अजयकुमार साह/चैत २५, उदयपुर । विद्युत र विद्युतिय उपकरणहरुको प्रयोग गर्दा सबैभन्दा पहिले उपभोक्तानै बढी सत्तर्क हुनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/चैत २५, उदयपुर । विद्युत र विद्युतिय उपकरणहरुको प्रयोग गर्दा सबैभन्दा पहिले उपभोक्तानै बढी सत्तर्क हुनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले "/>

2026-06-25 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विद्युत उपभोक्तानै बढी सत्तर्क हुनुपर्नेमा जोड

2017-04-07


अजयकुमार साह/चैत २५, उदयपुर । विद्युत र विद्युतिय उपकरणहरुको प्रयोग गर्दा सबैभन्दा पहिले उपभोक्तानै बढी सत्तर्क हुनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले जोड दिईएकाछन् ।

“विद्युतिय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग: देश विकास र सम्बृद्धिमा सहयोग” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा पहिलो पटक आज शुक्रबार एकसाथ मनाईएको विद्युत सुरक्षा दिवस २०७३ को अवसरमा सदरमुकाम गाईघाटमा आयोजित एक अन्त्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरा बताएकाछन् ।

विद्युत प्रयोग गर्नेमा सर्वप्रथम उपभोक्ता आफै अगाडी हुने भएकोले समेत हरेक हिसावले सतर्क रहनु आवश्यक रहेको विद्युत प्राधिकरण उदयपुर वित्तरण केन्द्रका प्रमुख ईन्जीनियर अवधेशकुमार दुवेले बताउनुभयो । केन्द्र प्रमुख दुवेले घर निर्माण गर्दा गुणस्तरीय वायरिङ भए नभएको, तारको गुणस्तर राम्रो भए नभएको, अर्थिङको व्यवस्थ आदि बारे उपभोक्ताहरु अझ बढी संवेदनशिल हुनु जरुरी रहेको बताउनुभयो ।

वहाँले सुरक्षाका लागि विजुलीको तार नजिकै कुनै पनि संरचना बनाउन, भिजेको हातले विद्युतिय उपकरण नचलाउन, दक्ष प्राविधिकबाट मात्र वायरिङ गराउन र विद्युतिय काम गर्दा सुरक्षा सामंग्रीहरुको अनिवार्य प्रयोग गर्दा समेत सुरक्षित हुन बल पुग्ने बताउनुभयो ।

उहाँले उपभोक्ताले सुरक्षाका साथै विद्युत बचतमा समेत उत्तिक्कै ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । कम विद्युत खपत गर्ने बत्तिहरुको प्रयोग अत्यधिक गर्न, अनावश्यक रुपमा विद्युतीय उपकरणहरु नचलाउन, घरबाट बाहिर निस्कदा बत्ति निभाउने गरे विद्युत अत्यधिक बचत हुने र सोही बचत भएको विद्युत उत्पादन गरे सरह हुने समेत जानकारी गराउनुभयो ।


अन्त्ररक्रिया कार्यक्रममा बोल्दै केन्द्रका अर्का ईन्जिनियर अनिलकुमार चौधरीले विद्युत चोरी हुन नदिन उपभोक्ता सचेत हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले विद्युत चोरी गर्नेलाई सामाजिक रुपमा बहिष्कार समेत गर्नुपर्ने धारणा राख्नुभयो । विद्युत चोरी गर्दा दुर्घट्ना समेत हुने भएकोले विद्युत चोरी हुनबाट रोक्नुका साथै यस्तो घट्नाको विषयमा केन्द्रमा समेत खबर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य अजयकुमार साह, जिवनाथ दाहाल, प्रदेश पार्शद् ईश्वर तामाङ्ग लगायतले विद्युत सुरक्षाका बारेमा देखिएका समस्याहरु बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले विद्युत प्राधिकरणले जनचेतनामुलक कार्यक्रमहरुका साथै सूचना तथा सन्देशहरु प्रकाशन र प्रशारण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पहिलो पटक मनाईएको विद्युत सुरक्षा दिवसको अवसरमा आजै विहान जनचेतनामुलक ¥यालीको अयोजना गरिएको थियो । ¥यालीमा विद्युतिय सुरक्षा सम्बन्धी विभिन्न किसिमका जनचेतनामुलक नाराहरु सहित नगर परिक्रमा गरिएको थियो । कार्यक्रमा पत्रकार, सुरक्षाकर्मी, सोसाईटी अफ ईलेक्ट्रिकल ईन्जीनियर्स नेपाल(सिन), प्राधिकरणका कर्मचारी, स्थानिय उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ