Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अनुगमन टोलिद्वारा बैतडी स्वास्थ्य सेवाको प्रसंशा

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु/चैत २०, बैतडी । सुदूरपश्चिमको दुर्गम क्षेत्रका रुपमा रहेको बैतडी जिल्लामा संञ्चालित स्वास्थ्य सेवा प्रवाहको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा रहेको अनुगमन टोलीले प्रसंसा गरेका छन् ।

दार्चुला जिल्लालाई पुण खोपयुक्त जिल्ला घोषणा गर्ने अवसरमा सुदूरपश्चिमका दुर्गम जिल्लाहरुमा स्वास्थ्य सेवा अनुगमनका लागि पुग्नुभएका उप्रेतीले बैतडीजस्तो दुर्गम क्षेत्रमा पनि डक्टर गुणराज अवस्थीको टीमले गरेको सेवा प्रवाहको उच्च प्रसंसा गरेका हुन् ।

नेपालमा विक्रम सम्वद २००८ सालमा सुरु भएको स्वास्थ्य सेवा बैतडीमा २०२८ सालदेखि सुरु भएको थियो ।

मन्त्रालयको स्वास्थ्य सचिव बैतडी जिल्लामा पुगेको यो पहिलोपटक हो । स्वास्थ्य सचिव र स्वास्थय सेवा विभागका माहाँनिर्देशकले बैतडी जिल्लाको स्वास्थय अवस्थाको बारेमा अनुगमन गरेका छन् ।

केहि उपकरणहरुको कमि रहेको यस जिल्ललामा स्वास्थ्य उपकरणका लागि पहल गरिने अनुगमन टोलिको भनाई छ । कार्य सम्पादन मुल्याङ्कनमा देशको ६८ औँ स्थानमा रहेको बैतडी जिल्ला दुर्गमका जिल्लाहरुमा काम गरेका डक्टर गुणराज अवस्थी आएपछि तेश्रो स्थानमा पुग्न सफल भएको स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीको भनाई छ ।

६८ स्वास्थ्य संस्था रहेको यस जिल्लाका दुर्गम गाँउ–गाँउमा रहेका सुत्केरी आमाहरुलाई सेवा दिन बैतडीका १ सय २५ ठाँउमा सुरक्षित प्रसुति सेवा केन्द्रको स्थापना गरिएको छ, जुन स्वास्थ्य संस्था भन्दा बाहिर देशकै सबैभन्दा बढी हो ।

दुर्गम र पछिडीएको जिल्ला भएपनि जनस्वास्थ्यका अभियानहरुले बैतडी जिल्ला स्वास्थय क्षेत्रमा अगाडी बढेको स्वास्थ्य सेवा विभागकका माहानिर्देशक डाक्टर राजेन्द्र प्रशाद पन्तको भनाई छ ।

आमा र बच्चाको स्वास्थ्य सेवामा उल्लेख्य प्रगती भएपनि जटील रोगको उपचारका लागि बैतडी लगायत सुदूरपश्चिमका नागरिकहरुले भारत जानुपर्ने बाध्यता भने हटेको छैन् ।

सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि जिल्लामा स्वास्थ्यकर्मिका साथसाथै स्वास्थ्य मन्त्रालयले विभिन्न किसमका उपकरणहरुको पनि व्यवस्था गर्न जरुरी छ ।