2026-06-27 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा

2017-08-21

भदौ ५, रोल्पा । दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा जिल्लाका सिर्प, जेल्वाङ, होलेरी, भावाङ र लिवाङमा नयाँ टावर स्थापना गरिएसँगै सेवामा सुधारसमेत भएको हो । 

चालु आवमा थप छ स्थानमा नयाँ टावर थप्ने कार्यक्रम रहेकाले जिल्लामा टेलिफोनको पहुँचमा ८० प्रतिशत जनता पुग्ने टेलिकमले जनाएको छ । 

यसैगरी नेपाल टेलिकमले जिल्लाका सिर्प र जेल्वाङमा एक हजार ५८० सिम निःशुल्क वितरण गरेको छ । जनताले निःशुल्क सिम माग गरेपछि क्षेत्रीय निर्देशकको अनुगमनपश्चात् आवश्यकता महसुस गरी निःशुल्क वितरण गरेको बताइएको छ ।

 जनताको माग भएमा चालु आर्थिक वर्षमा पनि अझ केही सिम निःशुल्क बाँडिने आचार्यले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी