ठेक्का स्यूकृत गर्न दलको सिफारिस

नरी बडु, बैतडी १५ मंसिर  ।
जिल्ला विकास समिती बैतडी अन्तरगत संचालित सडक निर्माण आयोजनाको बजेट ठूला राजनीतिक दल र नेतालाई भागबण्डामा बाडफाँड गरेको छ ।

जिविसले बिकेन्द्रीकृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ठेक्का स्यूकृत गर्न दलको सिफारिस

नरी बडु, बैतडी १५ मंसिर  ।
जिल्ला विकास समिती बैतडी अन्तरगत संचालित सडक निर्माण आयोजनाको बजेट ठूला राजनीतिक दल र नेतालाई भागबण्डामा बाडफाँड गरेको छ ।

जिविसले बिकेन्द्रीकृत"/>

2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सडक निर्माणको बजेटमा दलीय भागबण्डा

ठेक्का स्यूकृत गर्न दलको सिफारिस

नरी बडु, मंसिर १५ बैतडी   ।
जिल्ला विकास समिती बैतडी अन्तरगत संचालित सडक निर्माण आयोजनाको बजेट ठूला राजनीतिक दल र नेतालाई भागबण्डामा बाडफाँड गरेको छ ।

जिविसले बिकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) बाट डेढ करोड बराबरको खरीद र निर्माणको काम कोटेसन मार्फत दलीय भागबण्डा गरेको हो ।

सडक निर्माण आयोजनाबाट निर्माणाधीन श्रीभावर हाट सडकमा प्रयोग हुने ग्याबिन खरीद, औजार खरीद र कल्भर्ट निर्माणको काम कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा नेपाललाई भागबण्डा गरेको हो ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपालका नेताले आफु निकटका सप्लायर्सलाई ठेक्का दिएका छन् । आन्तरिक विवादले कांग्रेसको भागमा परेको कोटेसन वितरण हुन सकेको छैन । 

आयोजना सकिनै लाग्दा राजनीतिक दलको सिफारिसमा कोटेसनमार्फत करोडौं बढीको खरीद भएको भन्दै ब्यवसायी आक्रास व्यक्त गरेका छन् । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ०६२ सालदेखि सुरु भएको आयोजना आउदो डिसेम्बर ०१६ मा सकिदैछ ।  

नेकपा एमाले र तत्कालीन राप्रपा नेपाल को सिफारिसमा मालिका सप्लायर्सलाई ९९ लाख ८२ हजार ४ सय ७० रुपैंयाको ग्याबिन खरीदको जिम्मा दिएको छ । १ करोड भन्दा माथि ठेक्का हुने भएपछि रकम ९९ लाखमा झारेको स्थानीय व्यवसायिहरुको आरोप छ ।

माओवादी केन्द्रको सिफारिसमा ममता सप्लायर्सलाई ९ लाख ९ हजार ४ सय १ रुपैंयाको औजार खरीदको कोटेसन दिईएको छ । नेपाली कांग्रेसमा आन्तरिक विवादका कारण फर्म छनौटमा ढीलाई हुदा उक्त कुरा सार्वजनिक भएको हो । ४२ लाख ९ हजारको लागतमा जिल्लाको कोटिला खोलामा कल्भर्ट बनाउने काम कांग्रेसको  भागमा परेको थियो । कांग्रेसमा दुई समूहले आफु निकटकालाई दिनुपर्ने दबाव दिईरहेको जिविस स्रोले बतायो । 

नेपाल सरकारको २० दशमलव १० प्रतिशत लगानी, एसियाली विकास बैङ्कको २५ दशमलव ७ प्रतिशत र द आपेक फण्ड फर ईन्टरनेसनल डेभलपमेन्ट (ओफेड) को ५५ दशमलव २ प्रतिशत ऋण सहयोगमा आयोजना संचालित छ ।

उक्त आयोजनाबाट अघिल्लो बर्षसम्म १३ किलोमिटर सलेना–मेलौली सडक निर्माण गरिएको थियो । ०६२ मै सुरु गरिएको श्रीभावर हाट सडकको २४ किलोमिटर सडक निर्माणको सम्झौता भएको थियो । आयोजना स्थलमा ५ बर्षअघि खरीद गरेको ग्याबिन जाली फालेको अवस्थामा हुदाहुदै बजेट सक्न मात्रै खरीद गरेको बिगबि एण्ड कम्पनीका संचालक निर्माण ब्यवसायी विकास चन्दले बताए ।

सार्वजनिक सूचना नगरी दलको सिफारिसमा ठेक्का दिएको ठेकेदारहरुको आरोप छ । सडक निर्माणको अन्य काम उपभोक्तामार्फत हुदै आएको छ । प्रावधान अनुसार गाविस सचिवको अध्यक्षतामा गाउ स्तरीय दलका कार्यकर्ता, प्रभावित उपभोक्त, स्थानीय संस्था सम्मिलित गाउ स्तरीय सडक निर्माण समिति गठन गरी कामदारहरुको समूह बनाएर निर्माण गर्नुपर्ने हुन्छ ।

जिविस स्रोतका अनुसार स्थानीय विकास अधिकारी खेमराज बिष्टले दलका प्रतिनिधिहरुसित छलफल गरी खरीदको जिम्मा दिन सल्लाह गर्दै आएका थिए । पार्टीको जिल्ला नेतृत्वमा छलफल नभएर नेताहरुले आफु निकटकालाई दिएपछि विवाद चर्केको हो ।  

समय कम भएको बाहनामा कार्यक्रमको म्याद सकिनै लाग्दा ठूलो परिमाणमा खरीद गरी अनियमितता गरेको ब्यवसायीहरुको गुनासो छ ।  

क्याप्सन : बैतडीको पाटन–पञ्चेश्वर सडक मर्मत हुदै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई