Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

धुर्कोट गाउँपालिका जनप्रतिनिधीसंग बाँदर नियन्त्रणको माग

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १२, धुर्कोट । अव मकै खेति धन्काउने बेला आईरहेकाबेला गुल्मीको धुर्कोट गाउँपालिका भित्र बाँदर आतंकले कृषकहरु हैरान भएकाछन् ।

यसपालिकाको  जैसीथोक, नयाँगाउँ, पिपलधारा हाडहाडे, धुर्कोटरजस्थल, वस्तु र वाग्लाका कृषकहरु बाँदरले मकै खेती खाई दिए पछि हैरान भएका हुन् ।

प्राय प्रत्येक घरका एक जना दिनमा मकैवारी निगरानीमा छन र  रातमा समेत जागाराम बसेर बाँदर लखेट्न खटिए पनि नियन्त्रण गर्न सकेका छैनन् ।  दुध पसेका मकैको घुँवा खाएर उन्मत्त बनेको बाँदर विशेषतः महिला हेरालो संग आक्रमक बने पछि वाँदर लखेट्नु भन्दा पनि महिलाहरु भाग्नु परेको छ ।  दुई वर्ष अघि अर्खलेका महिलाहरु बाँदर आतंक विरुद्ध जिल्ला प्रशासनमा डेलिगेशन आए जस्तै अहिले धुर्कोटका महिलाहरु पनि जनप्रतिनिधी गुहार्ने अवस्थामा पुगेका छन् ।

चुनावताका समेत भोट माग्न आउने उमेदवारहरुलाई बरु अरु केहि चाँहिदैन बाँदर नियन्त्रणका कर्मचारी खटाई दिए धन्य हुन्थ्यो भन्ने किशानहरु अहिले पनि त्यही माग गरेका छन् ।  यस सम्वन्धकम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल संग सम्पर्क राख्दा वजेट विनियोजन गर्ने वेलामा परिषदमा आफुले यो विषय गम्भीरता पुर्वक राखेर कृषकको माग सम्वोधन गर्ने बताए ।

उनले भने–‘ वाह्रै महिना त सम्भव हुन्न होला, कम्तीमा पनि खेतीवाली स्यार्ने सिजनमा एक वडा एक हेरालो राख्ने तर्फ परिषदले सम्वोधन गर्ने छ भन्ने म विश्वास दिलाउन चाहन्छु ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का  वडाध्यक्ष मोहनप्रसाद पाण्डेलाई पनि वडावासी कृषकहरुले त्यही माग राखेकोले नगरपरिषदमा यहि कुरा राख्ने बताएका छन् । सितल थापाको सहयोगमा