Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

७८ वर्षको उमेरमा बाजै बजाएर विवाह, छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथी

By kit 19 मिनेट पढाइ

पढ्न करिब 7 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/माघ १७, गुल्मी ।  एउटा हातमा लौरो साहरा  अर्को हातमा श्रीमति, गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा  छोरा र नाती जन्ती , सिडियो प्रमुख अतिथी ।

यसअघि अर्वेनी ५ का  लालबहादुर सुनारले स्थानिय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सविात्रा न्यौपाने संग प्रेम सम्वन्ध राखेको आरोपमा  गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खवर स्थानिय र राष्ट्रिय सञ्चार माध्यममा आई सकेको छ ।

उनै लालबहादुर  र सावित्राले त्यो उमेरमा पुनरविवाह गरेका हुन् ।  जुन स्थानमा अभद्र व्यहबहार गर्दै गाउँ निकला गरिएको थियो त्यसै स्थानबाट बाजा बजाउँदै उनिहरुलाई नव दम्पत्तीका रुपमा माथी रहेको घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारी सहितको टोलीले भित्राएका थिए ।

अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गाणमा आयोजित पुनस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोसाल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् ।

भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान  पुनस्थापना  र नौमति बाजामा नाच गान गर्दै पुनरविवाह समेत गरी दिएका छन् । पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाईएको छ ,  दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ ् ।

गाविस भवनबाट पुनरविवाहको टिका–टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडी बढ्दै गरेको बेला ति नव दम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले सुखत दाम्पत्य जिवनको शुभकामना समेत दिए । उनको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले  नवदुलहीको हात समाउँदै लागे उकोलो तिर झण्डै डेढ महिना पछि नवनिर्मित घरमा पस्न ।

करिव १५ मिनेटको उकालोबाटो सम्म उनले नवदुलहीको हात छाडेनन् । हसीन र लल्जालु मुद्रमा सावित्राले पनि उनको हात थमाई रहेकी थिईन् । सदरमुकामबाट  पुगेका दर्जनौ दलित अधिकारकर्मी , मानवअधिकारकर्मी , पत्रकारहरु  सयौं स्थानियवासी जन्तीका रुपमा गाविस भवन देखि माथी एक्लो जंगल विचमा रहेको उनको घरमा पुग्दै गर्दा खुशीले गद्गद ति दम्पत्ती घरको आँगन रुपी वारीमा पुगरे दुबै जना बाजा तालमा कम्मर मर्काउँदै नाचे ।

४३ वर्षिया वेहुली नाँच्दा नाच्दै अलि लजाए जस्तो गरिन् । ७८ वर्षिय बेहुलाले उनलाई अझै नाच्न संकेत गर्र्दै थिए । बेहुलीको लज्जालु मुद्रलाई ध्यानमा राखी जिल्लाबाट पुगेका उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले भैगो उहाँ लजाउनु भयो अव भित्र पसाउने काम गरौं भने ।

भित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिईन् भने ३८ वर्षिय छोरा अनुराम र ३ वर्षिय नाती जन्तीको  पंक्तिमा े उभिएका थिए । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईहरुलाई आज स–सम्मान घर भित्रिन पाउँदा ? भन्ने प्रश्नमा ति दुवैले भने–‘ असाध्धै खुशी छौं सवैको जय होस् । ’

२२ वर्ष अघि श्रीमतिको मृत्यु भई बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारी देखि सहभागी सवै थिए । धेरैले बाजा तालमा नाचेर खुशीयाली मनाएका थिए ।

‘मैले दलित दुलाह होईन देउता नै पाएँ ’

नव दुलहीका रुपमा घर भित्रिएर कोठाको पलङमा नव दुलाह, उनको छोरा बुहारी र नाती संगै बसेकी  सावित्राले  आँसुमा डुवेर वाहुनी हुनु भन्दा  माया पाएर दलितको श्रीमति हुनु वेश लागेर लालबहादुरलाई माया गर्दै आएको बताईन् ।

आफु बाल्यपन छँदा र विवाह पश्चात पनि परिवारमा दलितहरुलाई तल्लो जात ठान्ने भए पनि आफुले बुझे देखि कुनै भेदभाव नगरेको उनले बताईन् । यसै गाउँका शिक्षित बुद्धिजिवीहरुले विभेद गरेर यो हाल बनाए पनि म अनपढले  मानिस सवै वरावर ठान्छु भन्दै उनले भनिन कसैले दलित संग गई थुईया भने पनि मैले देउता सरहको साहरा पाएकी छु उनले मुस्कुराँर्दै भनिन् ।

कत्तिको माया दिनु हुन्छ त ? भन्ने प्रश्नमा उनले लज्जालु मुद्रमा  आँखा ओछाउँदै भनिन्‘ माया ममता र  भोकमा खान  दिएरै त आएकी हुँ । ’ उनले  व्राम्हण समुदायका पुर्वपतिले जाँड रक्सी पिएर  रात दिन कुटपिट गरेको आरोप लगाईन् ।  सहन नसकेर ३  वर्ष बुटवल र त्यतिनै समय काठमाण्डौको होटलमा जुठा भाँडा माझेर बसेको र घर फर्केको दुई तिन महिना देखि आफुलाई कुन वाहनामा निकालौ भन्दै श्रीमान र छिमेकका केहि मान्छेहरु लाग्दै आएको उनको भनाई रहेको छ ।

आफु त्यस दिन  हेराउन भनि विहान करिव ५ वजे तिर आएर लालबहादुरको घर भित्र पसेकै वेला त्यस्तो आरोप लगाएर आफुहरुलाई हात बाँधेर  गाउँ डुलाउँदै  सम्वन्ध कायम गराई दिएको र जंगल जान बाध्य पारिएको उनले बताईन् । उनिहरु  दुई दिन सम्म भिर जंगल विचको ओढार दुई दिन दुई रात विताएको बेला उनको आफन्तले भेटाएर गाउँ फर्काएका थिए ।

अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा भेला भएका गाउँवासीले पौष १ गते ति दुई दम्पत्तीलाई पुर्वपतिबाट सम्वन्ध विच्छेद गराई उनिहरुको सम्वन्ध स्थापित गराई दिएका थिए ।  तर शनिवार अर्वेनी दलित साझा मञ्चद्धारा आयोजित पुनस्थापना कार्यक्रमको अध्यक्षता अर्वेनी गाविस सचिव भोजबहादुर रानाले गरेका थिए ।

पुनस्थापना कार्यक्रममा बोल्दै गाविस सचिव रानाले  सुरुमा गल्ती कम्जोरी भए पनि त्यसलाई सच्चाउनु  र  अपमानित भएका उनिहरुलाई स–सम्मान पुनस्थापना गर्दा न्यायको एक पाटो भएको  बताए ।

गाविस सहायक न्यौापनेले भने सदरमुकाममा भएका गाविस सचिव रानालाई जानकारी नै नदिई  जवरजस्ती औठा छाप गर्न लगाईएको कागजमा अर्वेनीका तिन वटा प्रमुख दलका नेताहरुको समेत हस्ताक्षर रहेको छ । गाविस सहायक न्यौपानेले आफुलाई त्यस्तो कागज लेख्न लगाई दलका नेताहरुले फँसाएको गुनासो गर्दै आएका छन् ।

मैले गाउँ नकला गरेको पनि होईन र घर भत्काउन पनि लगाएको होईन  ।  ति सवै गरेको  ति महिलाका पुर्वपतिका भतिजा चिन्तामणी न्यौपानेले हो , प्रहरीको नजरमा सम्पर्क विहिन भनिएका गाविस सहायक न्यौपानेले यो समाचारदाता संग फोन मार्फत यस्तो गुनासो गरेका हुन् ।

एक दिन न एक दिन कठघरामा उभ्यिाँईन्छ: प्र.जि.अ.

पुनस्थापना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गाउँ निकला गर्ने अभियोगमा केहि सार्वाजानिक अपराधको मुद्धा लागेका चिन्तामणी न्यौपाने र अर्वेनी गाविस सहायक झविलाल न्यौपाने हाल सम्म फरारा रहेको बताए । उनले उनिहरु ज्ति दिन सम्म फरार रहे पनि एक दिन न एक दिन उनिहरुलाई पक्रेर कानुनी कठ्घरामा ल्याउने बताएका थिए ।

उनले पुनस्थापना पनि न्यायको एक हिस्सा भएकोले यसलाई हाम्रो समाजको मेलमिलाप र सहिष्णताका रुपमा लिनु पर्ने धारणा राखे ।

नकरात्मक सन्देश पछि नै सकरात्मक सन्देश आउने बताउँदै उनले अर्वेनीले हिजो नराम्रो सन्देश दिए पनि आज  उनैहरुले स–सम्मान पुनस्थापना गरेर देशैभर सकरात्मक सन्देश दिएकोमा  धन्यवाद दिए ।

कार्यक्रममा तिन वटै प्रमुख दलका नेता आएनन्

जिल्लाबाट सिडियो आउने भने पछि विचबाटोमा पर्ने  छिमेकी हर्मीचौर गाविसका  दलका नेता समाज सेवीहरु चोक चोकमा भेट्न बसेका थिए । तर  सिडियो नै प्रमुख अतिथी रहेको त्यति महत्वपुर्ण  कार्यक्रममा अर्वेनी गाविसका तिन वटै दलका नेताहरु भने उपस्थीत थिएनन् ।

कांग्रेस, एमाले  र नेकपा माओवादी केन्द्र गरी तिन वटै दलका गाउँ कमिटी प्रमुखहरु  न्यौपाने थरकै  भएकोले  प्रतिष्ठाको विषय बनाएर नआएको हुन सक्ने अधिकारकर्मीहरुको ठम्याई थियो । जिल्ला मानव अधिकार अधिकृत गणेश श्रेष्ठले  पिडितलाई आर्थिक सहयोग समेत गरेका थिए । दलित अधिकारकर्मी कृष्ण नेपाली लगायतले उनिहरुलाइ आवस्यक कपडा लत्ता संकलनका लाग्ने बताएका थिए ।

कार्यक्रमको धेरै पछि नेकपा एमाले  गाउँ कमिटी सचिव भने आएको भन्ने कार्यक्रम सञ्चालकले बताउँदै थिए ।  कार्यक्रममा गैह्र दलितको सहभागिता थिएन् । वर्षऔं पछि यस्ता घटनामा न्याय पाउन नसकेको बताउँदै छिमेकी गाविस  हर्मिचौर , पुर्तिघाट, जयखानी  र फोक्सीङ्ग सम्मका सयौं दलितहरुको सहभागीता रहेको थियो ।

घटना विरुद्ध  एकताबद्ध अधिकारकर्मी

गुल्मीको  गाउँ निकला घटना बाहिरा आए लगत्तै स्थानिय देखि क्षेत्र  केन्द्र सम्मका अधिकारकर्मीहरु त्यस विरुद्ध एकताबद्ध भएका छन् । राष्ट्रिय दलित आयोग स्थानिय तहमै  आएर बुझ्यो ।  ईन्सेकको जिल्ला देखि क्षेत्र र केन्द्रले दैनिक जसो यस घटनाकाबारे चासो लिई रह्यो ।  अन्य मानवअधिकारवादी  संस्थाहरुको पनि त्यति कै चासो रह्यो ।  यहाँस्थित नेपाली कांग्रेस , नेकपा एमाले र माओवादी केन्द्र सहित सवै क्रियाशिल राजनैतिक दलका दलित संगठन साझा मञ्चका रुपमा पिडित लालबहादुरलाई न्याय दिलाउन लागी परेका छन् ।

पुनस्थापना कार्यक्रममा  उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण नेपाली, नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिक,  मुक्ती समाजकै जिल्ला अध्यक्ष दलबहादुर बिक,  दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्मा, पत्रकार प्रेम सुनार, दलित महिला संघकी अध्यक्ष कमला बराल लगायतले मन्तव्य राखेका थिए ।

अर्वेनी गाविस सचिव भोजबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष  मिलन बिश्वकर्माको स्वागत मन्तव्य र पत्रकार कृष्ण सुनारको सञ्चालन रहेको थियो ।