पढ्न करिब 2 मिनेट लाग्छ

राकेश साह | साउन २१, वीरगंज | वीरगंज पब्लिक कलेज (बिपीसी)को आयोजनमा आज वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा २१ महिला सहित ११० जनाले रक्तदान गरेका रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रविन मानन्धरले बताए ।

प्रमुख अतिथी सर्राफले रक्तदान गरी उद्घाटन गरेको रक्तदान कार्यक्रममा शारदा साह, शिल्पी अग्रवाल, आशुतोष बैद्य, आरती साह, अमीर मगर, सन्देश श्रेष्ठ, पुजा साह, सुनित कुशवाहा, जयप्रकास गुप्ता, मुकेश गुप्ता, एमडी अस्लम, सृष्टि रंजितकार, सदभावना पार्टी पर्साका युवा नेता अनिल साह लगायतकाले रक्तदान गरेका थिए ।

कलेज प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा समाजसेवी प्रकास चौधरी थारु, सदभावना पार्टी पर्साका युवा नेता धमेन्द्र पटेल, शेख मुन्ना, एनपीडेलीका पत्रकार दिपक चौरसिया, राकेश साह, वीपिसी कलेजका प्रशासकिय अधिकृत संकल्प शाक्य, प्रेम पटेल, रामप्रसाद सहनी, हरी रत्तन तुलाधर, युगल प्रसाद लगायतका उपस्थिती रहेको थियो भने रक्त संचार केन्द्र वीरगंजका प्रमुख प्रविण मानन्धर, प्राबिधिक जितेन्द्र कुशवाहा लगायतको प्राबिधिकहरुले सहयोग गरेको कलेजका प्रध्यापक एवं कार्यक्रम संयोजक अरबिन्द श्रेष्ठले बताए ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष सर्राफले वीरगंजमा रगतको अभाव भईरहेको बेला बिपिसी कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम महत्वपुर्ण साबित हुने बताए । पढाई संगै अतिरिक्त क्रियाकलापमा समेत बिपिसी कलेज अबल रहेको चर्चा गर्दै अगामी दिनहरु पनि यस कलेजले समाजको हक हितको लागि यस्तै रचनात्मक क्रियाकलाप गर्दै जाने आशा व्यक्त गर्नुभयो ।यस्तो समाजिक गतिबिधीले बिद्यार्थीहरुमा नैतिकवान चरित्र संगै असल समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।