Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उहिलेको कुमाल गाउँ, अहिलेको माल गाउँ !

By साझासवाल 23 मिनेट पढाइ

पढ्न करिब 10 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | माघ १३, गुल्मी | लामो समयदेखि गरिवी निवारणमा राज्य र विभिन्न ग्रैह सरकारी संस्थालहरुले खेलेको भुमिकामा लक्ष्य अनुरुपका प्रतिफलहरु देखा पर्न थालेका छन् ।  त्यसको एक उदाहरण हो  गुल्मी अमरपुरको वुल्म र राङदाल गाउँमा आएको परिवर्तन । जहाँका  कुमाल समुदाय डेढ दशक अघि सम्म जिल्लामा सवै भन्दा गरिव, अशिक्षितहरुको उदाहरण दिने समुदाय  थिए ।

स–साना खरका झुपडीमा वस्नु , विहानै उठेर त्यहाँ सम्पन्न परिवारको घरमा हलि गोठालो र मेलापात गर्न हिड्नु र मुस्कीले विहान वेलुकाको जोह गर्नु उनिहरुको दैनिकी थियो । जुन अहिले सिमित केहि परिवार वाहेक अधिंकांसका लागि त्यो गरिवी, अभाव र अशिक्षा ईतिहाँस जस्तै लाग्न थालेको छ । ईस्मा गाउँपालिका वडा नम्वर ६ मा पर्ने साविकको अमरपुर गाविसको वुल्म र राङदाल गाउँमा उति वेलाको  रहन सहन  र अहिलेको रहन सहन हेर्ने हो भने  जसले पनि भन्न सक्छ हिजोको त्यो कुमाल गाउँ बन्यो अहिलेको मालामाल गाउँ  ।

कुनै समय खुल्ला दिशाले  वाहिराबाट जानेहरुलाई पस्न पनि गाह्रो हुन्थ्यो । अहिले घर घरम व्यवस्थीत शौचालय , त्यस्तै खानेपानीको हाँहकार हुने त्यस गाउँमा अहिले घर घरमा धारा, प्राय घर घरमा व्यवस्थीत कोठाहरु तिनमा   टेलिभिजन, ग्याँस चुलो  लगायतका आधुनिक सुविधाहरु उपभोग गर्न थालेका छन् ।

जन्मेर हिड्न सक्ने भयो कि त वालवालिकाहरुलाई शहरका विभिन्न ठाउँमा घरेलु कामदारका रुपमा  पठाउने त्यहाँका अभिभावकहरुले अहिले स्कुल पठाउन थालेका छन् । धेरैले अहिले माध्यामिक तहको शिक्षा उतिर्ण गरेर उच्च शिक्षा तर्फ लम्किीदै छन् । नेपाली सेना, प्रहरी, स्वास्थ्य र अन्य सरकारी निकायमा जागिर खाने र बैदेशिक रोजगारबाट गरिवीबाट मुक्त हुनेहरुको संख्या बढ्दो छ ।  जाँड रक्सी माछा मासुमा बढि खर्चिने परम्परालाई न्युनिकरण गर्दै गएका छन् ।

वुल्म गाउँकी  कुमारी कुमालको घर अगाडी अहिले देखिने हराभरा करेसोवारीको जमिन  कुनै समय  बाँझै थियो । जहाँ वालवालिका र संगुरको दिशा पिसापले अरु समुदाय पुग्दा सिकसिको लाग्ने र दुर्घन्धले नाक थुन्नु पर्ने अवस्था थियो ।  अहिले उनको त्यो जमिनमा फलेका तरकारी , सुन्तलाका वोटहरुको  दृश्य केहि वेर बसेर नियाली रहुँ जस्तो लाग्द छ । विगतमा उनले सुंङ्गुर पाल्ने गर्दथिन । त्यसको ठाउँमा अहिले उनले ठुला ठुला खसी बोका पाल्ने गरेकी छन् ।

गत दुई वर्ष अघि देखि उनि सहित सिङ्गो अमरपुर गाउँमा हेफर ईन्टरनेशनल नेपालको साँझेदारीमा नवप्रभात युवा संघ गुल्मीले किशानका लागि उन्नत विउविजन कार्यक्रम अन्तरगत बाख्र बिकास परियोजना (केयुबिके ) सञ्चालन गरे पछि उनले करेसोबारी  निर्माण,  बाख्रा पालन र सरसफाईमा ध्यान दिन थालेको बताउँ छिन् । उनले विगतमा आफुले भोगेका दुखका दिनहरु स्मरण गर्दै अहिले आफुमा आएको परिवर्तनबारे हर्ष ब्यक्त गर्दछिन् ।  उनले खसी बोकाबाट वर्षमा करिव डेढ लाख र अदुवा लगातको तरकारीबाट झण्डै एक लाख कमाउने गरेको र त्यसबाट दुई छोरीहरुलाई बढाउने गरेको बताउँदै भनिन–‘ हिजो हाम्ले नपढेर दुख पाईयो अहिले त छोरीलाई दश पढाएका छौं , उता बुहारीलाई बुटवलमा राखेर १५ कक्षमा पढाँउँदैं छौं । ’

विस्थापित सेरामिक उद्योग पनि फस्टाउँदै

उनको जस्तै अन्य कुमाल समुदायको घर घरमा करेसोबारी , बाख्रा पालन र अन्य आय आर्जन मुलक व्यवसायहरु सञ्चालन भई रहेका छन् । वर्षऔं अघि यो समुदायका आय आर्जनको बाटो भनेकै माटाका भाँडाहरु बनाउने थियो । जुन विचमा आएर मानिसहरुले पयोगमा ल्यान छाडे पछि त्यो पेशाबाट उनिहरु विस्थापित भएका थिए ।

२०५२ सालमा गुल्मी अर्घाखाँची ग्रामिण विकास  परियोजना –(गार्डेप ) ले त्यस पेशालाई आधुनिकीकरण गर्न सेरामिक्स उद्योगको स्थापना गरी दियो । त्यो पनि केहि वर्ष बन्द भयो ।  पछि त्यही बन्द उद्योगलाई घरेलु तथा साना उद्योग विकास समिति गुल्मी लगायतका विभिन्न संघ संस्थाले पुनस्थापना गराउने पहले गरे । नभन्दै उक्त उद्योग अहिले फस्टाएको छ ।

सेरामिक्स सम्वन्धि तालिम पाए पछि अहिले त्यस समुदायका महिलाहरुले समेत घर घरमा उक्त उद्योग सञ्चालन गरेर मासिक १५  देखि २० हजार कमाउन थालेका छन् । ति मध्येकी एक हुन उजेला कुमाल  । उनको सेरामिक्स उद्योग घरको अगाडीको क्याम्पमा रहेको छ । माथी टाँढामा उनले माटाका सुन्दर बस्तुहरु बनाउ छिन भने तल उक्त सामग्रीहरु बेच्ने पसल राखेकी छन् ।

अरुले  जस्तै उनकी छोरी सिताले पनि अध्यानलाई अगाडी बढाएकी छन् ।  अहिले कक्षा १२ मा अध्यानरत उनले कम्तीमा  स्नातक सम्म पढ्ने बताउँदै विगतको अवस्था र अहिले आएको परिवर्तन यसरी सुनाउँ छिन् ।   घर घरमा आफु खुसी सेरामिक्स उद्योगका अलवा एउटा संयुक्त सेरामिक्स उद्योग रहेको छ । श्री वुल्म प्रगतिशिल सेरामिक्स उद्योग सञ्चालनमा ल्याए पछि यति वेला त्यहाँको माटाका आकर्षक वस्तु कलाहरु  जिल्लामा मात्र होईन जिल्ला बाहिर समेत आकार्षणको केन्द्र बनेका छन् ।

त्यस उद्योगलाई घरेलु तथा साना उद्योग विकास समिति गुल्मीले सहयोग गरेको छ । उसले तालिम दिएर दक्ष जनशक्ति निर्माण, बजार प्रवन्ध गर्नुका साथै सोही स्थानमा आफ्नो कार्यालय स्थापना गरी त्यस उद्योगको प्रशासनिक कार्य गरी रहेको छ ।  यस उद्योग स्थापनाका लागि वस्तु स्वास्थ्य चौकीका अहेव तथा स्थानिय सोही समुदायका अगुवा होमा कुमालको पनि उत्ति कै पहल रहेको थियो । उक्त उद्योग स्थापनाले स्थानियलाई आर्य आर्जनका गतिले माध्याम बनेको उनि बताउँछन् ।

समुहका अध्यक्ष तथा त्यस उद्योगका प्रवन्धक पदम मुखिया सेरामिक्स सम्वन्धी तालिम र निर्माण सामग्रीहरु प्राप्त भए पछि उक्त उद्योग सहित त्यस गाउँमा ५ वटा सेरामिक्स उद्योग सञ्चालनमा आएको र  सरदर  प्रति व्यक्ति मासिक २५ हजार सम्म आम्दानी लिन थालेको बताउँ छन् ।

यस उद्योगको निरन्तताका लागि चुनौतीको मुख्य विषय माटाको छ । अहिले सम्म चौरासीको खेतहरुबाट कालो माटो ल्याएर उक्त उद्योग सञ्चालनमा ल्याईएको छ ।  जमिनको ६० मिटर गहिराईबाट उक्त माटो निकाल्नु पर्दछ । त्यसका लागि सरकारी सहयोगको आबश्यकता रहेको उनै अध्यक्ष मुखिया बताउँ छन् ।

उक्त समाज परिवर्तनका लागि सुरुमा लिवर्ड नामक संस्थाले पहल थालेको त्यस लगत्तै नवप्रभात युवा संघले सञ्चालन गरेको हेफर ईन्टरनेशनल नेपालले सञ्चालन गरेको परियोजनाले त्यहाँका कुमाल समुदायमा हरेक कुरामा परिवर्तन आएको उनै स्थानिय अगुवा होमा कुमाल बताउँ छन्  ।स्थानिय वासी तथा त्यस वडाकी वडा सदस्य हुमकला दर्जिले पनि हिजो आफुले देखेको त्यस समुदायको गरिवी अभाव , अशिक्षा , विकृति बिसगति जस्ता धेरै कुरामा सुधार आएको बताउँ छिन्  ।

त्यस समुदायको विगतका अवस्था नजिकबाट नियालेका गोविन्दरत्न लोकतान्त्रिक विद्यालय अमरपुर सिमपानीका सहायक प्रधानध्यापक भोजेन्द्र बोहरा भन्छन् यहाँका कुमाल समुदायमा आएको परिवर्तन उदाहरणीय छ ।  उनि थप्छन– विगतमा यी समुदायका मानिसहरु आफुहरु लगायतका अरु समुदायको घरमा फलेको तरकारी मागेर खान्थे , अहिले आफुरु उनिहरुका तरकारी किनेर खाने भएका छौं । यो धेरै खुशीको कुरा हो ।

सिङ्गो गाउँ कै मुहार फेरिदो

त्यस कुमाल समुदायमा मात्र होईन । अमरपुरका अन्य गाउँका  सवै  समुदायका परिवारमा  पनि हेपर ईन्टरनेशनलको सहयोगमा नवप्रभात युवा संघले सञ्चालन गरेको उक्त कार्यक्रमले धेरै कुरामा परिवर्तन ल्याई दिएको छ ।   उक्र परियोजना संयोजक प्रकाश चालिसेका अनुसार कार्यक्रमलाई सफल पार्न जिल्ला पशु सेवा कार्यालय , साविकको अमरपुर गाविस, भु–संरक्षण कार्यालय र स्थानिय विभिन्न सामुदायिक वन, राजनैतिक दल र शैक्षिक संस्था तथा समाज सेवीहरुले पनि महत्वपुर्ण भुमिका खेलेका छन् ।

त्यस्तै साविकको क्षेत्र नम्वर ३ र हालको क्षेत्र नम्वर २ का  प्रतिनिधी सभा सदस्य गोकर्णराज विष्टले पनि आफ्नो सांसद विकास कोषबाट रकम विनियोजित गरेका छन र उक्त परियोजना ल्याउनमा उनको भुमिका रहेको छ । गत वर्ष उनकै प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका विच त्यस परियोजनाको एक समुहले अर्को समुहलाई बाख्रा उपहार कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा स्थानियवासी तथा संयुक्त राष्ट्र संघका पुर्व उपमहासचिव  कुलचन्द्र गौतम ,  हेपर ईन्टरनेशनल नेपालका प्रमुख डाक्टर तिर्थ रेग्मी  राजनैतिक दलका प्रतिनिधीहरुको विशेष आतिथ्यतामा आयोजित बाख्रा उपहार कार्यक्रममा सयौं महिलाहरु निकै उत्साह पुर्वक सहभागित भएका थिए ।

उक्त परियोजना वारे नवप्रभात युवा संघका अध्यक्ष शंकर पन्तले प्रकास पारेका थिए ।  त्यस्तै सो परियोजना प्रमुख डाक्टर तिर्थ रेग्मीले मानिसको जिवनमा सुधार ल्याउन घर मै आय आर्जनको बाटो देखाउनु नै परियोजनाको मुख्य उद्देश्य रहेको बताएका थिए । उक्त परियोजनाले पारेको प्रत्यक्ष प्रभावबारे  चर्चा गर्दै सांसद गोकर्णराज बिष्टले  यस्तो कार्यक्रम अन्य गाउँहरुमा पनि सञ्चालन गर्नुृ पर्नेमा जोड दिदै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

यति वेला अमरपुरका हरेक टोल टोलमा महिलाहरु समुह समुहमा संगठित हुँदै घर घरमा करेसोबारी , बाख्रा पालन, महिला शसक्तिकरण सम्वन्धि तालिम , छलफल , मासिक बचतको विकासमा सक्रिय भएका छन् । अमरपुर साविकको वडा नम्वर ९ टुनिपाटामा पुग्दा घर घरमा  पौरख देख्न सकिन्थ्यो । त्यहाँको अमरकल्याण स्वावलम्वी महिला समुहले मासिक बचत संकलनका लागि बैठक राख्दै थिए  । हिजो घरमा आउने मानिस संग बोल्न र बाहिर निस्कन नसक्ने महिलाहरु बैठकमा बोल्ने बानीको  विकासका लागि सुरुमा  प्रत्येकले परिचय कार्यक्रम राखेर बैठक सुरु गर्दै थिए ।

समुहकी अध्यक्ष निमकुमारी गिरी  , सचिव बसान्त अर्याल सहित सवै महिलाहरुले एउटै स्वरमा भन्दै थिए अहिले त हामीमा सवै कुरामा परिवर्तन आएको छ । त्यसै टुनिपाटा टोलका यामबहादुर अर्यालले त्यस परियोजनाले बाख्र पालनमा नश्ल सुधार सम्वन्धि ज्ञान दिए पछि  एक किलो बराबर १५ सय मुल्य पर्ने अस्टे«लियन जातको विउ बोका किनेर ल्याएका छन् ।  त्यसबाट आफुले आगमी दिनमा धेरै खसी बोका बनाएर राम्रै आम्दानी लिने अपेक्षा राखेका छन् ।

उनकै घरमुनीकी सरस्वती अर्यालय भन्छिन –‘ पहिला पहिला कसै संग बोल्न , राम्रो संग परिचय दिन पनि नसक्ने थियौं तर अहिले हेपरको उक्त परियोजनाले विभिन्न तालिम दिदा सवै ठाउँमा सहभागि हुन र हरेक तहमा  नेतृत्व लिन समेत सक्ने भएका छौं ।

महिला मात्र होईन , पुरुषहरु पनि पशुपालन र आधुनिक खेती गर्दै घर मै आय आर्जन तर्फ लम्कीएका छन् । ति मध्येका एक हुन त्यसे टुनिपाटाका चन्द्रप्रकास गिरी । उनले बाख्रका लागि  विभिन्न जातका घासहरु बारीमा रोपेका छन् ।  घाँस, तरकारी , बाख्रा पालनबाट उनले बार्षिक ४ लाख सम्म आम्दानी लिने अपेक्षा राखेका छन् ।

उता साविकको  वडा नम्वर ६ चोरकोटामा  पनि  प्रगति स्वावलम्वन महिला समुह गठन गरेर घर घरमा बाख्रा बालन , करोसोबारी निर्माण र मासिक बचत गरी रहेका छन्  । समुहकी अध्यक्ष खगिस्वरा पोखरेले समुहका २७ जना महिलाहरु मिलेर  गाउँमा आय आर्जनमा प्रगति गरेको , एक अर्का विच हरेक कुरामा बाँडी चुँडी गर्ने बानी बसालेको र विभिन्न सुधारका कार्यक्रम समेत गर्दै आएको बताईन् ।  ईस्मा गाउँपालिका वडा नम्वर ६ , अमरपुरका वडाध्यक्ष हिराबहादुर जिसीले उक्त परियोजनाले महिलाहरुलाई आय आर्जन तर्फ आकर्षित गरेको र समाजमा सकरात्मक प्रभाव पारेको प्रतिकृया दिए ।

उक्त परियोजनाको मुख्य उद्देश्य महिला सशक्तिकरण गर्नु , उनिहरुलाई सरसफाई , जनचेतना मुलुक र  नेतृत्व विकास सम्वन्धी तालिम दिनु , बाख्रा उत्पादनमा क्रमिक रुपमा बृद्धि  र तरकारी खेतीबाट आय आर्जनको गतिलो बातवरण सिर्जना गर्नु रहेको परियोजना संयोजक प्रकाश चालिसे बताउँ छन् ।  ७ सय ६८  घरधुरी रहेको अमरपुरमा परियोजाले ३१  वटा समुह निर्माण गरेको छ ।

ति समुहहरुमा परियोजनाले ३ सय ३१ बख्रा र ३१  व्वटा उन्नत जातको विउ बोका वितरण गरेकोमा त्यसबाट बृद्धि भई अहिले त्यस गाउँमा २६ सय बाख्रा खसी बृद्धि भएका छन् । २०१५ डिसेम्वरबाट सुरु भएको उक्त परियोजना २०१८ डिशेम्वरमा सम्पन्न हुने छ । करिव डेढ करोडको लागतमा सुरु योजनाले  जनतालाई प्रत्यक्ष प्रभावित पारेर अपेक्षित उद्देश्य पुरा गरी रहेको छ । अरु भन्दा पनि वर्षऔं अघि देखि वुल्मका कुमाल समुदायको पछ्यौटेपन प्रति चिन्तीत यहाँका राजनैतिक दल, संघ संस्थाले सन्तोष व्यक्त गर्दै त्यहाँका कुमाल समुदायलाई अझ सवै समुदायको हाराहारीमा ल्याउन थप पहल गर्नुपर्ने  देखिन्छ ।

माथिको तस्वीरमा: अमरपुरमा घर घरमा बाख्रा र करेसोबारी