2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीका हरिराम दम्पतीलाई सहयोग जुट्दै


साउन २७, बैतडी । जन्मजात नै अपांगता तथा बोल्न नसक्ने बैतडी दशरथचन्द नगरपालिका– ८ त्रिपुरा ¥यासीका ५८ वर्षीय हरिराम दमार्इंको दम्पतीलाई सहयोग जुट्दै गएको छ । 

साउन २४ गते हरिराम दम्पतीको हृदयविदारक कथा: न सन्तान, न ओत, नत गाँसबास नै भन्ने शिर्षकको समाचार र साउन २५ गते पुनःहरिराम दम्पतीको सहयोग याचना भन्ने शिर्षकको समाचार राष्ट्रिय समाचार समिति(रासस) मा प्रकाशित भएपछि ती दम्पतीका लागि सहयोग जुट्तै गएको हो ।

रासस लगायत अन्य विभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशित तथा प्रसारित भएपछि स्थानीय युवाले पनि सहयोगका लागी चन्दा संकलन गरिरहेका छन् । 

उनीहरुले हिक्मत चन्दको नेतृत्वमा सहयोग संकलन टोली बनाएर तीन दिनमा २२ हजार सहयोग रकम संकलन गरिसकेका छन् । हरिराम दम्पतीलाई बैतडी दशरथचन्द नगरपालिका– ४ सुन्दरघर भई हाल कतारमा रोजगारीका लागि गएका माधव भट्टले रु पाँच हजार सहयोगस्वरुप पठाएको स्थानीय सहयोग संकलन टोलीका नेतृत्वकर्ता हिक्मत चन्दले जानकारी दिनुभयो । 

कतारबाट गरेको पाँच हजार सहयोग लगायत स्थानीय तथा नगरवासीले एक÷दुई सय रुपैयाँ गरेर हालसम्म २२ हजार ५९२ सहयोग संकलन भएको उहाँले बताउनुभयो । 

यसका साथै दशरथचन्द वडा नं– ८ का नवनिर्वाचित वडा अध्यक्ष सुरेश सिंह थापाले पनि वडा कार्यालयवाट हरिराम दम्पतीलाई रु ३० हजार सहयोग दिने प्रतिवद्धता जनाउनुभएको छ । 

यसका साथै दशरथचन्द नगरपालिकाले पनि हरिराम दम्पतीलाई सहयोग गर्ने जनाएको छ । नगरप्रमुख नरेन्द्रसिंह थापाले हरिराम दम्पतीलाई तत्काल अस्थायी रुपमा बसोबास गर्नका लागि जस्तापाता सहयोग गर्ने बताउँदै पक्की घर निर्माणका लागि पनि थप आर्थिक सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

श्रीमान् श्रीमती दुवै जन्मजात नै अपांगता भएका तथा बोल्न नसक्ने, हातको इसाराले छिमेकीसँग मागेर दैनिक गुजारा गरिरहेका हरिराम दम्पती घर नहुँदा रातिराति सुत्नलाई नजिकै रहेको त्रिपुरासुन्दरी मन्दिर जाने गरेका छन् । मन्दिरमै दमाहा बजाउने र आउने भक्तजनबाट मागेर दैनिक छाक टार्ने गरेको स्थानीय सुशील क्षेत्रीले बताउनुभयो । 

बिहे भएको केही वर्षपछि एउटा छोरा जन्मिएको र जन्मिएको १३ दिनमै उनको मृत्यु भएको हो । हरिराम दम्पतीलाई बूढेसकालको सहारा छोराछोरी नहँुदाको पीडा एकातिर खेप्नुपरेको छ भने अर्कोतिर बिहान खाएर साँझ के खाने अनि कहाँ बस्ने भन्ने चिन्ताले अर्कोतिर पिरोलिरहेको छ । 

वर्षात्को समयमा न त बस्नलाई ठाउँ छ, सानो घर भएपनि त्यो भत्किएको र जीर्ण अवस्थामा रहेको छ । वर्षात्को समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानीय युवाले एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाइदिएका छन् । 

कुनै पनि निकायले हरिरामको पीडा नदेखेपछि स्थानीय युवा जुटेर ती दम्पतीको पक्की घर बनाउन आर्थिक संकलनमा लागेका छन् । सबै सरोकारवाला निकाय र स्थानीयवासीलाई समेत यस कार्यमा सहयोग गर्न स्थानीय युवाले अपिल गरेका छन् ।् 

“हामीले हरिरामको स्थायी बसोवासको व्यवस्था गर्न चाहेका छाँै स्थानीय हिक्मत चन्दले भन्नुभयो, “ कुनै पनि निकायले सहयोग नगरे पनि हामी चन्दा संकलन गरेर भए पनि हरिरामको घर निर्माणमा जुटेका छौ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई