2026-09-02 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नियतिको चोटपर चोटले थला परेका वसन्त कुँवरको जिवन रक्षा गरौं

प्रेम सुनार/माघ २४, गुल्मी ।  नियति पनि कति निर्दयी ? एउटै व्यक्तिलाई पटक पटक चोटपर चोट दिईरहने । कतिपयको जिन्दगीमाा नियतिले चोटपर चोट दिएर कहिल्लै सुखको सास फेर्न नदिने पात्र मध्येकाएक हुन् गुल्मी म्यालपोखरीका वसन्त कुँवर । 

मदाने गाउँपालिका वडा नम्वर ५ म्यालपोखरी काभ्रेखोलातिरका ३४ वर्षिय वसन्तको जिन्दगी निकै कहाली लाग्दो छ । उनि दुई वर्षको दुधे वालक छँदा उनकी आमाको मृत्यु भयो । वावु निमेक मजदुरीमा हिड्ने उनिको वात्सल्य किनै कारुणीक अवस्थामा गुज्रियो  ।

जेहोस् जनतन हुर्किए । गाडी लाईनमा लागे विस्तारै गाडी चलाउन सिके । कसै संग नमिठो वोल्न नजान्ने अत्यन्तै मिलनसार, ईमान्दार भएकोले पनि उनलाई गाडी मालिकहरुले विश्वास गरेर गाडी चलाउने काम दिएका थिए । 

अव त केहि गर्छुकी भन्ने वेलामा सात वर्ष अघि उनका वावुलाई अल्सर सम्वन्धि रोग लाग्यो । करिव ३ लाख खर्च जुटाउनु उनका लागि हात्तिलाई वोकाको भारी तुल्य थियो । तै पनि घर खेतकै चुनौती मोलेर उक्त रकम जुटाए वसन्तले ।  तर वावुलाई बचाउन भने सकेनन् ।

त्यही ऋणको भारीले थिचिएका वसन्तले सिमिचौरमा  लोकल वस चलाउँदै ऋण निखार्ने प्रयत्नमा थिए । तर फेरी नियतिले उनि आफ्नै शरिरमा ठुलो वज्रपात ग¥यो ।  स्वाथ्य परिक्षण गराउँदा उनको दुवै मृगौला फेल भएको पत्तो लाग्यो । 

पुरानै डेढ दुई लाख ऋण तिर्न बाँकी रहेका वसन्तलाई २० देखि २५ लाख रकम नभए जिवन नै जाने भए पछि छाँगाबाट खसे जस्ता भए । हामी संगको भेटमा उनले गहभरी आँशु पार्दै भने–‘ मेरो चिन्ता थिएन तर छोरा छोरी श्रीमतिले दुख पाउने भए,  सवैले सहयोग गरे मेरा वालवच्चा विचल्ली हुनबाट वच्ने थिए । ’

उता श्रीमति तारा कुँवर दुई सन्तान काँखमा लिएर रोएको रोवै गर्छिन । लौन मेरो श्रीमानलाई बचाई दिनुस भन्दै हात जोड्छिन् । उनका  काका कमल कुँवर भन्छन हामी  संघ–संस्था, सरकारी कार्यालय, घर–घर, व्यक्ति–व्यक्ति संग पुगेर सहयोग अभियान चलाएका छौं, हाल सम्म १ लाख ८० हजार जति रकम उठेको छ, त्यसले त छेवै लाग्दैन, यसर्थ सञ्चार माध्यम मार्फत देश विदेशमा रहने नेपालीहरु संग सहयोगको हात फैलाउन आएका हौं ।

उनको मिलानसार व्यक्तित्व र सहयोगी भावना भएकोले आफुले वस चलाउने गाउँ अर्थात सिमिचौरका वासीन्दा समेत उनलाई वचाउ अभियानमा जुटेका छन् । 

सिमिचौर स्थित जनचेतना आमा समुह आफैले १० हजार दिए भने अरु संग सहयोग संकलन गरेर करिव ३० हजार भन्दा बढि संकलन गरेर उनको खातामा हिजो मात्र  समुहकी अध्यक्ष मोहनकुमारी थापा र सचिव सरस्वती ज्ञवालीले सो रकम राखी दिएका छन् ।

सचिव ज्ञवाली भन्छिन् त्यतिको सोझो र सहयोगी मान्छे विरलै हुने भएकोले गाउँवासीहरु थैया.. भन्दै सहयोग संकलनमा जुटेका हुन् । उनले थपिन–‘ हामी सवैले एकएक छाक नखाएर पनि  उसलाई वचाउन म अनुरोध गर्दछु ।  

त्यसो त उनलाई नजिकबाट चिन्ने जो कोहीले उनलाई सहयोग नजुटाउ भन्ने कोही छैनन् , सवैले उनको जिवन रक्षाको दुहाई मागेका छन्  ।  उनि अहिले काठमाण्डौ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा डाईनसिस गराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली