी जिल्लामा यसपाली उत्पादन घटेपछि ब्राण्डेड महको मूल्य गाउमै किलोको ८ सय रुपैंया पुगेको छ ।

विगतम"/>

2026-06-20 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीको ब्राण्डेड मह किलोको आठ सय

2016-11-28

माग बढेसंगै मुल्य पनि बढ्यो

नरी बडु, मंसिर १३ बैतडी । 


मह उत्पादनमा ख्याति प्राप्त बैतडी जिल्लामा यसपाली उत्पादन घटेपछि ब्राण्डेड महको मूल्य गाउमै किलोको ८ सय रुपैंया पुगेको छ ।

विगतमा टीन र डिब्बामा खन्याएर बेचिने बैतडीको मह यसपाली किसानहरु समुहमा आवद्ध भएर उत्पादन गर्न थालेपछि प्याकिन, म्याद निर्धारण र गुणस्तरको बारेमा जानकारी सहितको “बैतडीको मह” ब्राण्डको नाम दिएर प्रतिकिलो आठ सयका दरले बेचिदैछ ।


“यहिले जिल्लामै प्याकिङ लगायत सबै काम गरेर मह निकासि गरीरहेका छौँ” लघु उद्यमी संघ बैतडीका अध्यक्ष तथा माहुरीपालक किशासन इन्द्रदेव सरण भट्टले भने ।

महको माग ह्वात्तै बढेको र तुलनात्मक रुपमा उत्पादन नबढेकाले मुल्या एक्कासि आकासिएको भट्टको भनाई छ । आफुहरु अबका दिनमा उत्पादन बढाएर मुल्य घटाउने प्रयासमा रहेको उहाँको भनाई छ ।

माहुरीपालन बढेपनि उत्पादन कम हुदा बर्षेनी मूल्य बढ्दै गएको हो । गतबर्ष प्रतिकिलो ६ सयमा बिक्रि भएको थियो । उत्पादन घटेकाले बजारमा मह आउन सकेको छैन ।

८ सय किलोका दरले किन्न गाँउमै ग्राहक आउने गरेको कृषकहरुको भनाई छ ।
बैतडीको श्रीकेदार, श्रीकोट, सित्तड, थलाकाडा, सिगास, शिवलिंग, दुर्गाभवानी, दशरथचन्द नगरपालिका लगायतका क्षेत्रमा माहुरी पालन हुदै आएको छ ।
जिल्लाभर एक हजार ५ सय भन्दा बढी माहुरी पालक किशानहरु रहेको लघु उद्यमी समूह संघको तथ्यांक छ । ती मध्ये छ सय जना कृषक उद्यमी समूहमा आवद्ध छन् ।

धेरैजसो कृषकले ५ देखि १० घारसम्म माहुरी पालेका छन् । सबैलाई समूह र सहकारी मार्फत आवद्ध गराउन सके कृषक र ग्राहक दुवैलाई फाईदा हुने संघको धारणा छ । ‘आशा गरे अनुसार उत्पादन नहुदा महको मूल्य बढेको हो, माग बढी भएकाले मूल्य ७ सय राख्न खोजेपनि सकिएको छैन ।’

अध्यक्ष ईन्द्रदेव भट्टले भने, ‘छरिएर रहेका समूह र सहकारीबाट संकलन गरी बिक्रि गर्न सके कृषक र उपभोक्ता दुवैलाई फाईदा हुनेछ ।’
यहाँको मह भारतको उत्तराखण्डका साथै नेपालको तराई र काठमाण्डौंसम्म जाने गरेको छ ।

केही ठाउमा गोलो बनाएर भाग्ने, घार भित्रै मर्ने, कमिला लाग्ने लगायतका समस्या आएको कृषकहरु भनाई छ । यो वर्ष ५० प्रतिशत उत्पादन घटेको कृषकहरुको अनुमान छ । बैतडीमा ९० टन सम्म मह उत्पादन हुन्छ ।


यहाँको मह पुर्ण आर्गानिक हुने भएकाले माग बढेको हो । “उपभाक्ताहरुले फिल्टर गरेको मह भन्दा चाका सहितको मह किन्न रुचाउने गर्दछन तर चाकाको महमा उपभोक्ताहरुलाई घाटा हुन्छ” जिल्लाको दशरथचन्द नगरपालिका ४ पल्लाचौँडालीका माहुरीपालक किसान बासुदेव भट्टले भने ।


उपभोक्ताले किसानप्रतिको अविश्वासले चाका सहितको मह किनेपनि उक्त महमा रहेको चाका खान योग्य नहुने भएकाले उपभोक्तालाई घाटा हुने गरेको उहाँको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ