Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जिल्ला स्तरिय कुखुरा पालन तालिम विजुवारमा सम्पन्न

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, प्युठान । जिल्ला पशुसेवा कार्यालय प्युठानको आयोजनामा ३ दिने कुखुरा पालन तालिम विजुवारमा  आज सम्पन्न भएको छ ।

अण्डामा आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा १० वटा समुह गठन गरि तालिम सञ्चालन गरिएको थियो ।  जिल्लाका वाङ्गेशाल, मरन्ठाना, दाखाक्वाडी, भिग्री र विजुवारका गरि २० जनालाई तालिम दिईएको छ ।

माघ ११ गते देखि विजुवारमा सञ्चालन रहेको तालिममा कुखुरा पालनको अवधि, कुखुरापालन सम्बन्धी विभिन्न विषयबस्तुहरु जस्तै खोर व्यावस्थापन, दाना व्यावस्थापन, स्वास्थ्य व्यावस्थापन, जैविक सुरक्षा लगाएत वजारीकरण सम्बन्धि विषयमा सहजीकरण गरिएको जिल्ला पशु सेवा कार्यालय प्युठानका सुचना अधिकृत खिमानन्द खनालले जानकारी दिनुभयो ।

जिल्ला पशुसेवा कार्यालय प्युठानका प्रमुख डा.सरण कुमार पाण्डे लगाएत अन्य  प्राविधिक हरुले सहजीकरण गर्नुभएको तालिमको उद्धेश्य कुखुरा पालन गरिरहेका वा कुखुरा पालन गर्ने नया व्यवसायी  कृषकहरुलाई कुखुरा पालन सम्बन्धि आधारभुत ज्ञान दिने रहेको जिल्ला पशु विकास कार्यालय प्युठानका सुचना अधिकृत खनालले जानकारी दिनुभएको छ । सागर शर्माको सहयोगमा