2026-06-11

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

हाेलीमा सुन्न छाडियो मौलिक गीत जोगिरा

मोहम्मद हबिब । चैत ४, भैरहवा । शुक्रबार तराईमा होली मनाइँदै छ ।  तर होलीमा मौलिकता र संस्कृति छैन । भैरहवासहित तराई क्षेत्रको होलीमा अहिले डिजे, भोजपुरी तथा अश्लील गीतहरू गुन्जिरहेका छन् ।

पुस्तानन्तरण अभाव र युवाहरूले देखासिकीले होलीको मौलिक गीतहरू हराउँदै गएका छन् । होलीको मुख्य गीतको रूपमा रहेको जोगिरा लोप हुने अवस्थामा छ । गाउनेकाे संख्या न्यून भएकाे र नयाँले यसमा चासो नदिएकाले लोप हुने अवस्थामा पुगेको हो । मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फु) का तालमा सुनिने जोगिरा गीत अहिले कतै कतै मात्र सुन्न पाइन्छ । 

रङ र अबिरमा मात्र सीमित रहेको होली मुख्यत: आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीकको पर्व हो । यो पर्वले सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन पनि मनाइन्छ । होलीमा फगुवा गीत गाउने, सम्मवत जलाउने, गाउँभरिको घरघरमा गएर एक आपसमा रंग दल्ने, मिलन गर्ने, मटका फोड्नेलगायतको गतिविधि होलीको दिन वर्षको एकपटक देखिन्थ्यो । तर यस वर्ष यी दृश्यहरू नदेखिएको स्थानीय शिवप्रसादले बताए।


जोगिरा लोप हुँदै गएको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपलिकाले होली मिलन समारोह गरेर संस्कृतिको संरक्षण गर्ने प्रयास गरेकाे छ । नगरपालिकाले कर्मचारी, स्थानीय, जनप्रतिनिधि, संघसंस्थाको प्रतिनिधित्व, नगरवासीको उपस्थिति गराएर लोपन्मुख जोगिरासहित होलीको इतिहासलाई सम्झाएको छ । ‘जोगिरा भनेको स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दु:ख-सुख व्यक्त गर्ने एक ठाउँ हो । अहिलेको पुस्ताले यसलाई बिर्सिदै गएकाे छ । यसकाे संरक्षणमा हामी आफै लाग्नुपर्छ,’ स्थानीय वीरेन्द्र मिश्राले भने । 

लुम्बिनी सांस्कृतिक विरहा समूहले लुम्बिनीमा जोगिरा गाए पनि रुपन्देहीको अन्य क्षेत्रमा यसबारे जानकारीसमेत छैन । ‘विशुद्ध रूपमा ग्रामीण होलीको महत्वसहित गाइने गीतको रक्षा गर्नुपर्छ हामीले अन्य समयमा विरहा गाएपनि स्मरणका लागि यस वर्ष जोगिरा गाएको यसलाई संरक्षण गर्न सबै पक्ष लाग्नु पर्छ,’ समूहका गायक राधेश्याम पालले भने । जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाका लागि लुम्बिनी सांस्कृतिक विरहा समूह पनि लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित