Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पसलमा खाएको भाँडा नमाझेको भन्दै निर्घात कुट्ने प्रहरी खोरमा

By kit 12 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/असार २९, गुल्मी । गत आईतवार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै गुल्मी मुसिकोटका एक दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई बुधबार प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

आईतवार दिउँसो करिव साढे ११  वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–४ हलोगाडेस्थित शोभा कार्कीको पसलमा खानपिन  गरेका भाँडाहरु नमाझेको भन्दै कार्कीले  स्थानिय ४२ वर्षिय कर्णबहादुर साकीलाई हल्का हातपात गरेर पठाएकी थिईन । तर पछि  उनका छोरा कृष्ण कार्की खोज्दै गएर अर्काको घरमा सुतेका  सार्कीलाई लाठीले निर्घात कुटेको पिडितल्े बताए ।

सार्की कुर्घात कुटेर बेहोस भए पछि दलित समुदाय आक्रोषित भएका थिए । त्यस अवस्थामा पिडक पक्षले  पिडित सार्की पसल भित्र पिशाव फेरेको र  जथाभावी बोलेर  सामन्य कुटेका जिकिर गरेका थिए ।  कुटपिट गरेको प्रत्यक्ष देख्न र बढि नकुट भनेर सम्झाउने त्यसै घरका व्यक्ति ओमबहादुर सिंह हुँदाहुँदै कृष्ण  कार्कीले आफुले धकेलेको मात्रै  हो , उ आफै लडेर घाईते भएको हो भनेर सञ्चार माध्यमलाई प्रतिकृया दिएका थिए ।

अहिले प्रहरी   हिरासतमा रहेका कार्की विरुद्ध छुवाछुत विभेद्  र कुटपिटको मुद्धा दायर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।

पिडित सार्की जिल्ला अस्पतालबाट डिस्चार्ज भए पनि हिडडुल गर्न सकेका छैनन् । औषधी उपचार खर्च र  श्रीमाति सहित खानपिनको खर्च अभाव भए पछि उनलाई मुद्धा दर्ता लगायतको कामको अवधी सम्म तम्घासमा बस्न समस्या भएको छ  । तर पनि  तम्घासमा विभिन्न व्यवसाय गरेर वसेका उनका छिमेकी  र दलित अधिकारकर्मीहरुले सयोग गर्ने  दलित अधिकारकर्मी धर्म बिश्वकर्माले बताए ।

दैनिक  भारी वोक्ने लगायतको मजदुरी गरेर जिविका चलाउँदै आएका सार्की त्यस दिन घरमा आराम गरेर थकाई मेट्ने घर सल्लाह अनुसार  कार्कीको    पसलमा चामल किन्न  गएका थिए र घरमा मासुको व्यवस्था समेत गरेर वसेका थिए ।

तर भाँडा माझ्न जाने क्रममा चिप्लोमा लडेर  पानीको भाँडो पोखिए पछि पिसाफ फेरको आरोप सहँदै  उनले निर्घात कुटपिटबाट आरोपको साटो उल्टै कुटाई र दुखाई पाए । मैले खाएका भाँडा माझ्ने क्रममा अन्य भाँडा पनि छोईस भन्दै  सुरुमा साहुनी शोभा कार्कीबाट कुटाई खाएको उनले बताए ।

थप पिटाई खाने डरले स्थानिय ओमबहादुर सिंहको घरमा श्रीमतिले सुरिक्षत गरिरेको बेला उनका छोरा कृष्ण गएर  पशु तुल्य कुटपिट गरेको प्रत्यक्षदशीै घर मालिक  ८१ वर्षिय ओमबहादुर सिंहले बताए  । ‘ कृष्णेको कुटाईबाट कर्णे मर्नै लागेको थियो । मैले जम्ले हात गरेंर  ए न पिट मर्न लाग्यो जाक्लिास भनेर सम्झाएँ ।  कृष्णेले मानेन , कहिले लौरै लौराले हान्ने , कति वेला लात्ति मुड्कीले हान्दै र कति वेला तल झादैं हानेको हानै ग¥यो । उसले  पनि ए मलाई बाँच्न दिनुस भनेर जम्ले हात गरेको थियो बेहोस नहुने बेला सम्म’– सिंहले भने–म एकासी वर्षको बुढो हुँ मैले ढाँट्दीन अहि आउनुस देख्ने मेरा अरु परिवारले समेत  यहि  सत्य कुरा वोल्ने छन् ।  ’

उनि तत्काल वेहोस भएर नढलेको भए थप पिटाई खाने र उनको ज्यानै जाने थियो भन्छन् प्रत्यक्षदर्शी ।  त्यसरी मराणाशन्य अवस्थामा रहेका सार्कीलाई रातको समयमा स्टेचरमा राखेर उपचार गर्न लैजान खोज्दा कृष्ण कार्की पक्षका दर्जनौं युवाहरु आएर  घाईते हिडाल्नबाट रोक लगाएको अडियो हामी संग सुरक्षित रहेको छ । यस्तो  सत्य तथ्यलाई बङ्गाउने हो  र  पिडकलाई सामन्य कार्वाही मात्र हुने हो भने भोलीका दिनमा तमाव गरिव विपन्नहरुको  कुकुरको मराई सरह हुने देखिन्छ ।

यति ठुलो घटनालाई सामन्य  ठान्ने , उल्टै दलितहरु आफै सुध्रिुनु पर्छ भन्ने वडाध्यक्ष ओमबहादुर केसी जस्ता केहि मान्छेले औषधी उपचार खर्च व्यहोर्ने र सामन्य माफी समेत मगाएर मिलाउँ भन्दै सदरमुकाममा खुरी  खेलेका थिए ।   तर दलित अधिकारकर्मी धर्म बिश्वकर्मा , झविन्द्र बिक, कमला बराल लगायतले उनिहरुको त्यस्तो प्रस्तावलाई अस्वीकार गरेर मुद्धा दायर गराएका हुन् ।

यस्तो गर्नेलाई कस्तो कार्वाहीको व्यवस्था छ त ?

जातिय भेदभाव तथा छुवाछुत कसुर सजाएँ २०६८ को दफा–७ , महल– १ क वमोजिम ३ महिना देपख ३ वर्ष सम्म कैद सजाएँ ।  वा १ हजार देखि २५ हजार सम्म जरीवाना वा दुवै सजाएँ पनि हुन सक्ने व्यवस्था छ । त्यस्ते सोही महलको  जातिय विभेद गर्न  उक्साउने वा प्ररित गर्ने व्यक्तिलाई समेत त्यसको आधा सजाएँ हुने उल्लेख छ । क्षतिपुर्ति सम्वन्धि दफा– क मा भने कसुर ठहरिए अदालतले २५ हजार देखि १ लाख सम्म कसुरदारबाट पिडित पक्षलाई  क्षतिपुर्ति दिलाई दिन सक्ने छ ।  यि मध्ये कार्कीको कसुर ठहरिएमा अदालतले कस्तो सजाएँको फैसाला गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।

वडाध्यक्ष केसीको सर्वत्र विरोध

यसै विच  यस घटनाका विषयमा सञ्चार माध्य संग प्रतिकृया दिने क्रममा त्यस वडाका नव निर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले दिएको अभिव्यक्ति प्रति सामाजिक सञ्चालन मार्फत चर्को विरोध आएको छ । केसी आफैले देखे जस्तो गरेर ति दलितलाई आफै लडेर घाईते भएको र दलितहरु सुध्रिन नसकेर त्यस्तो भएको अभिव्यक्ति दिएका थिए ।

मराणाशन्य ति दलितलाई त्यसो नगर्न पर्ने हो भनेर उनले दुख व्यक्त गर्नुको साटो उल्टै सिङ्गो दलित समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएका छन् ।  पटक पटक दलितहरु सुध्रिनु पर्दछ भनेका उनले कार्की जस्ता मानिसलाई  गोरु  चुटे झैं चुटने जस्ता हेपाहरुको गल्ती छ भनेर पटक्कै भन्न रुचाएनन् । उनिहरुले आरोप लगाए जस्तै उनले पिशाव फेरेकै भए पनि त्यसरी मराणाशन्य कुट्न  पाईन्छ ?

तम्घासका होटल व्यवसायीहरु भन्छन् आर्फैले जाँड बेचे पछि कहिले काँही दिशा पिसा र वान्ता सोर्नु पनि परेको छ तर हामी त्यो जाँड  खाएको मान्छेलाई सुरक्षित साथ कि घर पठाउँछौ कित सुताउँ छौं । तर मुसिकोटमा एक त  किराना पसलमा  एक त अवैध घरेलु मदिरा बेच्ने र त्यही बसेर खान पनि दिने अनि केहि कुरामा रिस उठ्यो भनेर मान्छेलाई  त्यसरी पिट्ने ? यस्तो प्रति प्रश्न गरिएको छ ।

यो युगमा यहि हो न्याय ?  सवैका साझा जनप्रतिनिधीको यहि हो अभिव्यक्ति ? भन्दै सामाजिक सञ्चालमा वडाध्यक्ष केसीको चर्को विरोध भई रहेको कुरा आफै हेर्न सक्नु हुनेछ ।