By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    19 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    22 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो
कपिलवस्तु - KPLकाठमाडौँ - KTMबिशेष खबर

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

साझासवाल
Last updated: March 9, 2018 9:24 am
साझासवाल
6 Min Read
Share

सिवी अधिकारी/फागुन २५, कपिलवस्तु  | पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ ।

Contents
  • पर्यटकको बसाइँ लम्ब्याउन बुद्ध परिपथ अभियान 
  • ओझेलमा परेको गोटिहवा (क्रकुछन्द बुद्ध) 
  • कुदान (प्राचीन निग्रोधारामा) 
  • निग्लिहवा (कनकमुनि बुद्ध) 
  • तिलौराकोट 
  • लुम्बिनी 

बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बुद्ध (क्रकुछन्द र कनकमुनि) को जन्मस्थलको चर्चा र महिमा अझैसम्म ओझेलमा परेको छ । 

इशापूर्व छैठांै शताब्दीमा शान्तिका दूत भगवान गौतम बुद्धको जन्म भएको थियो । बौद्ध साहित्यमा विश्वमा जम्मा २८ वटा बुद्धमध्ये तीन बुद्धको जन्म नेपालमा भएको विश्वास गरिन्छ । पहिलो क्रकुछन्द बुद्धको गोटिहवा, कनकमुनि बुद्धको निग्लिहवा र शाक्यमुनि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । लुम्बिनीको जस्तो प्रचारप्रसार हुन नसकेका कारण अन्य बुद्धका पवित्र जन्मस्थलमा पर्यटक कम पुग्ने गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत बताउनुहुन्छ । 

बौद्ध साहित्यमा उल्लेख भएअनुसार अहिलेको महाभद्रकल्पमा पाँचवटा बुद्ध रहेका थिए । तीमध्ये पहिलो क्रकुछन्द, दोस्रो कनकमुनि तेस्रो काश्यप (भारतको बनारस), चौंथो शाक्यमुनि बुद्ध लुम्बिनी र भविष्यमा पूरा हुने महाभद्रकालमा पाँचांै मैत्रयनाथ बुद्ध आउने विश्वास गरिएको छ । 

स्थानीय पथप्रदर्शक राज जैसवालका अनुसार आवश्यक प्रचारको अभावले लुम्बिनीको तुलनामा दुई बुद्ध ओझेलमा परेका छन् । त्यहाँ पर्यटक कमै मात्रामा पुग्छन् । शाक्यमुनिले जस्तो अन्यले ज्ञान प्राप्त गरेर पनि ज्ञान नबाँढेकाले प्रचारमा नआएको जैसवालको भनाइ छ । शाक्यमुनिले २९ वर्षको उमेरमा तिलौराकोटबाट निस्केर भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्नुभयो र कुशीनगरमा देहत्याग भएको थियो । 

लुम्बिनीमा पर्यटक बढाउन भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ । सरकारले लुम्बिनीमा वार्षिक १० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिएको छ । 

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुरागार्इं लुम्बिनीमा सरसफाइ तथा सूचना व्यवस्थापन प्रभावकारी नहुँदा अपेक्षित पर्यटक पुग्न नसकेको बताउनुहुन्छ । 

कोषको विवरणअनुसार सन् २०१७ मा स्वदेशी तथा विदेशी गरी लुम्बिनीमा १६ लाख पर्यटकले भ्रमण गरेका थिए । जसमध्ये एक लाख ४५ हजारको हाराहारीमा विदेशी पर्यटक छन्, भने बाँकी नेपाली हुन् । सन् २०१४ मा १५ लाख लुम्बिनी पुगेका थिए । लुम्बिनीमा श्रीलंका, चीन, म्यानमार, बर्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस्, भियतनामलगायत देशबाट बढी पर्यटक आउने गर्छन् । 

पर्यटकको बसाइँ लम्ब्याउन बुद्ध परिपथ अभियान 

औसत पर्यटक लुम्बिनी र केही तिलौराकोटको भ्रमण गरेर मात्र फर्कने गर्दछन् । उत्तिकै महत्वको गोटिहवा, निग्लिहवा, रामग्रामलगायत क्षेत्र चर्चामा छैनन् । तीनै पवित्र स्थलको समान प्रचार गर्ने र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले बुद्ध परिपथ (बुद्धिस्ट सर्किट) का अभियन्ता विक्रम पाँडे ‘काजी’ ले बुद्धिस्ट सर्किट अभियान शुरु गर्नुभएको छ । 

पर्यटन व्यवसायी पाँडेका अनुसार दुई सर्किट आन्तरिक र अन्तरदेशीय छन् । पहिलो लुम्बिनीबाट कुदान, गोटिहवा, बुद्धगंगा (वाणगंगा), कपिलवस्तु किल्ला, तिलौराकोट दरबारको पश्चिम द्वार, बुद्ध दरबारबाट निस्केको पूर्वी द्वार, मायादेवी सुत्केरी भएको बाटो, निग्लिहवा, कनकमुनि बुद्धको मातृभूमि अरोराकोट र रामग्राथ तथा काठमाडौँको स्वयम्भू, बौद्धनाथ र काभ्रेको नवबुद्धसम्मको रहेको छ । 

त्यस्तै दोस्रो सर्किटमा लुम्बिनी, भारतको बोधगया, सारनाथ र कुशीनगरसम्मको हुनेछ । आन्तरिक सर्किटबारे जानकारी गराउन हालै स्वदेशी तथा विदेशी मिडियाका पत्रकारलाई स्थलगत अवलोकन भ्रमण गराइएको थियो । 

कपिलवस्तु नगरपालिकाले पनि स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण शुरु गरेको छ । नगर प्रमुख किरण सिंहले पहिलो चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निग्लिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्चालन गरिने बताउनुभयो । 

ओझेलमा परेको गोटिहवा (क्रकुछन्द बुद्ध) 

शाक्यमुनि गौतमवुद्धको जन्मस्थल लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्ध प्राप्ति गरेपश्चात पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए । 

कुदान (प्राचीन निग्रोधारामा) 

कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि तीनसय भिक्षुका साथ आएर उपदेश दिनुभएको थियो । यस पवित्र धार्मिक स्थलमा हाल तीनवटा स्तुप, एक पोखरी र एक इनार रहेका छन् । 

निग्लिहवा (कनकमुनि बुद्ध) 

कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । जहाँ सम्राट अशोकले शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ । 

तिलौराकोट 

तौलिहवाबाट तीन किमीको यात्रापछि तिलौराकोट पुगिन्छ । तिलौराकोट दरबारको भग्नावशेष छ । यहाँ विगत छ वर्षदेखि विभिन्न अनुसन्धान तथा उत्खननको कार्य भइरहेको छ । कोषका सदस्य–सचिव बस्नेतका अनुसार अहिले कपिलवस्तुमा उत्खननको कार्य सञ्चालन भइरहेको छ । तिलौराकोट, रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारले युनेस्कोलाई प्रस्ताव गरेको कोषले जनाएको छ । 

लुम्बिनी 

एक हजार १५५ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनीभित्रका सातवटा गाउँलाई तत्कालीन राज वीरेन्द्रका पालामा सरकारले परिवारलाई मुआब्जा दिएर एउटै क्षेत्र बनाएको थियो । सन् १९६७ मा एक जापानी नागरिक केन्जो टाँगेले गुरुयोजना तयार पारी तीनवटा क्षेत्र सेक्रेट गार्डेन, स्तुप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले बुद्धको आकर्षक स्तुप बनाएका छन् । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article लुम्बिनी क्षेत्रको विकास उच्च प्राथमिकतामा
Next Article सुपर सिक्समा पुग्न नेपालले अफगानिस्तानलाई जित्नैपर्ने दबाब
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

साउदीबाट १७ नेपालीको चित्कार- भेडाबाख्राजस्तै थुनेका छन् सरकार, उद्धार गरियोस्

57 years ago
काठमाडौँ - KTMसमाज

शिशुको मृत्युपछि इशान अस्पताल तनावग्रस्त

57 years ago
अछाम - ACMकन्चनपुर - KNCकाठमाडौँ - KTMडोटी - DTपत्रपत्रिकाबाट

मजदूरी गर्न भारत गएका सुदूरपश्चिमका १६५ बेपत्ता

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? ‘प्रहरीलाई जानकारी दिनुस् !’

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?