Skip to content
Friday, July 17, 2026 Nepali Online Media

३९ घरधुरी दलितमा एक जना पनि एसएलसी गर्ने छैनन्

By kit 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/माघ ५, गुल्मी । गुल्मीको जुनियाँ गाविसको एक वडामा रहेका ३९ घरधुरी दलित परिवारमा एसएली पास गर्ने एक जना पनि  छैनन् ।

जुनियाँ गाविस वडा नम्वर–८ चिदीपानी सालघारीका  पुरै बिश्वकर्मा जातीका  दलित समुदायमा अहिले सम्म एसएलसी पास गरेका एक जना पनि नभएको स्थानिय दलित अगुवा नरबहादुर बिश्वकर्माले जानकारी दिए ।

पास भएको खण्डमा त्यस गाउँबाट एसएलसी पास गर्ने एउटी किशोरीले आगमी वर्ष ईतिहाँस रच्न सक्ने भएकी छिन् । त्यस समुदायमा सवै भन्दा बढि पढेकी  १७ वर्षिया निशा बिकले कक्षा १० मा पढ्दै छिन्  र आगमी वर्ष एसएलसी दिदै छिन् ।

जसका पिता बिरबहादुर बिक मलेशियामा गत ७  वर्ष देखि वेखवर छन् । श्रीमान वेखवर भए पनि उनकी आमा गीता बिकले निमेक मजदुर गरेर छोरी निशा र छोरा विवेकलाई पढाउँदै आएकी छिन् ।

एसएसली सम्म  त पढाउन सक्छु त्यस पछि भने मेरो केहि सिप लाग्दैन निशाकी आमाले भनिन् निमेक मजदुरी कै भरमा पढाएकी छु । स्थानिय तेजबहादुर बिश्वकर्माकी छोरी टिका बिश्वकर्माले ३ वर्ष अघि एसएलसीको परिक्षा दिएकी थिईन तर उनि फेल भईन र पढ्नै छाडिन् । उनि संगै मनकला बिक पनि फेल भईन् । चिदीपानी माध्यामिक  विद्यालय उनिहरुको घरै नजिकै छ ।

विद्यालय नजिकै भए पनि त्यो समुदायका वालवालिकालाई विद्यालय जाने वानी नवसेर यस्तो भएको जुनतारा आमा समुहकी अध्यक्ष सुमा बिकले बताईन् । करिव ३ सय जना रहेको छ त्यस गाउँका दलित समुदायको सख्या  ।

ति मध्ये ५ वर्ष देखि माथी १८ वर्ष सम्मका करिव ९० जना रहको ७२ जना चिदीपानी माध्यामिक विद्यालयमा र करिव १० जना बोर्डिङ्ग स्कुलमा पढ्ने गरेको उक्त माध्यामिक विद्यालयका प्रधानध्यापक हरिबहादुर खत्रीले बताए । घर दैलो गरेर उनिहरुलाई भर्ना गरिए पनि पछि विद्यालय नआउने उनको भनाई रहेको छ

गरिवी अर्को कारण

३९ घरधुरीमा कुनै एक परिवार  ३ महिना  भन्दा बढि खान पुग्ने जमिन नभएकाहरु छन् । बाबु आमा विहानै उठेर अरुकोमा काममा जाने छोरा छोरी स्कुल पठाउने तर्फ वास्तै नभएका कारण यस्तो हुन गएको समुहकी सचिव जुना बिकले बताईन् ।

जुनिया कै वडा नम्वर ८ चिदीपानी गैराका नेपाली थरका ८ घरधुरी दलितहरु भने २ वटी युवती रहेका छन्  । मिनबहादुर नेपालीकी छोरी रिजन  र रेजिना रुद्रवती क्याम्पस चोरकाटेमा कक्षा ११ मा पढ्दै छन् ।

वडा नम्वर ९ को जाईदेउका दुई घरधुरी मध्ये क्षेत्रबहादुर परियारकी छोरी लालु परियारले स्नातक गरेकी छिन्् । उनकी अर्की छोरी लिलाले यसपाली एसएलसी दिदै छन्  ।  जुनियामा सवै गरेर करिव ९० घरधुरी दलित परिवार छन् ।  तर एसएलसी उतिर्ण गर्ने ६÷७ जना पनि रहेका छैनन् । विशेष गरी छोरीहरुको १४ ÷ १५ वर्षको उमेरमा विवाह गराई दिने चलन रहेकोले पनि उनिहरुले यसएलसी पास गर्न नसकेको त्यहाँका अगुवाहरु बताउ छन् ।

छोरी मात्र होईन एसएलसी पास गरेका बुहारी समेत नआउँदा कहिले काँही संघ संस्थामा जागिर गराउने अवसर पाउँदा पनि मान्छे दिन नसिकएको त्यस गाविसका दलित प्रतिनिधी नरबहादुर बिक बताउ छन् ।

‘दश सन्तान ईश्वका वरदान ’

त्यस गाउँका  ६२ वर्षिय शशीधर सुनारले आफ्ना १० सन्तानलाई ईस्वरकै वरदान ठान्छन् । उनकी श्रीमति ५५ वर्षिया सेती बिकले ६ वटी छोरी र ४ छोरा जन्माईन् । उनिहरु  सवै हुर्के बढेका छन् ।

‘दशै तिहारमा बिकको घरमा २५ जना त नाती नातिना मात्रै निम्तो मान्न आउने हुँदा घर भित्र खुट्टा राख्ने ठाउँ हुन्न र  दलानमा खाना पाक्छ आँगनमा राखेर खुवाईन्छ ’– उनका छोरा पुरन सुनारले भने–‘ चाड  पर्वमा एउटा विवाहका जन्ती कै सख्या हुन्छ ।’

उनका ६वटी छोरी मध्ये कान्छी सिताले कक्षा  ८ पास गर्न पनि सकिनन् । विवाह गराई दिए पछि उनले स्कुल छाडिन् । उनकी अर्की छोरी सुमा बिकले पनि कक्षा ७  मात्रै पढेर विवाह पश्चात छाडिन् ।  अन्य ८ सन्तानहरुले कक्षा ५ भन्दा बढि पढ्न सकेनन् । सोही गाउँका ५८ वर्षिय विष्णु बिश्वकर्माले १४ जना सन्तान जन्माए । ७ को मृत्यु भयो कुपोषणका कारण । ७ जिवित मध्ये ७ वर्षिय कान्छा छोरा कुपोषणकै कारण सुस्तमनस्थितीका हुँदै गएका छन । लडेर हात भाँचेका उनले आर्थिक अभावका कारण उचित उपचार पाउन सकेका छैनन् ।   ३९ घरधुरीमा प्राय धेरैको सन्तानको सख्या   ७ भन्दा बढि नै रहेको छ ।

अझै पनि होटलमा चियाको गिलास माझ्दै

गरिवीले त्यहाँका दलितहरुलाई ठाडो शिर गराउन दिएको छैन् ।  जो जसकोमा निमेक मजदुरी गर्न जान्छन उनिहरु खाएको भाँडा माझ्न बाध्य छन् ।  यहाँ सम्म कि होटलहरुमा खाएको चियाको गिलास उनिहरुले माझ्छन् र माझ्न बाध्य पारिन्छ ।

भर्खर युवा पवन सुनारले  सुनको पसल राखे । नजिकैको होटलमा भाँडा माझ्न बाध्य हुनु पर्ने भएकोले तिन चार दिन सम्म आफै चाउचाउ पकाएर खाए तर त्यो होटलमा खान  जान लाज लागेको स्मरण सुनाए ।

तस्वीरः  जुनियाँ गाउँमा सवै भन्दा बढि पढ्दै गरेकी निशा बिक यति सम्म त पढे । वुवा हुनुहुन्न अव आमाले यो भन्दा बढि पढाउन मुस्कील छ भन्दै रुदै ।