2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनिया गाउँपालिका माग गर्दै ज्ञापनपत्र

सन्तोषकुमार गुप्ता | फागुन १८, देउखुरी | देउखुरी स्थित सिसहनिया गाविसबासीहरुले सिसहनिया गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । सिसहनिया उद्योग बाणिज्य संघको नेतृत्वमा बुधबार घोराही पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो । 

उद्योग वाणिज्य संघको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीहरुले लालमटिया र हाँसीपुर गाविसमा सिसहनिया गाविसलाई मिलाउँदा भौगोलिकरुपमा नमिल्ने र यसरी बनाइएको राप्ती गाउँपालिकाको केन्द्र मौरीघाट तोक्ने कार्यले सिसहनिया गाविसलाई पछाडि पार्ने भन्दै उक्त निर्णय सच्याउदै सिसहनिया गाविसलाई छुट्टै गाउँपालिका घोषणा गर्न माग गरेका हुन् । सिसहनिया उद्योग वाणिज्य संघको पहलमा मंगलवार सर्वदलीय बैठक बसी सिसहनिया गाविसलाई आदिबासी जनजाति (थारु) विशेष संरक्षित सिसहनिया गाउँपालिका क्षेत्र घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आएको सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले बताए । उक्त पुरानो निर्णयलाई सच्याउदै नयाँ गाउँपालिका घोषणा गर्नुपर्ने भन्दै उक्त निर्णय दुई दिनभित्र नसच्याए कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु चरणबद्धरुपमा गर्ने बुढाथोकीले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,संघीय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पाटी, थरुहट तराई पाटी, संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी, युवा सञ्जाल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई