फागुन ३, बैतडी । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, बैतडी । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडी लगायतका पहाडी जिल्लामा दुर्घटना न्यूनीकरण गर्न स्टिलबार लगाइयो

२०७३, ३ फाल्गुन मंगलवार ०८:२२


फागुन ३, बैतडी । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भइरहेको छ । 

विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना अन्तर्गत बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–झुलाघाट सडकखण्ड र महाकाली राजमार्ग अन्तर्गत बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलङ्गा जोड्ने सडकखण्डको २६ दशमलव ५ किलोमिटरमा स्टिलबार लगाउने कार्य भइरहेको हो । 

निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्सट्रक्सन तीनवटैै राजमार्गका दुर्घटना हुनसक्ने क्षेत्रमा स्टिलबार लगाइरहेकोछ । 

खोड्पेदेखि बझाङ सडकखण्डको कुल १०६ किलोमिटर सडकको दुर्घटना बढी हुनसक्ने क्षेत्रमा ११ दशमलव ४५ किलोमिटरमा स्टिलबार लगाउने कार्य सम्पन्न भइसकेको सुपरभाईजिङ कन्सल्टेन्ट (आईओडब्लु) पंकज चन्दले राससलाई जानकारी दिनुभयो । 

यस्तै, बैतडीको सतवाँझ–झुलाघाट सडकखण्डको कूल ३७ किलोमिटर सडकमध्ये बढी दुर्घटना हुनसक्ने ४ दशमलव ७ किलोमिटर क्षेत्रमा र सतवाँझ–गोकुलेश्वर दार्चुला सडकखण्डको कुल १२६ किलोमिटरमध्ये बढी दुर्घटना हुनसक्ने १० दशमलव तीन किलोमिटर क्षेत्रमा पनि स्टिलबार लगाउने कार्य भइरहेको उहाँले बताउनुभयो । 

विसं २०७४ असार मसान्तसम्म सक्ने लक्ष्यअनुसार विसं २०७२ फागुनदेखि सुरु भएको उक्त कार्यमा हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेकोे छ । 

पहाडको बाटो त्यसैमा पनि सिङ्गल लेन साँघुरो बाटोमा बढी दुर्घटना हुने सम्भावना हुन्छ आइओडब्लु चन्दले भन्नुभयो “स्टिलबार लगाइसकेपछि दुर्घटना न्यूनीकरण हुन्छ ।” 

स्टिलबार लगाइसकेपछि चालक होसियार हुनुका साथै आत्मविश्वास बढ्ने से १ ख १३३३ ट्रकका चालक धर्मानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “घुमाउरो बाटो दुर्घटनाको सम्भावना बढी हुन्छ, स्टिलबार लगाएपछि गाडी चलाउन सजिलो छ ।” 

पहाडी सडक, भिर, घुमाउरो अनि सिङ्गल लेन भएको यी सडकमा नयाँ तथा पहिलोपटक गाडी चलाउने चालक डराउने गरेको र स्टिलबार लगाइसकेपछि त्यो समस्या समेत हट्ने विश्वास गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका कार्यबाहक इन्चार्ज डिल्लीप्रसाद आचार्यले स्टिलबारले सवारी दुर्घटनाको सम्भावना कम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “ दिनमा स्टिलबार सुरक्षा गर्छ भने रातिको समयमा स्टिलबारमा लगाइने रिफ्लेक्सन लाइटले दुर्घटनाको सुम्भावना कम हुन्छ ” 

यसका साथै चालकलाई सवारी साधन चलाउन सहज रहेको र सडक सुरक्षा परियोजनाको यो उत्तमकार्य भएको समेत जिल्ला ट्राफिक कार्यालय बैतडीका कार्यबाहक इन्चार्ज आचार्यको भनाइरहेको छ । स्टिलबार लगाइसकेपछि दुर्घटनामा कमी आउने भएकोले ट्राफिक प्रहरीलाई समेत सवारी व्यवस्थापनमा सजिलो हुने उहाँको भनाइ रहेको छ । 

बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको सतवाँझ–झुलाघाट सडकखण्ड र महाकाली राजमार्ग अन्तर्गत बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलङ्गा जोड्ने सडकखण्डसँगै विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा, सडक सुरक्षा आयोजना अन्तर्गत सुर्खेत, जुम्ला, जाजरकोट र रुकुमको सितलपाटी–मुसिकोट सडकखण्डमा पनि स्टिलबार लगाउनेकार्य भइरहेको बताइएको छ । 

यसअघि विश्व बैंकको सहयोगमा सडक सुरक्षा योजना अन्तर्गत कालोपत्रे भएका सडकमा स्टिलबार लगाउने कार्य भइरहेको बताइएको छ । स्टिलबारसँगै ग्याबियनबार लगाउने कार्य पनि सुरु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ