Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कालीकोटमा जडिबुटीको सम्भावना र अवसर

By साझासवाल 24 मिनेट पढाइ

पढ्न करिब 9 मिनेट लाग्छ
प्रकाशित:

अजय गिरी |

आज विश्व मानव धरती साढे सात खरब जनसंख्या को चाप थामेर फैलि रहेको छ । प्राकृतिक १०८ तत्वबाट मानव प्रयासले ११६ तत्व उत्पन्नगर्न तयार छ । त्यो भन्दा पनि संसारिक वातावरणमा सिर्जिएका वनस्पतिका मोटामोटी १४ हजार प्रजाति रहेको अनुमानमा त्यसमध्यका फुलफुल्ने र नफुल्ने गरी ७००० प्रजातिका वनस्पति भएको बताईन्छ । जो ७०० वनस्पति औषधि मुलोको रुपमा रहेका छन् ।

यसका वारेका कर्नाली प्रदेशमा रहेका जडिवुटी वनौषधिहरुको एकिन गरी सम्भावनाको खोजविन गर्न नितान्त आवश्यक छ । नेपाली जडिवुटी बजारमा रहेका वनस्पति सम्पदाको खानीहरु कालीकोट जिल्लाका स्थानिय श्रोतहरु केहि रुपमा भए पनि अध्यायन, अनुसन्धान प्रयोग र परिक्षण समेत गरिएका छन् । यसले थोरै मात्र उपलब्धी प्राप्त हुदा कालीकोटका लागि मात्र नभै देशका लागि समेत प्रतिफल दिन सक्नु पर्दछ । यसलाई धेरैको दृष्टिकोण नपुगेको अवस्था छ ।

हाम्रो आफ्नो सम्पदालाई पहिचान गरेर त्यसै लाई समृद्धीको साधन देख्न सक्नु क्षमता र दृष्टिकोणको मिलन हुन आवश्यक छ । यसका थुप्रै उदारणहरु हाम्रो परिदृष्टमा रहेका छन् । रावण प्रति आक्रोष लिएर लंका पुगेका हनुमानले अशोका वाटीका सबै रातो देखेका थिए । मृग खेद्ने शिकारीले अरु जनावर देख्दैन । संग्राममा खटिएको योद्धाले सपनामा पनि लडाई लडेको पाउछ । भावुक कविले जता ततै सुन्दरता देख्छ भने अभाव ग्रस्त्र व्यक्तिले जता ततै खाली देख्दछ । सफल किसानले एउटै रुखमा धेरै सामाग्रीहरु भएको देख्छ । क्षमतावान दुरदृष्टि भएको भएको व्यक्तिले हरेक कामको पछाडी योजनाको सपना देख्दछ भने कमजोर ब्यक्ति सुतेर पनि सकरात्मक सपना देख्न सक्दैन । दिउसो पाईने सुन्दरता राती खोज्दा कालो मात्र पाईन्छ । जुनेली रातमा सबै सेतो पाईन्छ । कर्नालीको सम्पन्नता विगतलाई नियाल्दा चाणक्यको शासनकालमा ख्याती पाएको उनी कम्मल/लखनउका राज परिवारका सोखिन पंन्छी मानिने बाज ब्यापर/राणकालमा खानदान मानिने जुम्ली मार्सि चामल/नेपाली भाषा उत्पतिको थलो सिंजा/विश्वको पहिलो कनक पत्र रिलिङ गुम्वा हुम्ला जस्ता थुप्रै गौरभको इतिहास जिवित छ । त्यतिमात्र हैन वर्तमानमा सम्पन्न्ता खोज्ने प्रयास गर्दा वनस्पति सम्पदाको जडिवुटी लाई आधुनिक करण गर्न सके ठूलो फड्को मार्ने देखिन्छ । सामान्य स्थानहरु मान्मको लाली, साधी घाट, पानीपाल्त देखि कुना आउत, कुकुर ढुस्का, मिल्मेली हुदै नेटी काध, बुढाकोट सम्मको ठाउ । बदालकोटको दार्चुला, सहर्च, देउरा, कटुका, भिड, भुजेनी, चुली, राम्ना–कोटको पणेक्षा, भंक, पलाल झरना, कवै, वुढाकोट, उनिउकोट, थिर्पु, खिन र धौलागोहका ठेक्ना देखि माथिल्ला लेखहरु पैकेलो, गुफा, फूकोटको ताम्ती, स्यूनाको देउरा देखि भिडमाथाका फाटहरु । मुम्राका उपाय डाडा देखि ज्युली सम्मका पाटनहरु । मेहलमुडीका चाखुडा देखि चासु सम्म । रकूका बेथे खर्क देखि डाडुके सम्म । कोटवाडाको लालीघाट देखि पोरीपाल्त सम्म रुप्साका हलो टावर लेख, भर्ताको हुल्म देखि चिड्कोपढ्या आउत, केल्छाना, वुकि मालिका । चिल्खायाका रुडु बन्चु पाटन, राचुलीको कान्जीरोहा, फोईको हले ढुंगा र दाहाका तिसेली गुफा देखि पुग सम्म, कालीकोटका नमुना जडिवुटी रहेका छन् ।

यस्ता स्थलहरुलाई जडिवुटी पर्याटकीय स्थल बनाउने देउलेको देवल ढुंगा, फोइको हले ढुंगा, ओदाको महावुअ, मान्म, सुकाटीया, चिल्खाया, सिप्खाना र मेहलमुडीका र गेलाका देवलहरु चौरको पाण–मुजेली, पाखाको ढुंगे गुफा, दाहाको तिसेली राचुलीको तिला गुफा, मुम्राको राक्षस गुफा, कालीकाको कोट शिला, गेलाको भोटे शिला र ५२ कोटहरु समेतको संग संगै व्यवस्थित पुनःस्थापना र निर्माण कार्य गदै संरक्षण गरिनु पर्दछ । कालीकोटका जडिबुटीहरुलाई विकासको आर्थिक उन्नतीमा बरदान सावित गर्न यहाका १३ गाड र ४५ खोला र १२ वटा महत्वपूर्ण झरनाका स्थलहरु प्राकृतिक उपज एकिन गरेर पहिचान गरिनु पर्दछ । जसले एकिकृत विकासमा एकै साथ उत्थान गर्ने छ । गैर काष्ठ वन पैदावारमा रहेका मालुपात ओदालपाट, सिरांगो र भागो अनि आल्लो कपडा, तिमिलो, चिउरा, बुडेती पात, टपरी उद्योग, बाबीयो डोरी उद्योग, सेतोबडु, तीनपाते, सिस्नु, केरा, घाँस, पराल, नल र सालीमोको कागज उद्योग, फटासिला, नील ढुंगा, डंसील, पत्थर, कोपढुंगा, चुनढुंगाका उद्योग, मरेको जीव जन्तु खसी बोका, भैसी र राँगाहका छाला उद्योग, हाड संकलन प्रशोधन उद्योग मात्र हैन, बाँस, निगालाका चोया, फर्निचर, उद्योग, काठका काष्ठ कला उद्योग र फूल, चोप र रस एवं रंगका बस्तु बनाउने अथाह सम्पति हम्रा घर खेत देखि बन पाखाहरुमा प्रयाप्त छन् । यसको ब्यवस्थीत उपयोको सपना जहिले देखेर ब्युझेर त्यसमा हामी लाग्ने छौ । त्यहि पाईने छ । सम्पन्नता नकि तड्पीएर परदेसी मुलुकमा विना मुल्य पसिना बगाएर हामी पैसा कमाएर पनि कहिलै समृद्ध हुने छैनौ ।

यस लाई सहि ढंगले पहिचान सहितको उपयोग गर्न दीर्धकालीन योजना बनाएर हाम्रो व्यवसायिक उद्यम मार्फत औद्याेगीक विकासको आधार निर्माण गरेर व्यक्ति र देशका लागी आर्थिक जीवन उच्च पार्ने उत्तम कार्यमा राष्ट्रिय योगदानका लागी लाग्न सके जडिवुटी सम्पदा आयआर्जन र आधुनिक विकासको बलियो श्रोतमा प्रमुखतामा पाउने कार्यले बरदानी सावित हुने छ । जडि र वुटी विनाका जडिवुटी सिलाजित, खोटो, मैन, मह, च्याउ, यार्सागुमवा र रसायनहरुपनि यसका श्रोतहरु यसै साथ उपयोग गर्नु पर्छ ।

अन्नलाई बीउवाट अंकुराउन, अंकरण टुसाउन र टुसावाट बोटवन्न प्रकृति प्रदत्त चक्र आज नेपाली समाजमा विडम्वना वन्दै गएको आभास हुदैछ । अंकुरणको टुसा भाँचिदै छ । विउ मारेर कुहेको खेती गरिदै छ । यसको लागि उटल पुलट पार क्रान्तिकारी परिवर्तनको खाँचो पूरागर्न हामी सवैले औद्योगिक विकासका निमित्त रक्त वीजका रुपमा मूलुकलाई योगदान दिनै पर्दछ । नत्र भने यहि गति र मतिले अन्तराष्ट्रिय वपरवेषका बीचमा हामी उन्नतीका नाममा हरिविजोगका भागेदार हुने छौं । विगत वाट बर्तमानमा भोगेर,भविष्यलाई सोच वनाउनु पर्दछ । आज मुलुकमा आएका समस्यालाई चुनौतीका रुपमा उपयोग गदै अवसर बनाउन सके यसैले प्रगतीको बाटो पहिल्याउने छ । सुतेकाले व्युझने, व्युझेकाले हिड्ने, हिडेकाले दौडने, दौडेकाले जित्ने जागरको आन्दोलन थाल्न परेको छ । जडिवुटीलाई आधुनिक विकासको पथिक वनाउन जडिवुटी खाद्य बस्तु, जडिवुटी मसला, बनस्पति तेल, जडिवुटी औषधि लगाएत रसायन श्रोतका औद्योगीक वस्तु बन्ने अध्यायन वाट ४५० वटा जडिवुटी कालीकोटमा रहेको थाहा लागेको छन । लगभग ३०० भन्दा बढी जडिवुटीका बिस्त्रीत जानकारी सहित पुस्तक प्रकाशन भैसकेको छ । जडिवुटी कुञ्ज भाग १/२ । उदारणका लागि

१. जडिवुटी पेय (चिया)का लागिः घोडामच्चो, गुर्जो, तेजपात, खयर, पिरे, बाजखोटो, समायो, बायजडि, गदाल्नु, टिमुर, अदुवा, पदमचाल, सोमलता, शंखपूरी, सोप, महजडि, बेल, ताराचुक, कुइयासी चुक, पाखन वेद, कागती, जेठीमधु, हातेजडि, उतिस, मसला, घोडाटाप्रे, च्याउ, कुस, नरहरीबुटी, मिहिटो, शिलाजित, सिस्नु, विस्काब्रो, दालचिनी र कचुर

२. जडिवुटी मसलाः झम्फु, पताडे, छ्यापी, लसुन, धनिया, पतिना, गुरास, टिमुर, बाले मिहिडो, भाँकेमिलो, अलैची, अदुवा, समयो र घोडामच्चो ।

३. तेल तथा सावुनः चीउरी, ओखर, काउलो, ढटेलो, सुर्यमुखि, पाती, भुल्ते, रिठो, अमला, भलायो, आखिताडे, अडिल्लो, पैयु, लोध, बाट, पांग्रो, कपास, कटुस, सजिवल, मुमफलि, तोरी, तील, आरु, आरुवोखडा, चुलिआरु, बकाई र ओदाल लगाएत दानादार बीउहरु सबै ।

४. जुस निकाल्दाः अमला, गुरास, ऐसेलु, डालेचुक, चुक, स्याउ, घीउकुमारी, चीउरी, तिल्खुडो, आम, जुनार, काफल, जामन, कमिु, चुत्रौ, तिमिला, पुडिमो, थाकल फल, गोगन, चकल्ताडो, अम्बा, सुन्तला, नाईटे, ज्यामिर, चुलि आरु, बेलर गाडेकाफल, उखु

५. जडिबुटी औषधिका लागिः सतुवा, पाचऔले, गुच्ची, च्याउ, उतिस, कटुको, चिराईतो, लौठो, सल्लो, धस्रिंगे, सुनगाभा, सिलाजु, वन लसुन, रातो चन्दन, बिसहरु, यार्सागुम्वा, काकरसिंगे, बज्रदन्ती, निर्मसी, भदुरी, ककादो, कुकुर तरुल, झ्याउ, कुरिलो, अमला, देवदार, पावन, धुपी बझो, काफल, खोटो, सिस्नु जस्ता बहुमुल्य र बहु उपयोगी जडिबुटीहरु कलीकोटमा प्रयाप्त छन् ।

उत्पादनका लागि हाल भएका नमूना प्रयासहरु

१. कर्नाली जडिबुटी उत्पादक सहकारी संस्था लि.मान्म–५ कालीकोट को हिमाली जडिबुटी पेय जडिबुटी मसला मसला सिस्नु धुला, ग्यास्ट्रीक चुर्ण डाईवेटीज चुर्ण, बेसार औषधिहरु कर्नाली हनी
२. निगालकोट लघु उद्यम राचुली–६ कर्नाली जडिबुटी चिया
३. पचाल झरना जडिवुटी चिया उद्योग राम्नाकोट –९ तेज चिया तुलाराज कठायत चिल्खाया–३
४. सुस्मिता सिस्नु प्रशोधन उद्योग हिमाली सिस्नु धुलो|
५. राष्कोट मसला लघू उद्यम समुह स्यूना ९ को राष्कोट जडिवुटी मसला
६. हिमाली जडिवुटी चिया कुमालगाउ आदि लगाएत कालीकोट जिल्लाका विभिन्न ठाँउमा जडिवुटी जन्य बस्तुहरु उत्पादन गर्न ब्यावशायीक उद्यमका प्रयासहरुले केहि प्रतिफलका रुपमा उपलब्धी हाँसिल गरेका छन् । जसले अन्य उद्योगीहरुका लागि मार्ग निर्देशन गरेका छन् ।

१. आधारभुत उपलब्धी मान्नु पर्दछ । जसले आधुनिकताको प्रतिनिधित्व गर्दछ ।
२. विज्ञान सम्वत विधिको प्रयोग भएको छ ।
३. थारै भए पनि स्वरोजगारीको पाठ सिकाएको छ ।
४. आर्य आर्जनका श्रोत देखाएको छ ।
५. व्यवसायिक उद्यमको आवश्यकता आल्याएको छ ।
६. स्वदेशि औद्योगिक आधार आरम्भ भएको छ ।
७. यसलाई राज्यले व्यवस्थामा ढालेरविकास गर्न सके राष्ट्रको गौरभ बन्ने छ ।

कर्नालीको कालीकोटमा जडिबुटी उद्यमहरुको विकास गर्न अनेकन समस्या र अभावहरु व्यहोर्न पर्दछ । राज्यको शासन कालमा सम्पुर्ण कुराले पछाडी पारिएको कर्नाली मानसिक रुपले पनि उत्पीडित छ । यसकै विचवाट जडिवुटीका सवालमा यहाका परम्परागत जनशक्ति मानिने बैजी(बैद्य) हरुको क्षमता र अनुभवलाई पहिचान गरी आधुनिकता अवधारणालिन आवश्यक छ । राज्यको नीतिगत अभावमा पनि नमूनाका रुपमा केहि खेती र उत्पादनहरुको प्रयास भएका उपलब्धीलाई गुणस्तर र बजारी करण योग्य बनाउदै उपभोक्ताको मांग अनुसार ठूलो मात्रामा जान सकेको छैन । यसलाई जोड दिनु पर्दछ । अर्को तिर देशै भर जडिवुटीको संकलन, व्यवस्थीत नहुदा प्राकृतिक श्रोत समाप्त हुदै गएको छ । जथाभावि हुने आगलागि/डढेलोले अपुरणीय क्षती गर्ने गरेको छ । यसले हरेक पक्षवाट नियन्त्रण हुनु पर्दछ । रासायनिक औषधिको प्रयोगले प्रचलन हराउदै जानु पनि मानव स्वास्थ्यमा ठूलो समस्या पैदा हुनुले यसको भविष्य उज्जवल छ । तर नीतिगत अभाव भएको प्रावधान झण्झटीलोका कारण नीजि खेति न फस्टाएर प्राकृतिक श्रोतमा निर्भर हुनु पनि समस्या हो ।

स्वदेशी उत्पादन तथा जडिबुटी उद्योगका लागी प्रोत्शाहन दिन नीतिका अभावले धिमा गतिमा उत्पादन भएको अवस्था छ । कालीकोटमा जडिवुटी प्रशोधन केन्द्र,औधोगीक क्षेत्र,अनि स्थानीय नीकाय÷सरकार र लगानी दाताको सरोकारको विषयमा नवन्नु यो अभाव देखिन्छ । यहा थुप्रै सम्भाव्यता अध्ययन कागजमा वनेर छन् ।अव दूरदृष्टि सहितको दीर्धकालिन योजना स्थानीय तह देखि केन्द्र स्तरसम्म सम्वैधानिक तवरले नयाँ नीति तथा योजना बन्नु पर्छ । जसलाई व्यवशायीक उद्यमीले आत्मसाथ गरेर राष्ट्र समृद्धीका लागी अभियान ठानेर अगाडी बढ्न सकोस् ।

१. यसका लागी बउहत कृर्षि वन प्रणली अपनाउदै सधन खेती एकैसाथ विकास गर्नु पर्छ ।

२. वृहत्तर उत्पादनका लागी बृहत्तर क्षेत्रमा अनिवार्य जडिवन बृक्षरोपण को सफल कार्यक्रम अवलवन गर्नु पर्छ ।

३. हरेक समुदायमा मानव स्वस्थताका लागी योग शिविर र आयुवेर्द केन्द्रहरु विस्तार गर्नु पर्दछ ।

४. जडिवुटी बजारकेन्द्रहरु निर्माण गरेर व्यापार सूचनाको पहुच सहज बनाउनु पर्दछ ।

५. बार्षिक रुपमा स्थानिय,जिल्ला,क्षेत्र र केन्द्र स्तरीय मेला,गोष्ठी,प्रदर्शनी,प्रवचन र शिविर आयोजना को व्यवस्था गरिनु पर्दछ ।

६. सामुदायिक वन र सामाजिक परिचालक मार्फत प्रतेक समुदायमा शिक्षक विद्यार्थीहरु समेतमा जडिवुटी सम्वन्धी जनचेतनाका सूचना मुलक जागरण अभियान संचालन गर्ने

७. सामुदायीक वनमा जडिवुटी खेती अनिवार्य गर्ने ।

८. परम्परागत प्रचलनलाई आधुनिकी करण गर्न आयुवेर्दिक शिक्षा लागु गर्ने ।

९. जडिवुटी पर्याटन व्यवस्थापन गर्ने ।

१०. जडिवुटी उद्यम व्यवशायलाई प्रोत्शाहन दिने खालका सामुहिक खालका नीति वनाएर यसको आन्दोलन विकास गर्न सके कालीकोटको जडिवुटीले कर्नालीको कार्यापटल फेर्ने मात्र हैन देशकै उपलब्धी अन्तराष्ट्र सामु जडिवुटी उद्यम एक नमुना वन्ने छ । यसकालागी हामी सबै एकता वद्ध भएर लाग्ने प्रण गर्न आवश्यक छ ।

लेखक कर्नाली जडिवुटी उत्पादक सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ ।