२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

विश्व प्रसिद्ध प्रशिक्षकद्वारा बैतडीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिईदै

२०७४, २८ असार बुधबार ०४:०६

नरी बडु/असार २८, बैतडी । हालसालै भएको स्थानीय तह निर्वाचनबाट बैतडी जिल्लामा नवनिर्वाचित १ सय ४ जना जनप्रतिनिधि, नगर तथा गाँउपालिकाका कार्यकारी, वडा सचिव र सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई असार २९, ३० र ३१ गते विश्व प्रशिद्ध प्रशिक्षहरुद्वारा प्रशिक्षण दिन लागिएको छ ।

जिल्ला स्वस्थ्य कार्यालयको आयोजनामा हुनलागेको उक्त बृहत प्रशिक्षणमा ८४ वडाका निर्वाचित वडा अध्यक्ष, १० स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रत्येक वडाका वडासचिव, नगर तथा गाँउपालिकाका कार्यकारी र स्वास्थ्य संस्था प्रमुखहरुलाई सकारात्मक सोच र स्वास्थय क्षेत्रको विकासका लागि प्रशिक्षण दिन लागिएको हो ।

सकारातमक सोचका विश्वप्रशिद्ध प्रशिक्षक नरबहादुर कार्की, प्रशिक्षक सुधन ज्ञवाली र विश्वरमण न्यौपानेले प्रशिक्षण दिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो ।

स्वास्थय अवस्था सुधारका साथै नयाँ जनप्रतिनिधिहरुलाई जनताको सेवामा उत्तरदायी बनाउन नेपालमै बैतडी जिल्लामा पहिलोपटक यसरी प्रशिक्षण दिन लागिएको हो ।

विगतको संक्रमणकालिन अवस्थामा मौलाएको भ्रष्टाचार, चाकरी र नकारात्मक राजनितिमा रुपलिएको यस जिल्लालाई ति सबै संक्रमणहरुबाट मुक्त गर्ने उद्देश्य बोकेको यस प्रशिक्षणले जनप्रतिनिधि तथा प्रशिक्षार्थिहरुमा सकारात्मक सोचको विकास हुने अनुमान गरिएको छ ।

जिल्लाको सदरमुकाममा रहेको श्री विरेन्द्र उच्च माध्यमिक विद्यालयमा हुन लागको यस प्रशिक्षणमा सहभागि सबैले तोकेको समय अर्थात बिहान साढे ९ बजे उपस्थित हुन जिल्ला स्वास्थ्य कार्यालयले आह्वान गरेको छ । 

विभिन्न समयमा हुने कार्यक्रमको समय सम्बन्धि विबाद र स्वास्थ्य क्षेत्रमा गरेको गतिसिल कामका कारण डक्टर अवस्थी चर्चामा आउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी