Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रहरी दिवशको अवसरमा धार्मिकस्थल सरसफाई

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १८, विराटनगर । </b>६१ औं प्रहरी दिवशको अवसरमा प्रहरीले आज विराटनगर रानीस्थित बिभिन्न धार्मिकस्थलहरुको सर सफाई कार्यक्रम सम्पन्न गरेको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगगरले यही असोज २० गतेका दिन प्रहरी दिवश कार्यक्रम भव्यताका साथ मनाउन लागेको सिलसिलामा तीन दिने कार्यक्रम गर्ने निर्णय गरी सोही अनुरुप आजविहान विराटनगर रानीस्थित विभिन्न आठ वटा धार्मिकस्थल तथा वरपरका एरिया सर(सफाई गरेका छन्। सर(सफाई कार्यक्रममा क्षेत्रीय प्रहरी कार्यलय, क्षेत्रीय तालिम केन्द्र तथा सशस्त्र प्रहरी गण मुख्यालय रानीका प्रहरी कर्मचारीहरु सहभागी थिए। क्षेत्रीय प्रहरी कार्यालयले कार्यक्रम अनुरुप असोज १९ गते विहान पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।&nbsp;</p>